द हेल्थ आवर  

बिर्तामोडको स्पाइन एक्स सुपरस्पेशालिटी अस्पताल तथा ट्रमा सेन्टर, अर्थोपेडिक सेवा दिँदै महत्वपूर्ण सामाजिक योगदान गर्दै

३० करोड रुपैँयाको लागीनबाट स्थापीत यो अस्पतालले समयको माग अनुसार अझ नयाँ सेवा र आधुनीक प्राविधी भित्राउदै स्वास्थ्य क्षेत्रमा फरक अभ्यास गर्ने प्रयास गरिरहेको छ ।

बिर्तामोड । १८ साउन /     स्पाइन एक्स सुपरस्पेशालिटी अस्पताल ट्रमा सेन्टर बिर्तामोडको भगवान चोकमा रहेको छ । १५ शैयाको यो अस्पताल निकै आधुनीक र सुविधासहित संचालनमा आएको छ। यो कोशी प्रदेशकै पहिलो निजी स्पाइन तथा ट्रमा सेन्टर हो । जसले उच्च स्तरीय सेवाहरू प्रदान गरिरहेको छ । यसको स्थापनाले पूर्वि नेपाललाईनै स्वास्थ्य सेवाको नयाँ युगमा प्रवेश गराएको छ ।

 

 

खासगरी मेरुदण्ड र हाडजोर्नी सम्बन्धित उपचार पाउँन टाढा तथा विदेश सम्म जानुपर्ने समस्याको अन्त्य यस अस्पतालले गराएको छ । स्पाइन एक्स अस्पतालले सर्जरी, ज्वाइन्ट रिप्लेसमेन्ट, कम्प्लेक्स ट्रमा सर्जरी, हड्डीको बायोप्सी, अंग पुनर्स्थापना (limb replantation) जस्ता उन्नत उपचार सुविधा उपलब्ध गराउँदै आएको छ ।

 

यहाँ निशुल्क OPD  सेवा पनि सञ्चालनमा छ, जहाँ विशेषज्ञ चिकित्सकहरूसँग सल्लाह लिन सकिने व्यवस्था छ । फोन वा सिधै अस्पतालमा सम्पर्क गरी अपोइन्टमेन्ट बुक गर्न सकिन्छ ।

 

३० करोड रुपैँयाको लागीनबाट स्थापीत यो अस्पतालले समयको माग अनुसार अझ नयाँ सेवा र आधुनीक प्राविधी भित्राउदै स्वास्थ्य क्षेत्रमा फरक अभ्यास गर्ने प्रयास गरिरहेको छ ।

स्पाइन एक्स नेपालमै स्पाइनल ट्रामा र अर्थोपेडिक सेवा दिँदै महत्वपूर्ण सामाजिक योगदान गरिरहेको छ। सडक दुर्घटना, खेलकुद खेल्दा दुर्घटनामा परेका बिरामीहरूलाई तत्काल सेवा उपलब्ध गराउने केन्द्रको रूपमा यो अस्पताल विशेष ठाउँ बनिसकेको छ ।

यहाँ Neuro Surgeon, Orthopaedics, General Surgeon, Radiologist, Physiotherapist, Critical Care  चिकित्सक सहित अन्य थुप्रै विशेषज्ञ टोली कार्यरत छन् र आधुनिक ओ.टी. र ICU  सेवा उपलब्ध छन् । स्पाइन एक्स अस्पताल, विर्तामोड – स्वास्थ्यको लागि नयाँ आशा र उत्कृष्ट सेवाको प्रतीक बनेको छ ।

को हुनुहुन्छ डा. शाही जसले झापामा स्पाईन उपचारमा ख्याती कमाइरहनु भएको छ

 

डा. प्रेम बहादुर शाही पूर्वी नेपालमा स्पाइन तथा अर्थोपेडिक सर्जरीका क्षेत्रमा विगत दशकभन्दा लामो समयदेखि क्रियाशील एक अत्यन्तै प्रतिष्ठित नाम हो । हाल उहाँ विर्तामोडस्थित स्पाइन–एक्स सुपरस्पेसियलिटी अस्पतालका अध्यक्ष हुनुहुन्छ। यसअघि कन्काई अस्पतालका अध्यक्ष, मेडिकल डाइरेक्टर तथा प्रबन्ध निर्देशकका रूपमा ११ वर्ष देखी उहाँले संस्थाको दीर्घकालीन नेतृत्व गर्नुभएको छ

 

स्पाइन सर्जरीमा फेलोसिप Ganga Ram Hospital, New Delhi) सहित भारत, सिंगापुर लगायत विभिन्न देशबाट उच्चस्तरीय तालिम लिनुभएका डा. शाहीले नेपालमा Minimally Invasive Spine Surgery -MISS जस्ता अत्याधुनिक प्रविधिहरूलाई प्रभावकारी रूपमा अभ्यासमा ल्याउनुभएको छ।

 

साथै उहाँले केहि सस्थाहरुमा नेतृत्वदायी भूमिका निर्वाह गरेर आफ्‌नो नेतृत्वपनि स्थापीत गराईसक्नु भएको छ ।
उहाँ अहिले स्पाइन–एक्स सुपरस्पेसियलिटी अस्पतालको अध्यक्ष हुनुहुन्छ भने कन्काई अस्पताल, विर्तामोडमा यस अघीनै ११ वर्ष सम्म अध्यक्ष सहित मेडिकल डाइरेक्टरको जीम्मेवारी पुरा गरिसक्नु भएको छ ।

 

यसै गरि सन (२०२२–२०२४) सम्म Association of Spine Surgeons of Nepal -ASSN प्रदेश प्रतिनिधि बनेर सस्थागत जिम्मेवारी पनि पुरा गर्नु भएको छ । यतीमात्र नभएर नेपाल आर्थोपेडिक संघ -Mechi Chapter  मा वरिष्ठ उपाध्यक्ष जिम्मेवारी सम्हाली सक्नु भएका डा. शाही JMR  अर्थात  (Junior Medical Research)  मा सम्पादकीय सदस्य र Eastern Medical Journal  को समीक्षकः लगायत थुप्रै राष्ट्रिय/अन्तर्राष्ट्रिय जर्नलमा समेत आफ्‌ना आर्टीकलहरु प्रकाशन गरिरहनु भएको छ । आफ्‌नो व्यवसायीक मर्यदा, अधिकार र सामुहिक सुरक्षाकालागी समेत नेपाल मेडिकल संघ Mechi Chapter   को पूर्व उपाध्यक्ष भएर काम गर्नु भएका उहाँसग न्यूनतम चिरफार प्रविधिमा आधारित स्पाइन सर्जरी   MISS माइक्रोस्कोपिक र एन्डोस्कोपिक स्पाइन सर्जरी लगायतका विषेशज्ञ दक्षता रहेको छ ।

 

Craniovertebral Junction -CVJ  र  Cervical Spine   ( क्रेनियोवर्टेब्रल जंक्शन – सीवीजे / सर्वाइकल स्पाइन)सर्जरीको विषेशज्ञता समेत रहेको छ ।

साथै उहाँसग मांसपेशी र हड्डीको ट्युमर , बाल आर्थोपेडिक शल्यक्रिया , स्पोट्र्स मेडिसिन तथा आर्थ्रोस्कोपी लगायत बारेको पनि दक्षता रहेको छ । उहाँसग १३ वर्षको अवधिमा स्पाइन सर्जरीमा विगत २५,००० भन्दा बढी शल्यक्रियाहरूको अनुभव रहिसकेको छ ।

डा. शाहीले सन् २०२३मा अस्ट्रेलीयको मेलवर्नमा भएको SpineWeek  मा तीन वटा पेपर प्रस्तुत गर्नुका साथै ASSNCon, Orthocon, ISICON, IOACON  लगायत सम्मेलनहरूमा पोस्टर र डिबेट मार्फत नेपाल प्रतिनिधित्व गर्दै बिभिन्न पुरस्कार समेत जित्नुभएको छ।

 

उहाँ स्विजरल्याण्ड, बार्सिलोना, दुबई जस्ता देशहरूमा प्रमुख वक्ताको रूपमा आमन्त्रित भएर नेपालका विभिन्न प्रतिष्ठित Spine Course हरूमा फ्याकल्टी, अध्यक्ष तथा प्रशिक्षकका रूपमा सहभागी हुनुभएको छ।

 

डा. प्रेम बहादुर शाही पूर्वी नेपालमा Spine  सर्जरी र आधुनिक स्वास्थ्य सेवाको आधार निर्माण गर्न सफल दूरदर्शी नेतृत्वकर्ता, विद्वान शल्य चिकित्सक, र प्रेरणादायी पात्र हुनुहुन्छ।

 

उहाँको योगदानले नेपाली स्वास्थ्य प्रणालीमा उल्लेखनीय स्तरको स्तरीयता, आत्मनिर्भरता र सर्जिकल नवीनता थपेको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

लेदो पन्छाउँदै, सामान जोगाउँदै स्थानीय

काठमाडौँ ,भदौ १३ । भोटेकोशी हुँदै त्रिशुली नदीमा आएको बाढीका कारण धादिङको बैरेनी बजारका घरहरू क्षतिग्रस्त भएका छन्। बाढी साम्य भएपछि पीडित स्थानीयहरू घरभित्र जमेको

मेला जाँदै गरेको ट्र्याक्टर दुर्घटना, एकको मृत्यु, ३३ घाइते

झापा, भदौ १३ । खोटाङमा ठूलो संख्यामा ट्रयाक्टरमा चढेर मेला हेर्न जाँदै गर्दा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ३३ जना घाइते भएका छन्

विदेशी पत्रकारलाई बाढी रिपोर्टिङमा अनुमति झन्झट

काठमाडौं ,भदौ १३ । रसुवाको भोटेकोशीमा आएको विनशकारी बाढीको समाचार संकलन अर्थात रिपोर्टिङमा आएका विदेशी संचारमाध्यम र संचारकर्मीहरुलाई प्रदान गरिने प्रेस प्रतिनिधि अनुमति पत्र लिन

रसुवा बाढीमा हराएका पाँच युवा खोज्दै चितवन पुगे पाँच परिवार

चितवन,१३ भदौ । वीरगन्ज महानगरपालिका–२२, जगरनाथपुरको एकै टोलका ५ परिवार हिजो शुक्रबारदेखि भरतपुरमा छन्।एकै टोलका पाँच युवा रसुवा बाढीमा हराएपछि उनीहरू भेटिन्छन् कि भनेर उनीहरू

त्रिशूली–३ ‘ए’ सुरुङमा उद्धार तीव्र, ८२ जना खटिए

काठमाडौँ , भदौ १३ । रसुवास्थित त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको टनेलभित्र फसेका मानिसहरूको उद्धारका लागि सरकारले विगत दुई दिनदेखि प्रयास जारी राखेको छ। सोही

रसुवा पुगेका सुजन सम्पर्कविहीन, परिवार मोबाइलको घण्टीको पर्खाइमा

बुटवल , भदौ १३ । ‘आज सामान नाका पास हुन्छ, त्यसपछि ट्रक लिएर आउँछु।’भदौ ९ गते राति श्रीमती सुस्मा श्रेष्ठसँग फोनमा कुरा गर्दा २७ वर्षीय