शैक्षिक सुधारको प्रयास

जनप्रतिनिधिका छोराछोरी सरकारी विद्यालयमै पढाउने प्रस्ताव (भिडियो )

सकारात्मक सन्देशसँगै अधिकार हनन र नीतिगत अन्योलको विमर्श

दमक, साउन १२/ झापाको कमल गाउँपालिकाले शिक्षा क्षेत्रमा नयाँ बहसको सुरुआत गर्दै गाउँपालिकामा कार्यरत सम्पूर्ण जनप्रतिनिधिका छोराछोरी अध्ययनरत विद्यालयको विवरण सार्वजनिक गरेको छ। पालिकाले सामुदायिक विद्यालयको गुणस्तर उकास्ने लक्ष्य राखेको भए पनि यसले नीतिगत, नैतिक र अधिकारसम्बन्धी बहस सिर्जजा गरेको छ ।

 

कमल गाउपालिकाको २०८० साल बैशाख १९ गते कमल गाउँपालिकाको गाउँ कार्यपालिकाको बैठकले पालिकाका सबै जनप्रतिनिधिहरुले आफ्ना छोराछोरीलाई सामुदायिक विद्यालयमै पढाउनुपर्ने निर्णय गरेको थियो । सोही निर्णयका आधारमा जेठ ११ गते सबै प्रतिनिधिहरुलाई पत्राचार गरी यथार्थ विवरण मागिएको थियो ।

 

संविधान तथा शिक्षा ऐन २०२८ मा निर्वाचित जनप्रतिनिधिहरुले आफ्ना छोराछोरीलाई सामुदायिक विद्यालयमा नै अध्ययन अध्यापन गराउनु पर्ने बाध्यात्मक व्यवस्था नगरेपनि सामुदायिक बिद्यालय सुधारमा केहि मद्यत पुग्ने उदेश्यले जनप्रतिनिमा सकरात्मक संदेश दिन यस्तो निर्णय गरिएको गाउपालिकाले दावि गरेको छ । गाउपालिकाकी उपाध्यक्ष प्रमिला न्यौपाने तिवारी सामुदायिक विद्यालयमा आफ्ना बालबालिका पढाएर प्रतिनिधिहरुले शिक्षा सुधारको अभियानमा नेतृत्व गर्नुपर्छ भन्ने सोच राखिएको बताउनुभयो ।

गाउपालिकाका शिक्षा तथा खेलकुद शाखा प्रमुख सुर्य प्रसाद न्यौपाने सामुदायिक विद्यालयको स्तरबृद्धि गर्नु सबैको दायित्व भएकाले बाध्यकारी नभए पनि यस्तो पहलले सुधारमा सहयोग पुग्ने अपेक्षा रहेको बताउनुभयो ।

तर जनप्रतिनिधी र कर्मचारिका छोराछोरी सामुदायिक बिद्यँलयमा नै पढाउनुपर्छ भन्ने निर्णयले सामुदायिक शैक्षिक गुणस्तर बढाउन केहि हदसम्म सहयोग पु¥याएपनि नकरात्मक सबलीकरण भएको शैक्षिक बिश्लेषणहरुको तर्क छ । दमक बहुमुखि क्याम्पस अङग्रेजी बिभागका प्रमुख समेत रहनुभएका बिश्लेषक बास्कोटा धनञ्जय अभिभाबक जनप्रतिनिधी वा सरकारी कर्मचारी भएकै भरमा बालबालिकालाई यो वा त्यो बिद्यँलयमा पढ्नैपर्छ भन्ने बाध्यकारी बनाईनु बालबालिकाको शिक्षा दिने अधिकार हनन हुने धारणा राख्नुभयो ।

सामुदायिक बिद्यालय सुधारका लागि स्थानीय सरकारको निर्णय वा जनप्रतिनधी र सरकारी कर्मचारीको छोराछोरीलाई सरकारी बिद्यालयमा पढाउनुर्ने बाध्यकारी निर्णय पर्याप्त छैन । यसका लागि राज्यको नीति निर्माणमा स्पष्टता हुनुपर्ने आबश्यक देखिन्छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

नेपाललाई विश्व वित्तीय प्रणालीसँग जोड्न क्रस रिभर बैंकको नयाँ अभियान

काठमाडौं,१३ असार । अमेरिकाको अत्याधुनिक वित्तीय पूर्वाधार निर्माणमा अग्रणी संस्था क्रस रिभर बैंकले नेपाललाई विश्व वित्तीय प्रणालीसँग जोड्न एक अभियान सुरु गरेको छ। हाल नेपालमा

धनुषामा पेस्तोल र गोलीसहित दुई जना पक्राउ

जनकपुर,१३ असार । धनुषामा पेस्तोलसहित २ जना पक्राउ परेका छन् । जिल्लाको जनकपुरधाम उपमहानगरपालिका ०९ थापा चोकस्थित एक होटलबाट शनिबार –आज) पेस्तोल, इगल र्याप्टर लेखिएको

राप्रपा महाधिवेशन मंसिर २६ देखि २८ सम्म काठमाडौंमै हुने, मिति सर्दैनः राजेन्द्र लिङ्देन

काठमाडौं,१३ असार । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको महाधिवेशन आगामी मंसिर २६, २७ र २८ गते काठमाडौंमा नै हुने बताउनु भएको

फुटबलरकी श्रीमतीसहित ९२० भन्दा बढीको मृत्यु!

काराकास,१३ असार । भेनेजुएलामा आएको विनाशकारी भूकम्पमा एक आमाले आफ्नी सानी छोरीलाई बचाउने क्रममा ज्यान गुमाउनु भएको छ। स्थानीय सञ्चारमाध्यम र भेनेजुएलाका फुटबलर हेक्टर बेलोका

लुकाकु बने विश्वकपमा बेल्जियमका लागि सर्वाधिक गोल गर्ने खेलाडी

काठमाडौं,१३ असार । बेल्जियमका अनुभवी फरवार्ड रोमेलु लुकाकु फिफा विश्वकप इतिहासमा बेल्जियमबाट सर्वाधिक गोल गर्ने खेलाडी बन्नु भएको छ। क्यानडाको भ्यानकुभरमा शनिबार सम्पन्न फिफा विश्वकप