दमक अस्पतालको सेवा विस्तार—

दमक अस्पतालमा लायन्सको सहयोगमा बन्यो ६ शैयाको आइसियू बेड—

दमक, असार १६ । दमक अस्पतालमा अव आइसियूको अभावमा उपचार नपाई फर्कनुपर्ने छैन । किनकी यहाँ सोमबारदेखी सुविधायूक्त ६ शैयाको आइसियू उद्धघाटन गरिएको छ । दमक अस्पतालको आन्तरीक श्रोत र लायन्स इन्टरनेशनलको सहयोगमा यहाँ आइसियू सञ्चालनमा ल्याइएको हो ।

 

सोमबार दमक अस्पतालको प्रशाषनीक बिभागको दक्षिण तर्फ निकै झकी झाकाउ पारीएको थियो । ठुलो र भव्य पाण्डल लगाएर दमक दमकका बिभिन्न प्रतिस्ठीत व्यक्तिहरुको उपस्थिती रहेको थियो । यो उपस्थिती यहाँ कुनै उपचार गर्नकालागी आउने हैन । यहाँ दमक अस्पतालमा आइसियू बेडको उद्धघाटन समारोहमा सहभागी हुनेहरुको हो । यहाँ अन्तराष्ट्रिय सहयोगी सस्था लायन्स क्लव इन्टरनेशनलले झण्डै दुई करोडको लगानीमा ६ वटा सुविधा सम्पन्न आइसियू बेडको व्यवस्थापन गरिदिएको छ । आवश्यक पर्ने सबै उपकरण र पूर्ण सेटअप सहितको आइसियू वार्ड सोमबार विषेश समारोहको आयोजना गरि उद्धघाटन गरिएयो । यो अस्तापतालमा आइसियूको उद्धघाटनपछि अव जटिल प्रकृतीका बिरामीको समेत यही उपचार हुने अस्तापलका प्रवक्ता तथा प्रशषन प्रमुख डा. अनुपम घिमिरेले जानकारी दिनुभयो । अस्पतालमा सबैरोगका विषेशज्ञ चिकित्सक भएपनि आइसियूको अभावमा रेफर गरिरहनु पर्ने बाध्यता थियो अव त्यसको पनि अन्त्य भएको छ । उहाँले भन्नु भयो ।

दमक अस्पतालाई अझै थप सुविधायूक्त र आधुनीक बनाउने योजनामा रहेको अस्पताल व्यवस्थापन समितीका अध्यक्ष समेत रहनु भएका दमक नगरपालिकाका प्रमुख राम थापाले बताउनु भयो । उहाँले भन्नु भयो अवको सात महिना भित्रमा यहाँ सिट स्क्यान र डोइग्नोष्टिकका मेसिन पनि जडान गरि सेवालाई आधुीनिक बनाइने छ । उहाँले यही अस्पताललाई ३ सय सैयाको अस्पतालमा स्तरोन्त्ती गर्नकालागी प्रयास गरीरहेको पनि सो अवसरमा जानकारी दिनुभयो ।

 

लायन्स क्लव अफ इन्टरनेशनल डिस्ट्रिक ३२५ सि का डिस्ट्रिक गभर्नर तथा ग्राण्ड एडमिनिस्ट्रेटर विकास अधिकारीको अध्यक्षतामा सम्पन्न भएको यो कार्यक्रममा लायन्सकका बिभिन्न नेतृत्वका साथै दमकका राजनैतिक दलका प्रतिनिधि, उद्योगी, व्यवसायी तथा सामाजीक व्यक्तित्वहरुको उल्लेख्य सहभागीता रहेको थियो । अस्तपतालमा लायन्सको सहयोगमा आइसियूको प्रोजेक्टल ल्याउन अस्पताल व्यवस्थापन समितीका सदस्यहरु समेत रहनु भएका प्रकाश अधिकारी र नेत्र चम्लाईगाईको खास पहल र भूमिका रहेको भन्दै प्रशंषा समेत भएको थियो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धर्म र पर्व : विवाद होइन, सदभावको आधार

काठमाडौँ,१ कार्तीक ।धर्म अत्यन्तै सम्बेदनशील, गहन, जटिल र बहुआयामिक विषय वस्तु हो । धर्मको ‘अर्थ धारणा गर्नु’ अर्थात असल आचरण धारण गर्नु हो । कुनैपनि

२४ घण्टामा सवारी दुर्घटनामा ४ जनाको मृत्यु, २५७ जना घाइते

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ भने २५७ जना घाइते भएका छन् । प्रहरीको तथ्यांकअनुसार देशका

झापामा असोजमा सवारी दुर्घटना र मानवीय क्षति बढी

झापा,१ असोज । झापामा चालु आर्थिक वर्ष २०८३र८४ को असोज महिनामा सवारी दुर्घटना र त्यसबाट हुने मानवीय क्षति अघिल्ला दुई महिनाको तुलनामा बढेको छ ।