नेपालमा पर्यटकको संख्या

पहिलो भारत, दोस्रो अमेरिका र तेस्रोमा चीन

दमक, २० असार / चीनबाट भन्दा अमेरिकाबाट नेपाल भित्रिने पर्यटकको संख्या बढ्न थालेको छ ।

 

नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको सन् २०२५ को तथ्यांकअनुसार जुन महिनामा अमेरिकी पर्यटकको संख्यामा उत्साहजनक वृद्धि देखिएको छ । तर चीनबाट आउने संख्या भने खस्किएको छ ।

 

तथ्यांकमा जुन महिनामा नेपाल भित्रिने पर्यटकका छिमेकी मुलुक भारतकै वर्चस्व छ । सो महिना भारतबाट ३२ हजार ६ सय ६२ जना पर्यटक नेपाल भित्रिएका छन् ।

 

दोस्रो स्थानमा संयुक्त राज्य अमेरिका आएको छ, जहाँबाट जुनमा मात्र ९ हजार ६ सय ९६ पर्यटकले नेपाल भ्रमण गरेका छन् । कुनै समय दोस्रो स्थानमा रहेको चीन भने ६ हजार ७ सय ३६ पर्यटकसहित तेस्रो स्थानमा खुम्चिएको छ ।

 

 

यसै गरी चौथोमा बङ्गलादेश (५ हजार ४४९) र पाँचौँ स्थानमा बेलायत (२ हजार २८४) रहेका छन् ।

 

 

सन् २०१९ अघिसम्म भारतीयपछि नेपालमा सबैभन्दा धेरै पर्यटक चीनबाटै आउने गरेका थिए । तर त्यो स्थानमा अहिले अमेरिका उक्लिएको हो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धर्म र पर्व : विवाद होइन, सदभावको आधार

काठमाडौँ,१ कार्तीक ।धर्म अत्यन्तै सम्बेदनशील, गहन, जटिल र बहुआयामिक विषय वस्तु हो । धर्मको ‘अर्थ धारणा गर्नु’ अर्थात असल आचरण धारण गर्नु हो । कुनैपनि

२४ घण्टामा सवारी दुर्घटनामा ४ जनाको मृत्यु, २५७ जना घाइते

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ भने २५७ जना घाइते भएका छन् । प्रहरीको तथ्यांकअनुसार देशका

झापामा असोजमा सवारी दुर्घटना र मानवीय क्षति बढी

झापा,१ असोज । झापामा चालु आर्थिक वर्ष २०८३र८४ को असोज महिनामा सवारी दुर्घटना र त्यसबाट हुने मानवीय क्षति अघिल्ला दुई महिनाको तुलनामा बढेको छ ।

अर्जुनधारामा बन्चरो प्रहार गरी वृद्धको हत्या , अभियुक्त पक्राउ

अर्जुनधारा, १ कात्तिक । हिजो शनिबार साँझ झापाको अर्जुनधारामा वृद्धको हत्या गर्ने अभियुक्त २८ वर्षीय रविन लिम्बू छिमेकी भएको खुलेको छ । साँझ ७ बजेतिर