उर्लाबारीमा बन्ने भयो अत्याधुनिक बसपार्क

विकासको गति

उर्लाबारी, २० असार / उत्तरपूर्वी मोरङको उर्लाबारी नगरपालिका वडा नम्बर ६ मा अबको केही समयपछि एक अत्याधुनिक बसपार्कको निर्माण कार्य थालिने भएको छ ।

 

भविष्यको यातायात पूर्वाधारलाई ध्यानमा राख्दै निर्माण हुन लागेको यो बसपार्क १८ महिनाभित्र पूर्णरूपमा सम्पन्न गरिने लक्ष्य लिइएको छ ।

 

 

परियोजनाको निर्माण कार्यका लागि औपचारिक सम्झौता भइसकेको छ । उर्लाबारी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अभयकुमार गुप्ता र निर्माण व्यवसायी नविन गौतमबीच सम्झौतामा हस्ताक्षर भएको छ ।

 

११ करोड ३ लाख ८५ हजार ८ सय ८० रुपैयाँ २५ पैसाको लागतमा निर्माण हुने सो बसपार्कको जिम्मा अभी डिजाइनर्स एण्ड डेभलपर्स प्रा.लि., हेटौंडालाई दिइएको छ । परियोजनाको ३० प्रतिशत उर्लाबारी नगरपालिकाको लगानी, १० प्रतिशत अनुदान स्वरूप नगर विकास कोषबाट र ६० प्रतिशत नगर विकास कोषको ऋण मार्फत वित्तीय संरचना तय गरिएको छ ।

 

 

सम्झौता कार्यक्रममा नगर प्रमुख गंगाप्रसाद खरेल, उपप्रमुख मीना कुमारी खतिवडा, इञ्जिनियर पोखराज साह, रोशन उदास, योजना तथा अनुगमन शाखाका प्रमुख विकास दाहाललगायत अन्य जनप्रतिनिधिहरूको उपस्थिति थियो ।

 

 

परियोजना सम्पन्न भएपछि उर्लाबारीको यातायात व्यवस्थापन व्यवस्थित हुने र नगरको व्यापार, पर्यटन तथा रोजगारी प्रवद्र्धनमा पनि महत्वपूर्ण योगदान दिने विश्वास गरिएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धर्म र पर्व : विवाद होइन, सदभावको आधार

काठमाडौँ,१ कार्तीक ।धर्म अत्यन्तै सम्बेदनशील, गहन, जटिल र बहुआयामिक विषय वस्तु हो । धर्मको ‘अर्थ धारणा गर्नु’ अर्थात असल आचरण धारण गर्नु हो । कुनैपनि

२४ घण्टामा सवारी दुर्घटनामा ४ जनाको मृत्यु, २५७ जना घाइते

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ भने २५७ जना घाइते भएका छन् । प्रहरीको तथ्यांकअनुसार देशका

झापामा असोजमा सवारी दुर्घटना र मानवीय क्षति बढी

झापा,१ असोज । झापामा चालु आर्थिक वर्ष २०८३र८४ को असोज महिनामा सवारी दुर्घटना र त्यसबाट हुने मानवीय क्षति अघिल्ला दुई महिनाको तुलनामा बढेको छ ।

अर्जुनधारामा बन्चरो प्रहार गरी वृद्धको हत्या , अभियुक्त पक्राउ

अर्जुनधारा, १ कात्तिक । हिजो शनिबार साँझ झापाको अर्जुनधारामा वृद्धको हत्या गर्ने अभियुक्त २८ वर्षीय रविन लिम्बू छिमेकी भएको खुलेको छ । साँझ ७ बजेतिर