भिजिटरको भिजन

दमकको बिजनेस टावर चढ्नेहरुले के सुझाव दिन्छन् ?

दमक १८ साउन । दमक ३ दापगाछीमा १८ तला अग्लो सेतो टावर ठडिएको छ । यो टावरको भित्र छिर्न र टावरमा चढ्न अहिले एक सय रुपैँया तिरेर टिकट काटनुपर्छ । अनि यहाँबाट भित्र र बाहिरका सबै दृष्य अवलोकन गर्न सकिन्छ ।

 

खासमा अहिले यो टावरको भित्र भन्दा पनि बरु बाहिरै केही रमाइलो हुन सक्छ । टावर भित्र प्रवेश गर्दा सबै ठाउँ खाली देखिन्छ । खाली ठाउँ देखिदा सबैको मन ओहो यस्तो ठाउँमा यो खालको व्यापार खोल्ने हो भने त चल्छ होला भन्ने परिकल्पना आउन सक्छ । सुनसरीको इटहरीबाट यही टावरमा चढ्न भनेर झण्डै डेढ घण्टाको यात्रा गरेर परिवारसहित आउनु भएका भक्तबहादुर खड्कालाई यहाँ आउँदा निकै आनन्द लाग्यो । उहाँले सुझाव दिनु भएको छ – बनावट जस्तो कल्पना गरिएको थियो त्यस्तै रहेछ । माथीबाट पनि आकर्षक दृष्यहरु हेरेर आनन्द महसुस भयो । तर भित्रका सबै कोठाहरु खाली देखिदा चाहि उती मन परेन । त्यहाँ होटल तथा रेष्टुरेण्ट मात्रै भएपनि सुचारु गरिहाल्नु पर्यो ।

 

यस्तै विर्तामोडबाट यही टावर अवलोकन गर्न आउनु भएका सागर तिवारीलाई यहाँ भित्र र बाहिर घुम्दा रमाइलो लाग्यो । तर यो टावरलाई सबै उपभोक्ता तथा सर्वसाधारणको पहँचयोग्य बनाउन सबैखाले पसलहरुको ठूला सोरुम तथा होलसेलमा सामान पाउने प्रमुख गन्तव्य बनाउन आवश्यक रहेको उहाँको सुझाव छ ।

 

खाद्यान्नदेखि लत्ता कपडासम्म, इलेक्ट्रोनिक सामानदेखि अन्य सेवाजन्य व्यापारसम्मका यहाँ ठूला ठूला डिलर तथा वितरक आएर बस्न पर्यो । अनि प्रदेशभरिका व्यापारी र उपभोक्ता यहीँ आएर सस्तो र सहज ढंगबाट किनबेच गर्न सक्ने गरी टावरलाई व्यसायिक बनाएर सञ्चालन गर्न आवश्यक रहेको उहाँको सुझाव छ ।

यो टावरमा दैनिक सयौ सर्वसाधारणले टिकट काटेर अवलोकन गरिरहेका छन् । साउन १ गतेबाट १ सय रुपैँया प्रवेश शुल्क लिएर सर्वसाधारणका लागि खुला गरिएको यो टावरमा दैनिक औसत २३५ जनाले अवलोकन गर्ने गरिरहेका छन् । यसको पूर्ण सञ्चालनपछि यो संख्या बृद्धि भएर जाने अपेक्षा सघन सहरी तथा भवन निर्माण आयोजनाका कम्प्यूटर अपरेटर सन्तोष नेम्वाङको रहेको छ ।

यो टावर २०७६ सालदेखि निर्माण सुरु भएको थियो । २०७६ साल असार २७ गते प्रधानमन्त्री केपी शर्मा ओलीले यसको शिलान्यास गर्नुभएको थियो । एक सय मिटर अग्लो यो कप्लेक्स १८ औं तलामा विभाजित छ । ७२ मिटर उचाइ कंक्रिट संरचनामा बनेको छ भने २८ मिटरमा मेटल फ्रेमको टावर रहेको छ । यो धरहराभन्दा अग्लो हो । कुल एक अर्ब ३८ करोड १८ लाख चार हजार पाँच सय ६९ लाग्ने सुरुको सम्झौता रहेकोमा परियोजना सम्पन्न हुँदा ५ दशमलव ४ प्रतिशत लागत मूल्य बढेको थियो । एक अर्ब ४५ करोडमा निर्माण सम्पन्न भएको हो ।

 

चिनियाँ कम्पनी जेडसीजीआईआईसी र आशिष ओम साइराम निर्माण कम्पनी जेभीले यो टावर निर्माणको जिम्मा पाएको थियो । यसको ०८१ मंसिर २३ गते प्रधानमन्त्री ओलीले उद्धघाटन पनि गरिसक्नु भएको छ । तर यो अझैसम्म व्यवसायिक रुपमा सञ्चालनमा भने आउन सकेको छैन ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

सभापति पद अहंकारको श्रीपेच होइन, नागरिकप्रतिको दायित्व हो : गगन थापा

काठमाडौं,३१ असोज । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले सभापतिको जिम्मेवारीलाई अहंकारको प्रतीक नभई नागरिकप्रतिको दायित्व पूरा गर्ने अवसरका रूपमा लिएको बताउनु भएको छ।आज शपथग्रहणपछि

कांग्रेस सभापति गगन थापाले लिए शपथ

काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशनबाट निर्वाचित सभापति गगन थापाले शपथग्रहण गरेका छन् । काठमाडौंमा अशोज १८ देखि २२ गतेसम्म आयोजना गरिएको महाधिवेशनबाट निर्वाचित

भारतमा बन्धक बनाइएका तीन नेपालीको उद्धार

काठमाडौं । भारतको हरियाणा राज्य, कमलस्थित बजरंग बली राइस मिलमा बन्धक बनाइएका तीन जना नेपाली मजदूरको उद्धार गरिएको छ । भारतस्थित नेपाली दूताबासको समन्वय, ‘किन

पत्रकार किशोर श्रेष्ठलाई साइबर ब्यूरो बोलाइयो

काठमाडौं,३१ असोज । पत्रकार किशोर श्रेष्ठलाई नेपाल प्रहरीको साइबर ब्यूरोले बोलाएको छ । कलाकार हिमेश पन्तले श्रेष्ठविरुद्ध जाहेरी दिएपछि साइबर ब्यूरोबोलाइएको हो । रास्वपा नेता

चाडपर्वभन्दा काम र पर्यटकको सेवा प्राथमिकतामा

काठमाडौं ,३१ असोज। हिन्दुहरुको महान पर्व दशैँलाई परिवारसँग समय बिताउने, मिठो खाने, नयाँ लुगा लगाउने आफन्त भेट्ने र रमाइलो गर्ने अवसरका रुपमा पनि लिइन्छ ।

फूलपातीमा दक्षिणकाली मन्दिरमा भक्तजनको घुइँचो

काठमाडौँ,३१ असोज । नेपालीहरूको महान् चाड बडादशैंको फूलपातीका अवसरमा आज दक्षिणकाली मन्दिरमा दर्शन तथा पूजाआजा गर्न आउने भक्तजनहरूको भीड लागेको छ। बिहानैदेखि मन्दिरमा भक्तजनहरूको उल्लेख्य