स्वास्थ संवाद

“महिनावारी गडबडी र निसन्तान समस्यामा अब निराश हुनुपर्दैन” – डा. सीता राई

महिनावारी र निसन्तान दम्पतीकालागी उपयोगी संवाद

दमक, २७ असार | महिला स्वास्थ्यका संवेदनशील पक्षहरूबारे जागरुकता फैलाउने उद्देश्यले उज्यालो खबरद्वारा सञ्चालित साप्ताहिक कार्यक्रम ‘The Health Hour’ मा विशेष अतिथिका रूपमा आमन्त्रित हुनुभएकी डा. सीता राईले महिनावारी गडबडी र निसन्तान समस्याबारे खुला रूपमा आफ्ना विचार राख्नु भएको छ ।

उज्यालो खबरको स्टुडियोमा सञ्चालित संवादको क्रममा उहाले यसबारेमा वैज्ञानिक आधारमा जानकारी दिँदै महिलाहरूलाई आत्मविश्वासी बन्न आग्रह गर्नुभएको हो ।

उहाका अनुसार महिनावारी सम्बन्धी समस्या महिलाहरूको ठूलो संख्यामा देखिने भए पनि धेरैले यसलाई सामान्य ठानेर बेवास्ता गर्ने प्रवृत्ति रहेको छ।

“अनियमित चक्र, अत्यधिक वा न्यून रक्तस्राव, पेल्भिक पिडा, वा महिनावारी नै नआउनुजस्ता लक्षणहरू पछाडि हार्मोन असन्तुलन, थाइराइड समस्या, पोषणको कमी, तनाव र जीवनशैलीजस्ता कारणहरू हुन्छन्,” डा. राईले स्पष्ट पार्नुभयो ।

यस्तै निसन्तान समस्याबारे कुरा गर्दै उहाले भन्नुभयो , “गर्भ नबस्नुको दोष महिलालाई मात्र लगाउने प्रवृत्ति अझै हटेको छैन, तर वास्तविकता के हो भने समस्या पुरुष र महिला दुवैमा हुन सक्छ।” उहाले महिला पक्षमा डिम्बाशयको क्षमता कम हुनु, ट्युव ब्लकेज, हार्मोनल गडबडी, संक्रमणजस्ता कारणहरू हुने बताउदै उहाँ भन्नू हुन्छ “पुरुषहरूमा शुक्रकीटको संख्या, गतिशीलता र गुणस्तर कमजोरी मुख्य कारण हुने गर्छ ।”

६ महिनादेखि १ वर्षसम्म प्रयास गर्दा पनि गर्भ नबस्ने अवस्था देखिएमा ढिलाइ नगरी स्त्रीरोग विशेषज्ञ वा निसन्तान क्लिनिकमा सम्पर्क गर्न उहाले सुझाब समेत दिनुभएको छ । डा. राईका अनुसार आजभोलि चिकित्सा प्रविधिको विकासले गर्दा IVF, IUI, टेस्ट ट्युब बेबी जस्ता विधिबाट सफलतापूर्वक सन्तान प्राप्त गर्ने मार्गहरू खुलेका छन्।

कार्यक्रमको अन्त्यमा उहाले जीवनशैलीमा सुधार, मानसिक स्वास्थ्यको ख्याल, सन्तुलित आहार र समयमै स्वास्थ्य परीक्षणलाई प्राथमिकतामा राख्नुपर्ने सन्देश दिइन्। “निसन्तान समस्या लाजको होइन, उपचारको विषय हो,” भन्दै उनले समाजमा खुलापन ल्याउन सञ्चारमाध्यमको भूमिकाको प्रशंसा समेत गर्नुभएको थियो ।

‘The Health Hour’ मार्फत उज्यालो खबरले यस्तो महत्वपूर्ण विषयमा संवाद आयोजना गरी आम दर्शकमाझ स्वास्थ्यप्रति चेतना जगाउने प्रयास गरेको हो।

यो कार्यक्रमको अडियो भर्सन रेडियो किङ एफ एम १०४.१ मेघाहर्जबाट समेत प्रसारण हुने गर्दछ ।

उहासग गरिएको संवादको भिडियोको link तल राखिएको छ

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

बर्ड फ्लुका कारण ६० करोड रुपैयाँभन्दा धेरैको क्षति : डा. उमेश दाहाल

काठमाडौं । नेपालमा पछिल्ला तीन महिनादेखि फैलिरहेको बर्ड फ्लु संक्रमण अहिले विशेषगरी काठमाडौं उपत्यकामा केन्द्रित बनेको छ । पशुसेवा विभागका महानिर्देशक डा. उमेश दाहालका अनुसार

शक्तिशाली भूकम्पपछि काराकासमा व्यापक क्षति

काठमाडौं,११ असार । भेनेजुएलाको काराकासमा हालै गएको शक्तिशाली भूकम्पपछि त्यहाँ व्यापक क्षति देखिएको छ । चिनियाँ सञ्चारमाध्यम सीसीटीभीले सार्वजनिक गरेको फुटेजमा शहरको विभिन्न स्थानमा भग्नावशेष

वर्षायाममा बाजुराका हिमाली फाँटः धर्तीमै लुकेको स्वर्ग

बाजुरा,११ असार । सुदूरपश्चिमको हिमाली जिल्ला बाजुरा प्राकृतिक सौन्दर्य, जैविक विविधता र सांस्कृतिक सम्पदाले भरिपूर्ण भूमि हो । वर्षायामको आगमनसँगै यहाँका उच्च हिमाली क्षेत्रले नयाँ

व्यवसाय पनि हुनुपर्याे, जनताको ज्यान पनि जोगिनुपर्योः अध्यक्ष मगर

काठमाडौं,१० असार । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले व्यवसाय सञ्चालन र मानव अधिकार संरक्षणलाई सँगसँगै अघि बढाउनुपर्ने बताउनु भएको छ् । बुधबार व्यवसाय

११ जिल्लामा बर्ड फ्लु संक्रमण , ५ लाख ६९ हजारभन्दा बढी कुखुरा नष्ट

काठमाडौं ,१० असार । नेपालमा बर्ड फ्लु  संक्रमण ११ जिल्लामा फैलिएको छ । तीन महिनाअघि मोरङबाट सुरु भएको संक्रमण हालसम्म झापा, सुनसरी, मोरङ, बारा, महोत्तरी,