मंगलमय मावि

नतिजामा शतप्रतिशत सफल, विज्ञान संकायमा नयाँ पहिचान बनाउँदै

दमक, १४ साउन |   झापा जिल्लाको कमल गाउँपालिका–५ मा अवस्थित मंगलमय माध्यमिक विद्यालय आज सामुदायिक विद्यालयहरूका लागि एक नमुना र प्रेरणादायी उदाहरणका रूपमा उभिएको छ । पछिल्ला दुई वर्षदेखि विद्यालयमा कक्षा ११ र १२ मा विज्ञान संकायको पढाइ सुरु गरिएको छ। पहिलो ब्याचका विद्यार्थीहरू हालै सतप्रतिशत सफलतासहित पास आउट भएका छन्, जसले विद्यालयको शैक्षिक स्तरलाई उच्च बनाएको छ।

 

सामुदायिक विद्यालयप्रति समाजमा प्रायः कमजोर दृष्टिकोण रहँदै आएको छ। तर मंगलमय विद्यालयले भने यो धारणा तोड्दै गुणस्तरीय शिक्षाको उत्कृष्ट नमुना प्रस्तुत गर्न सफल भएको छ। यहाँ आवश्यक पाठ्यपुस्तक, समृद्ध पुस्तकालय र विज्ञान प्रयोगशालाको व्यवस्था गरिएको छ।

 

विद्यालयले अध्ययनसँगै अतिरिक्त क्रियाकलापहरूमा पनि विद्यार्थीको सक्रिय सहभागिता सुनिश्चित गरेको छ। खेलकुद, कला, सांस्कृतिक कार्यक्रम र वैज्ञानिक गतिविधिहरू विद्यार्थीहरूको व्यक्तित्व विकासमा योगदान र्पुयाइरहेका छन्।

 

शैक्षिक सुधारका लागि विद्यालयले वार्षिक कार्ययोजना तयार गरी कार्यान्वयन गर्दै आएको छ। साथै, व्यवस्थापन समिति, महिला समिति र अन्य उपसमितिहरू गठन गरी विद्यालयको दिगो सुधारमा ध्यान दिइएको छ।

 

 

यहाँ बिज्ञान बिषयमा अध्ययन गर्ने बिद्यार्थीहरुले भविष्यमा अस्पतालमा प्राविधिक तथा चिकित्सक सम्म बन्ने सपना देखेका छन् । उनीहरु घरपायकमा नै त्यो पनि सस्तो मूल्यमा पढ्न पाएका कारण यहा अध्ययन गरेको प्रतिक्रिया दिन्छन् । शिक्षकहरु पनि समन्यत्मक र सहयोगी रहेको उनीहरुको तर्क छ ।

 

 

यहाँको शिक्षण शुल्क अत्यन्त न्यून छ, जसले गर्दा सबै वर्गका विद्यार्थीले सहजै पढ्न पाउने वातावरण निर्माण भएको छ । साथै, गरिब तथा जेहेन्दार विद्यार्थीहरूका लागि छात्रवृत्तिको व्यवस्था पनि गरिएको छ । विद्यालयमा स्वास्थ्य सेवाको सुविधास्वरूप विद्यालय नर्सको समेत व्यवस्था गरिएको छ,जसले बिद्यार्थीहरु पनि सुरक्षित भएर पढ्न पाईरहेका छन् ।

 

 

विद्यालयका प्रधानाध्यापक मोहन बगालेका अनुसार विज्ञान संकायका लागि पढाइ हुने कक्षाकोठामा विशेष प्रविधियुक्त बोर्डहरूको समेत व्यवस्था गरिएको छ । प्रयोगात्मक अभ्यासका लागि बिद्यालयले प्रयोगशालाको ब्याबस्थापन गरेको छ । कम मूल्यमै बिज्ञान बिषय पढ्न चाहनेका लागि मंगलमय माध्यमिक बिद्यालय रोज्नु पर्ने उहा बताउनुहुन्छ ।

 

 

मंगलमय माध्यमिक विद्यालयमा कक्षा १२ सम्म अध्ययन गर्न सकिन्छ। कक्षा ११ र १२ मा मानवीकी, व्यवस्थापन र विज्ञान संकायमा अध्ययन उपलब्ध छ। विद्यालयको व्यवस्थापन समितिको अध्यक्षमा टिकाराज सापकोटा रहनु भएको छ ।

 

जसको नेतृत्वमा विद्यालयले उल्लेखनीय प्रगति गरिरहेको छ। सामुदायिक विद्यालय पनि प्रतिस्पर्धात्मक बन्न सक्छ भन्ने उदाहरण सापकोटाको नेतृत्व आएपछि झन सार्थकतामा परिणत भएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

टिमुरेमा ६ वर्षीया बालिकाको ६० घण्टापछि जीवितै उद्धार

काठमाडौँ , भदौ १३ । रसुवाको टिमुरे क्षेत्रबाट ६ वर्षीया बालिकाको जीवितै उद्धार भएको छ।बुधबार बिहान ९ नबज्दै तिब्बत क्षेत्रबाट आएको बाढीले रसुवागढी हुँदै टिमुरे

रसुवाको बाढीपछि धनगढीकी २४ वर्षीया पुष्पा शाही सम्पर्कविहीन

धनगढी,१३ भदौ । रसुवाको बेत्रावती क्षेत्रमा आएको भीषण बाढीपछि धनगढी उपमहानगरपालिका–५ की २४ वर्षीया पुष्पा शाही सम्पर्कविहीन हुनुन्छ । शाही एनएमबी लघुवित्त वित्तीय संस्था लिमिटेडको

लेदोले विद्यालय पुरियो, कक्षाकोठामै थन्किए विद्यार्थीका झोला

काठमाडौँ , भदौ १३ । भोटेकोशी हुँदै त्रिशुलीमा आएको बाढीका कारण धादिङको गल्छी गाउँपालिका–६ बैरेनी बजारस्थित बागेश्वरी मावि क्षतिग्रस्त छ।विद्यालयको प्रांगण र कक्षाकोठामा लेदोले भरिएको

रसुवाको बाढीपछि बर्दियाका दुई मजदुर चार दिनदेखि बेपत्ता

काठमाडौँ , १३ भदौ। शनिबार दिउँसो १२ बजेर ४१ मिनेट गएको थियो । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल अगाडी शान्तिकुमारी थारुले अस्पतालको शव गृह अगाडीको गेटमा

मुख्यमन्त्री थापा : रसुवाका बाढी प्रभावितको आवागमन सहज बनाउन वैकल्पिक मार्ग खोल्दैछौँ

काठमाडौं, भदौ १३ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले रसुवाका बाढी प्रभावित क्षेत्रका नागरिकको यात्रा सहज बनाउन प्रदेश सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताउनुभएको छ।मुख्यमन्त्री थापाले

पहिचानविहीन शवबीच आफन्त खोज्दै परिवार, आशा मर्दै

काठमाडौँ ,१३ भदौ। त्रिवि शिक्षण अस्पतालमा शवदाह गृह अगाडि आफन्तहरूको घुइँचो छ । अस्पतालको अद्यावधिक विवरण अनुसार अहिलेसम्म २६ जनाको शव आइपुगेको छ । जसमध्ये