साउनको पूर्वसन्ध्यामा चुरा पसलमा रौनक

दमक, ३१ असार । साउन नजिकिँदै गर्दा बजारमा फेरि चुरा र मेहेन्दीको रौनक सुरु भएको छ । हरियो चुरा साउन महिनाको विशेषता मात्र होईन, व्यवसायिक रुपमा पनि व्यापारीहरुको लागी ठूलो अवसर हो । यो पटक बजारमा साउनको रौनक कस्तो छ र व्यापारीहरु कति को उत्साहित छन् त ?

दमक बजारमा ठाउँ ठाउँमा चुरा र मेहेन्दीको अस्थायी स्टलहरु राखिएका छन । कतिपय फेन्सी पसलभित्रै साउन अफर चलिरहेको देखिन्छ । हरिया चुरा र मेहेन्दी बेच्न रखिएको ठाउँमा महिलाहरुको भिड देखिन्छ ।

हरियो रङलाई शुभ, समृद्धी र शान्तिको प्रतिक मानिन्छ ।त्यसैले साउन महिनामा महिलाहरुले हरियो चुरा लगाउने चलन भएकाले आफू पनि साथीहरुसँग मिलेर हरियो चुरा किन्न आएको बताउनुहुन्छ चुरा किन्न बजार आउनुभएकी दमक—८की कमला प्रसाईँ खरेल ।

 

साउन सुरु भएसगैँ बजारमा चहलपहल देखिन्छ । तर चलपहल जस्तो व्यापार चाहिँ संतोषजनक छैन । दमक चौकमा चुरा व्यापार गर्दै आउनुभएका व्यवसायी सम्भु राम साउन महिना सुरु भएपछि व्यापार बढ्ने अपेक्षामा हुनुहुन्छ ।—

 

विगतको वर्षहरुको तुलनामा यो वर्ष त्यसको आधा पनि चुरा बिक्री नभएको दमक बजारमा अम्बिका फेन्सी पसल सन्चालन गरिरहनुभएका व्यवसायी कृष्णप्रसाद पाठक बताउनु हुन्छ ।

 

साउनको शुरुवातमा बजार केही सुस्त भए पनि व्यापारीहरु अझै आशावादी छन् । साउनमा चुरा तथा मेहन्दिको खास महिना भएकोले यसको व्यापार बढ्ने गर्छ ।

 

 

भिडियो लिंक

 

 

 

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश

काठमाडौ ,२९ असोज । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश गरिएको छ । आयोगका अध्यक्ष राम बहादुर थापामगरले राष्ट्रपति भवन शीतल

रास्वपा सांसद सुनारद्वारा आरोप अस्वीकार, छानबिन समिति गठन

काठमाडौँ,२९ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सांसद खगेन्द्र सुनारले विवादित अडियो प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गर्दै पार्टीलाई लिखित जवाफ पठाँउनु भएको छ

कुहिएको माछा–मासु बरामद गरी नष्ट

बिर्तामोड,२९ असोज । झापाको बिर्तामोडस्थित बिर्ता बजार र मुखिया बजारका १९ वटा माछा तथा मासु पसलमा अनुगमन गर्दा उपभोगका लागि अनुपयुक्त करीब एक क्विन्टल माछा

धरानको बरगाछीमा झैझगडा गर्ने ४ जना पक्राउ

धरान ,२९ असोज । धरान उपमहानगरपालिका–८ स्थित बरगाछी चोकमा झैझगडा गरेको आरोपमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय धरानका अनुसार गएराति संखुवासभाको

न्यायाधीश बम हत्याका फरार सुटर बाबु हतियार सहित पक्राउ

सर्लाही,२९ असोज । सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश रणबहादुर बम हत्याका मुख्य योजनाकार तथा फरार प्रतिवादी बाबु थापा हतियारसहित सर्लाहीबाट पक्राउ परेका छन्। कारागारबाट भागेर विगत

नुवाकोटको नयाँ झोलुङ्गे पुल सञ्चालनमा

नुवाकोट,२९ असोज । नुवाकोटको ढुङ्गेस्थित बुद्ध मन्दिरदेखि इन्टेकसम्म निर्माण गरिएको झोलुङ्गे पुल औपचारिक रूपमा उद्घाटन नहुँदै सञ्चालनमा आएको छ । दशैंमा घर फर्किने यात्रु तथा