दमकमा राजस्व संकलनमा सुधार

दमक,२७ असार । आन्तरिक कार्यलय दमकमा राजस्व संकलनमा सुधार देखिएको छ । गत आर्थिक बर्ष २०८०÷८१ को तुलनामा चालू आर्थिक बर्षको सोहि अबधिमा कार्यलयको राजस्व संकलनमा १६ प्रतिषतले बृद्धि भएको छ । तर राजस्व संकलनमा सुधार देखिएपनि लक्ष्य भेट्न भने अझै सकि रहेको छैन ।

 

आन्तरिक राजस्व कार्यलयल दमकले चालू आर्थिक बर्ष २०८१÷८२ को असार २५ गतेसम्म लक्ष्यको ७७ दशमलब ३७ प्रतिशत राजस्व संकलन गरेको छ । कार्यालयले आर्थिक बर्षका लागि १ सय ५२ करोडको लक्ष्य राखेकोमा असारको २५ गते सम्ममा १ सय १७ करोड राजस्व संकलन गरेको हो ।

 

कार्यलयका सूचना अधिकारी ज्ञानेन्द्र कुमार यादबका अनुसार कार्यलयले बिभिन्न शीर्षकमा राखेको लक्ष्य अनुसार उक्त रकम बराबरको राजस्व संकलन गरेको हो ।

 

राजस्व कार्यालय दमकको तथ्याङक अनुसार राजस्व संकलनमा गत बर्षको तुलनामा सुधार देखिएको छ । गत आर्थिक बर्षको सोहि अबधिमा कार्यलयले १ सय ८७ करोडको लक्ष्य राखेकोमा १ सय १६ करोड मात्र राजस्व संकलन गरेको थियो । ,जुन लक्षको ६१ प्रतिशत हो ।

 

सूचना अधिकारी यादबले गत बर्षको तुलनामा यस आर्थिक बर्षको असार २५ गते सम्मको तथ्याङकमा १६ प्रतिशतले बृद्धि भएको छ भने राजश्व संकलनको समय केहि दिन बाकी रहेकोले यस बर्षको लक्ष्य भेट्ने अपेक्षा रहेको धारणा राख्नुहुन्छ ।

 

आन्तरिक राजस्व कार्यालय दमकको राजस्व संकलनमा चालू आर्थिक वर्ष २०८१र८२ मा उल्लेखनीय सुधार देखिएको छ । गत वर्षको सोही अवधिको तुलनामा यस वर्ष १६ प्रतिशतले राजस्व संकलन बढेको छ । यो सकरात्मक भएपनि लक्ष्य भेट्न भने अझै सकिरहेको छैन । यसका लागि कर सम्बन्धी जनचेतनाका कार्यक्रम गर्न आबश्यक देखिन्छ ।

 

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

टेबुल नगरिएको भन्दै सदन अवरुद्ध

सुर्खेत,१६ भदौ। कर्णालीका पूर्वमुख्यमन्त्री राजकुमार शर्माले सदन अवरुद्ध गर्नुभयो । आफूले दर्ता गराएको गैरसरकारी विधेयक सदनमा टेबुल नगरिएको भन्दै सदन अवरुद्ध गराउनु भएको हो ।

बाढीबाट हालसम्म १,००३ जनाको मानवीय क्षति, ३,९१६ जना सम्पर्कविहीन

काठमाडौं ,१६ भदौ। रसुवाको भोटेकोशी नदीमा आएको बाढी तथा त्यसबाट विभिन्न जिल्लामा पुगेको क्षतिका कारण हालसम्म एक हजार ३ जनाको मानवीय क्षति भएको छ ।

नवलपरासीमा लागुऔषध कारोबारीमाथि गोली प्रहार

काठमाडौं,१५ भदौ ।पश्चिम नवलपरासी स्थित रामग्राम नगरपालिकामा प्रहरीले गोली चलाएको छ । लागुऔषध नियन्त्रण ब्यूरोबाट खटिएको टोलीले लागुऔषध कारोबारीमाथि गोली प्रहार गरेको हो । ब्यूरोको

बाढी प्रभावितका लागि सभामुखले एक महिनाको पारिश्रमिक सहयोग गर्ने

काठमाडौं ,१६ भदौ। सभामुख डोल प्रसाद डीपी अर्यालले हालै आएको भीषण बाढी तथा विपदबाट प्रभावितहरूको उद्धार, राहत तथा पुनर्स्थापना कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले एक महिनाको

आफैं विपदमा गरेको खुम्बु पासाङल्हामुले रसुवाका बाढीपीडितलाई २२ लाख दिने

सोलुखुम्बु,१६ भदौ । आफैं बाढी र विपद्को पीडाबाट भर्खरै तंग्रिँदै गरेको खुम्बु पासाङल्हामु गाउँपालिकाले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा

एमालेद्वारा गठित सहयोग समिति राहत सामग्री बोकेर नुवाकोट प्रस्थान

काठमाडौं,१५ भदौ । भोटेकोशीको विपत्तिमा परेका नागरिकको जीवनरक्षा, तत्काल राहत सामग्री सङ्कलन तथा वितरण, आर्थिक एवं मानवीय सहयोग परिचालन र पुनस्र्थापनाका लागि नेकपा (एमाले)द्वारा गठित