दुर्घटना न्यूनिकरणको उपाय

दमकका सिटि सफारी सञ्चालनमा कडाईः इजाजत र स्टिकर नभएकालाई कार्वाहि

चेकजाँचको क्रममा करिब दर्जनभन्दा बढी सवारीसाधनहरूलाई कागजात अभावका कारण नियन्त्रणमा लिइएको थियो।

 

दमक| २१ साउन | दमक नगरपालिकाले सवारी दुर्घटना न्यूनीकरण र ट्राफिक व्यवस्थापनलाई अझ प्रभावकारी बनाउने उद्देश्यले तिनपाङ्ग्रे सवारीसाधनहरू, सिटी सफारी र अटोरिक्सा माथि कडाइका साथ निगरानी सुरु गरेको छ।

नगरपालिकाले लामो समयदेखि सवारी सञ्चालनलाई नियमअनुसार व्यवस्थित गर्न निर्देशन दिएपनि केही चालकहरू बिना कागजात तथा अनुमति सवारी सञ्चालन गरिरहेको पाइएको छ। यही समस्यालाई समाधान गर्न दमक नगर प्रहरी र ट्राफिक प्रहरीको संयुक्त टोलीले दमक क्षेत्रका विभिन्न स्थानहरूमा सवारी चेकजाँच अभियान चलाएको हो ।

 

 

दमक नगरपालिकाको निर्देशन अनुसार अब सवारी साधन सञ्चालन गर्नका लागि सवारी लाइसेन्स, सवारी दर्ता प्रमाणपत्र (ब्लुबुक) र नगरपालिका कार्यालयबाट प्रदान गरिने स्टिकर अनिवार्य छ। यस्ता कागजात नभएका सवारीहरूलाई नियन्त्रणमा लिएर आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको नगर प्रहरी प्रमुख रुद्रबहादुर कार्की बताउनुहुन्छ ।

 

 

दमक नगरपालिका यातायात तथा ट्राफिक व्यवस्थापन समिती संयोजक प्रजापति सापकोटा सार्वजनिक सुरक्षा पहिलो प्राथमिकता रहेकाले दुर्घटना न्यूनीकरण र सवारी नियमहरूको प्रभावकारी पालनाका लागि सबैको सहकार्य आवश्यक रहेको बताउनुहुन्छ । नगरपालिकाले चलाएको यो अभियान नगरवासीको सुरक्षालाई केन्द्रमा राखेर गरिएको उहाको धारणा छ ।

 

चेकजाँचको क्रममा करिब दर्जनभन्दा बढी सवारीसाधनहरूलाई कागजात अभावका कारण नियन्त्रणमा लिइएको थियो। नगरपालिकाले यो प्रक्रिया नियमितरूपमा अघि बढाउने जनाएको छ। नगर प्रहरी र ट्राफिक प्रहरीको सक्रियता र नगरपालिकाको समन्वयमा सञ्चालन गरिएको अभियान दमकका लागि अनुकरणीय बन्न सक्ने देखिन्छ।

 

 

नगरवासीको सक्रिय सहभागिता र सवारीधनीहरूको नियमपालनमार्फत मात्र सुरक्षित र व्यवस्थित यातायात प्रणालीको निर्माण गर्न सम्भव छ ।त्यसका लागि सरोकारवाला सबैले ध्यान सदन जरुरी देखिन्छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

बाढी प्रभावितका लागि गोल्छा ग्रुपले डेढ करोड सहयोग गर्ने

काठमाडौं,११ भदौ ।  रसुवास्थित भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा मानवीय सहायता कार्यका लागि गोल्छा ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप उद्धार

कुमारी बैंकद्वारा प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ३ करोड सहयोग

काठमाडौं,११ भदौ ।रसुवा बाढी प्रभावित क्षेत्रमा राहत, उद्धार, खोज तथा पुनस्र्थापनाका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा सहयोग जुट्न थालेको छ । एकद्वार प्रणालीमार्फत प्राप्त सहयोग

यी हुन् सर्वदलीय बैठकका १० बुँदे संकल्प

काठमाडौं,११ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) को आयोजनामा सम्पन्न सर्वदलीय बैठकले बाढीपहिरो तथा विपद् व्यवस्थापनसँग सम्बन्धित १० बुँदे साझा निर्णय गरेको छ । भोटेकोशी बाढीपछि

विपद्को सामना गर्न सबै एकताबद्ध हुनुपर्छ : प्रचण्ड

काठमान्डौ,११ भदौ । नेपाली कम्युनिष्ट पार्टी९नेकपा०का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भोटेकोशीमा आएको बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति संवेदनशील हुँदै विपद्को सामना गर्न सबै राजनीतिक

बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

काठमान्डौ,११ भदौ ।काठमाडौं (भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले पुर्याएको क्षतिको स्थलगत निरीक्षणका लागि नेकपा (एमाले)का महासचिव शंकर पोखरेलको नेतृत्वमा टोली नुवाकोटतर्फ प्रस्थान गरेको छ।

निजी हेलिकप्टरलाई सरकारी समन्वयमा मात्रै उद्धारमा खटाइने

काठमान्डौ,११ भदौ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रभावित क्षेत्रमा जारी खोज तथा उद्धार कार्यमा निजी हेलिकप्टरलाई सरकारी समन्वयमा मात्रै सञ्चालन गर्न सरकारले निर्देशन दिएको