झापाली समाज इजरायलकाे सहयाेग

दृष्टिविहिन र अटिजम बालबालिकाले पाए सहायता

दमक, २५ साउन । झापाली समाज इजरायल नामक संस्थाले आइतबार दमक–९ स्थित  सरस्वती माध्यमिक विद्यालयमा दृष्टिविहिन र अटिजम भएका विद्यार्थीहरुको लागी विशेष सहयोग हस्तान्तरण गरेको छ ।

२०१५ सालमा स्थापना भएको यस संस्थाले इजरायलमा बसोबास गर्ने नेपालीहरु विषेश गरी झापाली समुदायबाट संकलित सहयोग मार्फत निरन्तर सामाजिक सेवा कार्य गर्दै आएको छ । आजको कार्यक्रममा वडा नं ९का अध्यक्ष, विद्यालय व्यवस्थापन समितीका अध्यक्ष , शिक्षक शिक्षिका , विद्यार्थी अभिभावक र विभिन्न सरोकारवालाहरुको उपस्थिति  थियो ।

कार्यक्रमको मुख्य उद्धेश्य भनेको सरस्वती माध्यमिक विद्यालयको छात्रवासमा बस्नुहुने दृष्टीविहिन र अटिजम भएका विद्यार्थीको जिमनमा सहजता ल्याउनुरहेको  झापाली समाज इजरायलका संस्थापक संरक्षक साथै इजरायल रिर्टनी जय ओडारी  बताउनुहुन्छ।

संस्थाद्धारा विद्यालयले डबल डुअर फ्रिजका साथै केही टेबल पंखा गरि करिब १ लाख बराबरको साम्रागी पाएका बताउनुहुन्छ सरस्वती माध्यमिक विद्यालयको व्यवस्थापन समितीका अध्यक्ष गगन पूरी । उहाँले यस खाले सहयोगले विद्यालयलाई निकै राहात पुग्ने भन्दै संस्थालाई धन्यवाद पनि व्यक्त गर्नुभयो ।

विदेशमा बसेर पनि आफ्नो देशमा सहयोग गर्नु एउटा प्रेरणादयी उदाहरणको रुपमा लिन सकिन्छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

व्यवसाय पनि हुनुपर्याे, जनताको ज्यान पनि जोगिनुपर्योः अध्यक्ष मगर

काठमाडौं,१० असार । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले व्यवसाय सञ्चालन र मानव अधिकार संरक्षणलाई सँगसँगै अघि बढाउनुपर्ने बताउनु भएको छ् । बुधबार व्यवसाय

११ जिल्लामा बर्ड फ्लु संक्रमण , ५ लाख ६९ हजारभन्दा बढी कुखुरा नष्ट

काठमाडौं ,१० असार । नेपालमा बर्ड फ्लु  संक्रमण ११ जिल्लामा फैलिएको छ । तीन महिनाअघि मोरङबाट सुरु भएको संक्रमण हालसम्म झापा, सुनसरी, मोरङ, बारा, महोत्तरी,

दमकले ल्यायो १ अर्व ५८ करोडको बजेट

दमक, असार १०। दमक नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि एक अर्ब ५८ करोड ६९ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ। नगरपालिकाको १९ औँ

आफ्नो घर सफा, सडक फोहोर  कुकुर पाल्नेहरूको गैरजिम्मेवारी कहिलेसम्म

दमक ,१० असार । शहर र बस्तीमा पछिल्लो समय घरपालुवा कुकुर पाल्नेको संख्या बढ्दो छ। कुकुर पाल्नु राम्रो कुरा हो, तर त्यससँग जोडिएको जिम्मेवारी पनि

दमकको बजेट : कुन क्षेत्रमा कति भयो बिनियोजन?

दमक , १० असार ।दमक नगरपालिकाले आगामी आर्थिक वर्षका लागि विभिन्न क्षेत्रगत कार्यक्रम र योजनामा बजेट बाँडफाँट गरेको छ। यातायात पूर्वाधार, शिक्षा र स्वास्थ्य क्षेत्रमा