माङ्हिमको राष्ट्रिय झण्डा र त्रिशुल लडाएको प्रति आपत्ति

पथरी, १५ असार / मोरङको पथरीशनिश्चरे १० स्थित किरात युमा माङ्हिमले धार्मिक आस्थाको लागि राखिएको त्रिशुल र नेपालको राष्ट्रिय झण्डा लडाइएको विषयमा संस्थाले आपत्ति जनाएको छ ।

 

त्यसखाले कार्य गर्नेको खोजी गरेर कारबाहीको माग गर्दै पत्रकार सम्मेलनको आयोजना गरिएको थियो । त्यपपछि कोशी प्रदेश सभा सदस्यहरु मानबहादुर लिम्बू, गीता तिम्सिना लगायतलाई बोलाएर सो को बारेमा समितिले जानकारी गराएको छ ।

 

शिविरडाँडा चोक पश्चिममा रहेको किरात युमा माङहिम, फाल्गुनन्द साम्जिक मुन्धुम विद्यालय परिसरमा रहको किरात धर्मिक क्षेत्रमा गाडिएको त्रिशुल, धार्मिक माङनिशा र सँगै गाडिएको नेपालको राष्ट्रिय झण्डा शुक्रबार अपरान्हमा एउटा समूहले लडाएको दाबी गरिएको छ । नेपालको राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको प्रतिमा निर्माणको लागि राखिएको इँटाहरु समेत फालिदिएको किरात युमा माङहिम समितिका अध्यक्ष सम्शेर राईले बताउनु भयो ।

 

त्यसखाले काम गर्नेहरुलाई खोजेर तुरुन्त कारबाही गर्न महागुरु फाल्गुनन्द प्रतिष्ठानकानका अध्यक्ष सोमप्रसाद पोमुले माग गर्नुभयो ।
सो स्थलमा २०८२ बैशाख २४ गते नेपालको राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको शालिक निर्माण गर्न पथरीशनिश्चरे नगरका जनप्रतिनिधिहरुको हातबाट शिलान्यास भएको थियो ।

 

पशुपति सामुदायिक वन क्षेत्रमा डेढ दर्जन बढी विभिन्न धर्म संस्कृति मान्नेहरुको सांस्कृतिक स्थल भएपनि किरात युमा माङ्हिम विरुद्ध आक्रमण भएकोप्रति गम्भिर ध्यानाकर्षण भएको उल्लेख छ ।

 

किरात धर्मका अनुयायीहरुले शनिबार आफ्नो क्षेत्रमा धुपी, आँप, अम्बा लगायतको विरुवा रोपेका छन् ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धर्म र पर्व : विवाद होइन, सदभावको आधार

काठमाडौँ,१ कार्तीक ।धर्म अत्यन्तै सम्बेदनशील, गहन, जटिल र बहुआयामिक विषय वस्तु हो । धर्मको ‘अर्थ धारणा गर्नु’ अर्थात असल आचरण धारण गर्नु हो । कुनैपनि

२४ घण्टामा सवारी दुर्घटनामा ४ जनाको मृत्यु, २५७ जना घाइते

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ भने २५७ जना घाइते भएका छन् । प्रहरीको तथ्यांकअनुसार देशका

झापामा असोजमा सवारी दुर्घटना र मानवीय क्षति बढी

झापा,१ असोज । झापामा चालु आर्थिक वर्ष २०८३र८४ को असोज महिनामा सवारी दुर्घटना र त्यसबाट हुने मानवीय क्षति अघिल्ला दुई महिनाको तुलनामा बढेको छ ।

अर्जुनधारामा बन्चरो प्रहार गरी वृद्धको हत्या , अभियुक्त पक्राउ

अर्जुनधारा, १ कात्तिक । हिजो शनिबार साँझ झापाको अर्जुनधारामा वृद्धको हत्या गर्ने अभियुक्त २८ वर्षीय रविन लिम्बू छिमेकी भएको खुलेको छ । साँझ ७ बजेतिर