आज असार १५ अर्थात धान दिवस

पर्याप्त पानी नपर्दा रोपाईं गर्न समस्या

दमक, १५ असार / प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवस आज खेतमा धान रोपेर दही चिउरा खाएर मनाइँदै छ ।

 

 

विसं २०६१ मङ्सिर २९ गते मन्त्रीस्तरीय निर्णय गरी २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो । कृषिप्रधान देश भएकाले नेपालका अधिकांश मानिसको पेसा खेतीपाती हो ।

 

किसान वर्षभरका लागि छाक जुटाउन यो महिना खेतीमा व्यस्त हुन्छन् । आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै छुपुछुपु हिलोमा धान रोप्ने प्रचलन छ । तर यो प्रचलन हराउँदै गएको छ । कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही चिउरा खाने गर्दछन् । यसबेला दही चिउराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ । असार १५ लाई नेपाली समाजमा दही चिउरा खाने पर्वका रूपमा पनि लिइन्छ ।

 

 

हाम्रो संस्कृतिमा दहीको स्थान महत्त्वपूर्ण छ । शुभकार्यका लागि घरबाहिर निस्कने, विदेश जाने आदि महत्वपूर्ण काम गर्नुअघि दही अक्षता मुछेर निधारमा रातो टीका लगाउने परम्परा छ । शुभकाममा निस्कनुअघि सगुनका रूपमा पनि दही खुवाएर बिदाइ गर्दा साइत पर्ने विश्वास गरिन्छ । दही वैज्ञानिक दृष्टिले पनि स्वास्थ्यवद्र्धक मानिन्छ । दहीले पाचन शक्ति पनि बढाउँछ । झाडापखाला लागेका बेला दही चिउरा खाएमा औषधिको काम गर्छ ।

 

 

यस वर्ष असार मध्यसम्म पनि देशका सबै भागमा पर्याप्त मात्रामा वर्षा नभएका कारण हुनुपर्ने जति धान रोपाइँ हुनसकेको छैन ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

बाढी प्रभावित रसुवा र नुवाकोटमा २० थान स्याटेलाइट फोन उपलब्ध

काठमाडौं , १४ भदौ। रसुवाको भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सूचना प्रवाहलाई सहज बनाउन नेपाल दूरसञ्चार प्राधिकरणले २० थान स्याटेलाइट फोन उपलब्ध गराएको छ । प्राधिकरणले

११ जलविद्युत् आयोजनाका ९७७ जना सम्पर्कविहीन, सुरुङमा फसेकाहरूको उद्धार तीव्र

काठमाडौं,१४ भदौ । जलविद्युत् आयोजनाका सुरुङमा फसेकाहरूको अझै उद्धार हुन नसकेपछि सकुशलको सम्भावना क्षीण हुँदै गएको छ । रसुवाको भोटेकोसी नदीमा भदौ १० गते आएको

बाढीबाट परिवार जोगाए, घर र २३ लाखको ऋणको बोझ बोकेर बसे सन्तमान

बेत्रावती , १४ भदौ।  भदौ १० गते बिहान ८ बजे बेत्रावतीका सन्तमान लामा आफ्ना छोरा र छोरीलाई विद्यालय पुर्‍याउन गए।दुई सन्तानलाई विद्यालय पुर्‍याउनु उनको दैनिकी

१९ हजार सुरक्षाकर्मी फिल्डमा खटिँदा पनि उद्धारमा ४ मुख्य चुनौती

काठमाडौं ,१४ भदौ। भोटेकोसी नदीमा आएको भीषण बाढीमा परेकाको उद्धार कार्य तीनवटै सुरक्षा निकायले तीव्रताका साथ जारी नै राखेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण

अस्थायी चिहानमा शव १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा वस्ती

काठमाडौं , भदौ १४ । प्राकृतिक विपद्का बेला ठूलो संख्यामा मानिसको मृत्यु वा बेपत्ता हुँदा उद्धारसँगै मृतकको पहिचान र शव व्यवस्थापन अर्को ठूलो चुनौती बन्ने

नेपालीपन झल्किने डिजाइनमा हेलमेट उत्पादन गर्दै ‘कोहिनूर समूह’

काठमाडौं , भदौ १४ । दुई पाँग्रे सवारी चालकले आफ्नो सुरक्षाका लागि प्रयोग गर्ने हेलमेट अधिकांश विदेशी बजारबाटै आयात हुन्छ । तर पछिल्लो समय केही