सहायता सामाग्रीले सहजता

अपाङ्गता भएका ११४ जनालाई सहायता सामाग्री प्रदान

वितरण गरिएका सामग्रीमा ह्वीलचेयर, हिँड्ने सहारा श्रवण सहायक यन्त्र, विशेष प्रकारका काठका छडी लगायतका उपकरण समावेश

दमक, २८ साउन । अपांगता भएका व्यक्तिहरुको जीवनलाई सहज र स्वावलम्बी बनाउन उद्देश्यसहित, दमक नगरपालिकाले अपांगता रोकथाम तथा पुनःस्थापना कार्यक्रमअन्तर्गत अपांगता सहायता सामग्री वितरण गरेको छ। दमक नगरपालिका, कोशी प्रदेश सरकार र अपांगता भएका व्यक्तिहरुको हितमा लामो समयदेखि क्रियाशील सस्था करुणा फाउण्डेशन नेपालबीचको त्रिपक्षीय लागत साझेदारीमा सामाग्री बितरण गरेको हो ।

 

यसपटक वितरण गरिएका सामग्रीमा ह्वीलचेयर, हिँड्ने सहारा श्रवण सहायक यन्त्र, विशेष प्रकारका काठका छडी लगायतका उपकरण समावेश छन्। यी सबै सामग्री अपांगता भएका व्यक्तिहरुकोसञ्चालन, संचार क्षमता, र दैनिकी सहज बनाउन लक्षित गरिएको हो।

 

नगरपालिकाका अनुसार, यसअघि सञ्चालन गरिएको विशेष शिविरमार्फत पहिचान र छनोट गरिएका ११४ जना अपांगता भएका व्यक्तिहरुलाई नगरपालिका भवनमा आयोजना गरिएको औपचारिक कार्यक्रममा सहयोगी सामग्री वितरण गरिएको हो।

 

कार्यक्रममा प्रमुख अतिथि रहनु भएका दमक नगरपालिकाका नगर प्रमुख रामकुमार थापाले, अपांगता भएका व्यक्तिहरुको आवश्यकता बुझेर, नगरपालिका मार्फत प्रत्यक्ष सहयोग पुर्‍याउने प्रयास भइरहेको बताउनुभयो। इसरी वितरित सामग्रीले अशक्त व्यक्तिहरुको दैनिक जीवनयापनमा सहजता ल्याउने र उनीहरुलाई समाजमा थप सक्रिय बनाउन मद्दत गर्नेउहाको बिश्वास छ

 

नगर उपप्रमुख रेगिना भट्टराई प्रसाईले पनि नगरपालिकाले अपांगता भएका व्यक्तिहरुको पहिचान मात्र नभई रोकथाममा समेत विशेष ध्यान दिएको बताउनुभयो। ऋपांगता आवश्यकताको आधारमा सामग्री वितरण गर्नुका साथै, घर–घरमा शिक्षा कार्यक्रममार्फत शिक्षा पहुँच पुर्‍याउने र स्वास्थ्यको दृष्टिले निःशुल्क बीमामा सहभागी गराउने अभियान समेत अघि बढाइएको जानकारी दिनुभयो ।

राष्ट्रिय अपांग महासंघका केन्द्रीय सदस्य मदन बोहोराले भने, अपांगता भएका धेरै व्यक्तिहरु अझै पनि आवश्यक सहयोगी सामग्री पाउनबाट वञ्चित भएको गुनासो गर्नुभयो। उहाँले नगरपालिकाले वर्षमा एकपटक मात्र नभई, आवश्यकताका आधारमा वितरण गर्ने नीति बनाउनुपर्नेमा जोड दिनुभयो।

 

दमक नगरपालिका, कोशी प्रदेश सरकार र करुणा फाउण्डेशन नेपालको संयुक्त प्रयासमा सम्पन्न यस कार्यक्रमले, अपांगता भएका व्यक्तिहरुको जीवनमा सानो तर महत्वपूर्ण परिवर्तन ल्याउने विश्वास नगरपालिकाले व्यक्त गरेको छ। अपांगता भएका व्यक्तिहरुको अधिकार सुनिश्चित गर्न, उनीहरुलाई समान अवसर प्रदान गर्न, र उनीहरुको जीवनस्तर उकास्न—यस प्रकारका कार्यक्रम मात्र पर्याप्त नभई, शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक सहभागितामा समान पहुँचको व्यवस्था गर्नु आवश्यक छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

नेपाली फुटबलको इतिहासमै पहिलो पटक गम्भीर संकट

काठमाडौँ,११ असार । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)लाई निलम्बन गरेको घट्नाले नेपाली खेलकुदको क्षेत्रमा गम्भीर हलचल ल्याइदिएको छ । फिफा

राष्ट्रपतिद्धारा वैकल्पिक विधेयक प्रमाणीकरण

काठमाडौं,१२ असार । राष्ट्रपति रामचन्द्र पौडेलले वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८३ प्रमाणीकरण गर्नु भएको छ ।   बिहीबार राष्ट्रपति कार्यालयले जारी गरेको सूचना अनुसार

परीक्षाको नतिजा पारदर्शी र समयमै छ : शिक्षामन्त्री

काठमाडौं,११ असार । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले राष्ट्रिय परीक्षा बोर्डको नतिजा प्रकाशन प्रक्रिया पारदर्शी र निर्धारित समयमै सम्पन्न गरिएको बताउनु भएको छ। सामाजिक

दमक क्याम्पसमा बन्दै छ “स्मोकिङ जोन, आफ्नै “स्विमिङ पुल समेत

दमक | ११ असार | तपाईलाई सुन्दा अपत्यारिलो लाग्ला । विद्यार्थी अध्ययन गर्ने थलोमा “स्मोकिङ जोन” पनि बन्नेछ । यदि तपाईं नेपाल बाहिरका अन्तरास्ट्रिय क्याम्पसमा

रास्वपाको दस्तावेजमाथि सुदन किराँतीको टिप्पणी

काठमाडौं,११ असर । श्रम संस्कृति पार्टीका वरिष्ठ नेता तथा पूर्वमन्त्री सुदन किराँतीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो राष्ट्रिय महाधिवेशनमा प्रस्तुत दस्तावेजमाथि गम्भीर बहस नगरी ताली

बाल विकासलाई प्राथमिकतामा राख्न मुख्यमन्त्री कार्कीको जोड

विराटनगर,११ असार । कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रारम्भिक बाल विकासमा गरिएको लगानीले समग्र समाजको भविष्य निर्माणमा महत्त्वपूर्ण योगदान पुग्ने बताउनु भएको छ । कोसी