संस्कृतिमाथि अतिक्रमण

हराउँदै जनै, बढ्दै राखी – नेपाली संस्कृतिमा भारतीय छायाँ

श्रावण शुक्ल पूर्णिमामा हिन्दू समुदायले पुस्तौंदेखि जनै फेर्ने र रक्षा बन्धन बाँध्ने चलनलाई ‘जनै पूर्णिमा’ भनेर मनाउँदै आएको इतिहास छ।

दमक, २३ साउन । दमकका चोक र गल्लीहरूमा रंगीचंगी धागो, चमकिला मोती र डिजाइनर राखीका स्टलहरू सजिएका छन्। सडकका किनार किनारमा राखिएका स्टलमा भीड बाक्लिँदै छ, महिलाहरूले दाजुभाइका हातमा बाँध्ने राखी छानिरहेका छन्। तर, यस भीडबीच केही कुरा हराएको छ । जुन हो जनै । जनैको स्टल कतै देखिँदैन।

श्रावण शुक्ल पूर्णिमामा हिन्दू समुदायले पुस्तौंदेखि जनै फेर्ने र रक्षा बन्धन बाँध्ने चलनलाई ‘जनै पूर्णिमा’ भनेर मनाउँदै आएको इतिहास छ। तर पछिल्लो केही वर्षयता, भारतीय संस्कृतिबाट आएको राखी पर्व यस दिनको प्रमुख पहिचान बन्दै गएको छ। दमक बजारको नमुना मार्गमा राखी बेच्दै गरेका बिपिन लिम्बु भन्नुहुन्छ “विशेषगरी हिन्दू धर्म मान्ने गृहिणी महिलाहरू धेरै राखी किन्छन्, यो त अहिलेको फेसन जस्तै भइसकेको छ।“

उता, पशुपति मार्गस्थित पूजापसलमा भने सुनसान छ। पसल सञ्चालक गोपाल भट्टराई भन्नुहुन्छ “युवाहरू जनै किन्न खासै आउँदैनन्। शायद जनैको महत्व बुझ्दैनन् होला।“

 

दमकको पशुपति मन्दिरका पुजारी श्री प्रसाद पौडेलको धारणा अझै गहिरो छ ।“भारतीय नागरिक नेपाल आउन थालेपछि उनीहरूको संस्कार पनि सगै आयो । त्यसको नक्कल गर्दै यहाँका युवापुस्ताले राखी लगाउन थाले ।

तर, भाषा तथा संस्कृतिका अध्येता शिव रेग्मी भन्नुहुन्छ “रक्षा बन्धन केवल आयातित संस्कृति मात्र होइन, नेपाली परम्परामा पनि यसको जरा छ। तर अहिले मनाउने तरिका गलत बन्दै गएको छ। युवाले अहिले जनैको महत्व नबुझेपनि, समयसँगै त्यसको अर्थ बुझ्नेछन् भन्ने विश्वास छ।“

 

विदेशी संस्कृतिको असरलाई आत्मसात् गर्दा आफ्नै मौलिकता हराउने खतरा बढ्दै गएको प्रती चिन्ता बढ्न थालेको छ । जनै पूर्णिमाजस्तो मौलिक पर्व केवल धार्मिक विधि मात्र होइन, नेपालकै सांस्कृतिक पहिचान हो।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

सभापति पद अहंकारको श्रीपेच होइन, नागरिकप्रतिको दायित्व हो : गगन थापा

काठमाडौं,३१ असोज । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले सभापतिको जिम्मेवारीलाई अहंकारको प्रतीक नभई नागरिकप्रतिको दायित्व पूरा गर्ने अवसरका रूपमा लिएको बताउनु भएको छ।आज शपथग्रहणपछि

कांग्रेस सभापति गगन थापाले लिए शपथ

काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशनबाट निर्वाचित सभापति गगन थापाले शपथग्रहण गरेका छन् । काठमाडौंमा अशोज १८ देखि २२ गतेसम्म आयोजना गरिएको महाधिवेशनबाट निर्वाचित

भारतमा बन्धक बनाइएका तीन नेपालीको उद्धार

काठमाडौं । भारतको हरियाणा राज्य, कमलस्थित बजरंग बली राइस मिलमा बन्धक बनाइएका तीन जना नेपाली मजदूरको उद्धार गरिएको छ । भारतस्थित नेपाली दूताबासको समन्वय, ‘किन

पत्रकार किशोर श्रेष्ठलाई साइबर ब्यूरो बोलाइयो

काठमाडौं,३१ असोज । पत्रकार किशोर श्रेष्ठलाई नेपाल प्रहरीको साइबर ब्यूरोले बोलाएको छ । कलाकार हिमेश पन्तले श्रेष्ठविरुद्ध जाहेरी दिएपछि साइबर ब्यूरोबोलाइएको हो । रास्वपा नेता

चाडपर्वभन्दा काम र पर्यटकको सेवा प्राथमिकतामा

काठमाडौं ,३१ असोज। हिन्दुहरुको महान पर्व दशैँलाई परिवारसँग समय बिताउने, मिठो खाने, नयाँ लुगा लगाउने आफन्त भेट्ने र रमाइलो गर्ने अवसरका रुपमा पनि लिइन्छ ।

फूलपातीमा दक्षिणकाली मन्दिरमा भक्तजनको घुइँचो

काठमाडौँ,३१ असोज । नेपालीहरूको महान् चाड बडादशैंको फूलपातीका अवसरमा आज दक्षिणकाली मन्दिरमा दर्शन तथा पूजाआजा गर्न आउने भक्तजनहरूको भीड लागेको छ। बिहानैदेखि मन्दिरमा भक्तजनहरूको उल्लेख्य