वर्षातमा बचौँ

बर्खामा कस्ता रोग लाग्छ र बच्ने उपाय के ?

कतिपय रोगहरु पानीका कारण हुन्छन् । अनी कतिपय चाहि हाम्रो लापर्वाही र हेलचेक्राईका कारण पनि हुने गरेका छन् ।

दमक, २१ साउन । नेपालमा वर्षा याम सुरु भएसँगै विभिन्न संक्रामक रोगहरू फैलिने खतरा बढ्दो छ । विशेष गरी पानीजन्य र सरुवा रोगहरूको जोखिम यस मौसममा उच्च हुने गर्छ ।

 

नियमित सरसफाइमा लापरबाही, दूषित खानेपानी, तथा चिसो र आद्रता युक्त वातावरणले भाइरस र ब्याक्टेरियाको वृद्धि सहज बनाउने हुँदा वर्षायाम रोगको दृष्टिले संवेदनशील मानिन्छ ।

 

 

झापाको दमकस्थित दमक अस्पतालमा मौसमी रोगका बिरामी भर्ना हुने संख्या वृद्धी भईरहेको छ । वर्षायाममा विशेष गरि पानीसँग सम्बन्धित रोगहरु बढि देखिने गरेको चिकित्सकको भनाई छ । वर्षा सुरु भएसगैँ दमकमा मात्र नभएर देशैभरि नै जन्डिस,डाईरिया,ज्वरो,रुगाखोकीको ,डेङ्गु लगायतका रोगहरुको संक्रमण उच्च रहेको दमक अस्पतालका फिजिसियन डा अनुपम घिमिरेले जानकारी दिनुभयो ।

 

 

कतिपय रोगहरु पानीका कारण हुन्छन् । अनी कतिपय चाहि हाम्रो लापर्वाही र हेलचेक्राईका कारण पनि हुने गरेका छन् ।

 

त्यसैले यस्ता रोगबाट बच्न डा. घिमिरे पानीलाई उमाल्ने, सेलाउने र सेवन गर्ने, शारिरिक सरसफाईमा ध्यान दिने जस्ता सुझाव दिनुहुन्छ ।

 

वर्षायामसँगै रोगको जोखिम बढ्नु प्राकृतिक प्रक्रिया हो। तर सावधानी, सजगता र समयमै उपचारबाट हामी यसबाट जोगिन सक्छौं। रोग लागेपछि उपचार गराउँदा लाग्ने समय, खर्च र पीडालाई ध्यानमा राखेर, पहिले नै सतर्क बन्ने हो भने वर्षायाम पनि स्वस्थ र सुरक्षित बनाईराख्न सकिन्छ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

भोटेकोसीको बाढिले कति जलविद्युत आयोजना बगे? यस्तो छ विवरण

काठमाडौ , १० भदौ । रसुवामा भोटेकोसी नदीमा आएको अप्रत्याशित बाढीका कारण विभिन्न जलविद्युत् आयोजना प्रभावित भएका छन्। ऊर्जा मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार बाढीका कारण

भोटेकोसी बाढीले बैंक तथा वित्तीय संस्थामा क्षति,विवरण सङ्कलन गर्न समस्या

काठमान्डौ,१० भदौ । भोटेकोसी नदीमा आएको बाढीले रसुवाका विभिन्न बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयमा क्षति पुगेको छ। टेलिफोन सम्पर्क अवरुद्ध हुँदा क्षतिको यकिन विवरण

चिनसँग समन्वय खोज्दै सुरक्षा निकाय, बाढीको कारण अझै पत्तो लागेन

काठमाडौ , १० भदौ । रसुवामा बुधबार बिहान एक्कासि आएको भीषण बाढीको कारण अझै खुल्न सकेको छैन। मंगलबार राति वा बुधबार बिहान रसुवा लगायतका क्षेत्रमा

तिब्बततर्फ हिमताल फुट्दा भोटेकोसीमा बाढी आएको आशंका

काठमान्डौ,१० भदौ ।तिब्बततर्फको माथिल्लो क्षेत्रमा हिमताल फुटेपछि आएको बाढीका कारण बुधबार बिहान भोटेकोसी नदीमा एक्कासि जलसतह बढेको आशंका गरिएको छ। बाढीले रसुवाका विभिन्न क्षेत्रमा ठूलो

रसुवामा बाढी, ९ सशस्त्र प्रहरीमध्ये ५ जना सम्पर्कमा

काठमाडौं,१० भदौ ।  रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीमा ड्युटीमा खटिएका ९ सशस्त्र प्रहरीमध्ये ५ जना सम्पर्कमा आएका छन् भने ४ जना अझै बेपत्ता छन्।

बस्ने भयो मन्त्रीपरिषदको बैठक

काठमाडौ , १० भदौ | रसुवामा अप्रत्याशित बाढी आएपछि प्रधानमन्त्री वालेन्द्र शाहले केही बेरमा मन्त्रिपरिषद्को बैठक बोलाउनुभएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद्को बैठक