साउन महिनाको महिमा

कसरी बस्ने होला ब्रत ?

दमक, १ साउन | हिन्दु धर्ममा श्रावण महिनालाई एक पवित्र महिना मानिन्छ । यो महिना भगवान शिवको आराधनाको लागी विशेष महिनाको रुपमा पनि लिने गरिन्छ । यो महिनालाई लुतो फाल्ने महिना समेत भन्ने गरिन्छ । महिलाहरु विभिन्न मनोकामना राख्दै श्रावण महिनाभरि हरेक सोमबार ब्रत बस्छन् । तर, यो ब्रत के का लागी त ? यसको तथ्य उजागर गर्दैछाै ।
अरु महिनाको तुलनामा श्रावण महिनामा मन्दिरहरुमा भक्तजन साथै ब्रतालुहरुको भिड निकै बढ्ने गर्छ । हिन्दु धर्म मान्ने अधिकांश महिलाहरुले श्रावणमा ब्रत बसेका हुन्छन् । श्रावण महिनाको हरेक सोमबार बिहानै उठेर शुद्ध भई बेलपत्र, दूध, जल र धुप सहित मन्दिरमा भग्वान शिवलाई अर्पण गर्छन् ।
आफ्‌नो श्रीमानको दिर्घायु एंव सुस्वास्थको कामना गर्दै भन शिवलाई प्रसन्न पार्न श्रावणको ब्रत बस्ने गरेको धारणा राख्नुहुन्छ दमक ६ को पशुपति मन्दिरमा भेटिनुभएकी ब्रतालु शुसिला गौतम ।

 

असारको बेला धान रोप्दा लागेको हिलोले गर्दा लुतोको साथै अरु विभिन्न छाला सम्बन्धीको रोग लाग्ने गरेको र श्रावण महिनामा सफा भएर भगवान शिवको आराधना गर्दा त्यो रोग जाने भएकाले यो महिनालाई लुतो फाल्ने महिनाको रुपमा लिने गरेको विश्वास राख्नुहुन्छ ब्रतालु साथै पशुपति आध्यात्मिक महिला समूहको अध्यक्ष समेत रहनुभएकी रीता थापा ।

 

श्रावण महिनाको महिमा र महत्वको बारे जानकारी दिनुहुदै दमकको हनुमान मन्दिरका पुजारी जीवन सुवेदी । श्रावण महिना केवल धार्मिक परम्परा मात्र होईन, शुद्ध मन, समर्पण र आस्थाको प्रतिक पनि हो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश

काठमाडौ ,२९ असोज । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश गरिएको छ । आयोगका अध्यक्ष राम बहादुर थापामगरले राष्ट्रपति भवन शीतल

रास्वपा सांसद सुनारद्वारा आरोप अस्वीकार, छानबिन समिति गठन

काठमाडौँ,२९ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सांसद खगेन्द्र सुनारले विवादित अडियो प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गर्दै पार्टीलाई लिखित जवाफ पठाँउनु भएको छ

कुहिएको माछा–मासु बरामद गरी नष्ट

बिर्तामोड,२९ असोज । झापाको बिर्तामोडस्थित बिर्ता बजार र मुखिया बजारका १९ वटा माछा तथा मासु पसलमा अनुगमन गर्दा उपभोगका लागि अनुपयुक्त करीब एक क्विन्टल माछा

धरानको बरगाछीमा झैझगडा गर्ने ४ जना पक्राउ

धरान ,२९ असोज । धरान उपमहानगरपालिका–८ स्थित बरगाछी चोकमा झैझगडा गरेको आरोपमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय धरानका अनुसार गएराति संखुवासभाको

न्यायाधीश बम हत्याका फरार सुटर बाबु हतियार सहित पक्राउ

सर्लाही,२९ असोज । सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश रणबहादुर बम हत्याका मुख्य योजनाकार तथा फरार प्रतिवादी बाबु थापा हतियारसहित सर्लाहीबाट पक्राउ परेका छन्। कारागारबाट भागेर विगत

नुवाकोटको नयाँ झोलुङ्गे पुल सञ्चालनमा

नुवाकोट,२९ असोज । नुवाकोटको ढुङ्गेस्थित बुद्ध मन्दिरदेखि इन्टेकसम्म निर्माण गरिएको झोलुङ्गे पुल औपचारिक रूपमा उद्घाटन नहुँदै सञ्चालनमा आएको छ । दशैंमा घर फर्किने यात्रु तथा