थप प्रभावकारी सेवाको पहल

प्रादेशिक आयुर्वेद अस्पतालमा बीमा ल्याउन मुख्यमन्त्री कार्कीको प्रतिवद्धता

कोशी प्रदेश सरकारले आयुर्वेदलाई समग्र स्वास्थ्य सेवाको अभिन्न अङ्ग बनाउँदै लैजाने

दमक, १० साउन ।  कोशी प्रदेश सरकार झापाको कमल गाउँपालिका–७, लखनपुरस्थित प्रादेशिक आयुर्वेद अस्पताललाई अझ सशक्त बनाउने दिशामा अगाडि बढेको छ। कोशी प्रदेशका मुख्यमन्त्री हिकमत कुमार कार्कीले उक्त अस्पतालमा नेपाल सरकारको स्वास्थ्य बीमा कार्यक्रम लागू गर्न आफैंले पहल गर्ने घोषणा गर्नुभएको छ।

 

 

शुक्रबार अस्पताल प्राङ्गणमा आयोजित स्वर्ण बिन्दु प्राशन कार्यक्रममा प्रमुख अतिथिका रूपमा बोल्दै मुख्यमन्त्री कार्कीले अस्पताललाई कम्तीमा रेफरल आयुर्वेद अस्पतालको रूपमा विकास गर्ने लक्ष्य रहेको बताउनुभयो। उहाँले भन्नुभयो, “अस्पतालमा आवश्यक जनशक्ति, उपकरण र पूर्वाधार विस्तार गर्न प्रदेश सरकार तयार छ। सेवालाई गुणस्तरीय बनाउने कुरामा कुनै कसुर बाँकी राखिने छैन।”

 

 

सो अवसरमा बालबालिकाको रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालनमा ल्याइएको स्वर्ण बिन्दु प्राशन कार्यक्रमलाई सरकारले वार्षिक कार्यक्रममै समावेश गरेर निरन्तरता दिने पनि प्रतिवद्धता मुख्यमन्त्रीले व्यक्त गर्नुभयो।

 

 

प्रादेशिक आयुर्वेद अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सिद्धार्थ ठाकुरका अनुसार, ६ महिनादेखि ७ वर्षसम्मका बालबालिकालाई लक्षित गरी प्रत्येक महिनाको पुष्य नक्षत्रमा स्वर्ण बिन्दु प्राशन गराइन्छ। स्वर्ण भष्मलाई विभिन्न आयुर्वेदिक औषधिमा मिसाई, घिउ र महको साथ बालबालिकालाई दिइने यो प्रक्रिया निःशुल्क रूपमा प्रदान गरिँदै आएको छ।

 

 

डा. ठाकुरका अनुसार, स्वर्ण बिन्दु प्राशनले बालबालिकाको शारीरिक, मानसिक, पाचन क्षमता र रोग प्रतिरोधात्मक क्षमता बढाउने वैज्ञानिक विश्वास छ। अस्पतालमै उत्पादन भएको स्वर्ण बिन्दुले देशकै उदाहरणीय कार्यक्रमको रूप लिएको बताइएको छ।

 

 

कोशी प्रदेश सरकारले आयुर्वेदलाई समग्र स्वास्थ्य सेवाको अभिन्न अङ्ग बनाउँदै लैजाने संकेत यस्तै कार्यक्रमबाट देखिएको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

टिमुरे र त्रिशूलीका घर बगे : १६ प्रहरी सम्पर्कविहीन

काठमाडौँ,१० भदौ । चीनको तिब्बततर्फबाट आएको ल्हेन्दे खोलाको बाढी भोटेकोसीमा मिसिँदा रसुवामा ठुलो भौतिक क्षति भएको छ । रसुवाको टिमुरे बजार र नुवाकोटको त्रिशूली बजारमा

बाढीले वेत्रावती र सोले बजारमा ठूलो क्षति, स्कुल बस सम्पर्क विहीन

काठमान्डौ,१० भदौ ।भोटेकोसीमा आएको भीषण बाढीले नुवाकोटको विदुर नगरपालिका क्षेत्रका वेत्रावती र सोले बजारमा ठूलो क्षति पुर्‍याएको स्थानीयले बताएका छन्। उत्तरगया पब्लिक स्कुलका शिक्षक सोमलाल

अप्रत्याशित बाढीमा सरकारको सकृयता कस्तो?

काठमाडौ , १० भदौ | रसुवाको भोटेकोसी नदीमा आएको आकस्मिक बाढीपछि सरकारले खोज, उद्धार तथा राहतका लागि सरकारी संयन्त्रलाई परिचालन गरेको छ।बाढी प्रभावित क्षेत्रमा उद्धार

भोटेकोसीको बाढिले कति जलविद्युत आयोजना बगे? यस्तो छ विवरण

काठमाडौ , १० भदौ । रसुवामा भोटेकोसी नदीमा आएको अप्रत्याशित बाढीका कारण विभिन्न जलविद्युत् आयोजना प्रभावित भएका छन्। ऊर्जा मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार बाढीका कारण

भोटेकोसी बाढीले बैंक तथा वित्तीय संस्थामा क्षति,विवरण सङ्कलन गर्न समस्या

काठमान्डौ,१० भदौ । भोटेकोसी नदीमा आएको बाढीले रसुवाका विभिन्न बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयमा क्षति पुगेको छ। टेलिफोन सम्पर्क अवरुद्ध हुँदा क्षतिको यकिन विवरण

चिनसँग समन्वय खोज्दै सुरक्षा निकाय, बाढीको कारण अझै पत्तो लागेन

काठमाडौ , १० भदौ । रसुवामा बुधबार बिहान एक्कासि आएको भीषण बाढीको कारण अझै खुल्न सकेको छैन। मंगलबार राति वा बुधबार बिहान रसुवा लगायतका क्षेत्रमा