जेष्ठलाई सहज

दमकमा जेष्ठ नागरिक चौतारी

स्थानीय तहमा जेष्ठ नागरिक लक्षित यस किसिमका संरचनात्मक पहलहरू न्यून नै छन्।

दमक,  ५ भदौ । दमक नगरपालिका–६ का जेष्ठ नागरिकले अब आफ्नो समय घरभित्र मात्रै सीमित गरेर काट्नुपर्ने बाध्यता भोग्नु पर्ने छैन । वडाले बुधबार एक कार्यक्रम आयोजना गरी “जेष्ठ नागरिक चौतारी”को औपचारिक उद्घाटन गरेपछि उनीहरूका लागि भेटघाट, भजनकीर्तन र विविध मनोरञ्जनात्मक गतिविधि गर्न सहज भएको छ।

 

वडा कार्यालय परिसरमै तयार गरिएको संरचनालाई जेष्ठ नागरिकका लागि *‘साझा स्थल’*का रुपमा सञ्चालन गरिने भएको हो । यसअघि यस्ता क्रियाकलापका लागि टाढासम्म पुग्नुपर्ने बाध्यताले धेरैलाई असहज बनाउँदै आएको थियो। तर यस चौतारीको स्थापना सँगै उनीहरूको त्यो समस्या समाधान भएको छ।

 

उद्घाटन समारोहमा वडाध्यक्ष टेक बहादुर थापाको प्रमुख आतिथ्य थियो। उद्घाटन मात्र होइन, कार्यक्रममा सहभागी जेष्ठ नागरिकहरूले भजन गाएर नाच्दै खुशीयाली साटासाट गरे। कार्यक्रममा उनीहरूको अनुहारमा देखिएको उत्साह र आत्मसन्तुष्टि आफैंमा यस ‘चौतारी’को प्रभावशाली सुरुवातको सङ्केत थियो।

 

कार्यक्रममा सहभागी भोजराज तिम्सिनाले वडाले जेष्ठ नागरिकका लागि दैनिक भेटघाट गर्न, दुःख–सुख साटासाट गर्न र मादल–हारमोनियमजस्ता रमाइला गतिविधि सञ्चालन गर्न साझा स्थल उपलब्ध गराएको भन्दै खुसी व्यक्त गर्नुभयो ।

उमेर ढल्केका जेष्ठ नागरिकहरुलाई घरभित्र मात्र सीमित नराखी बाहिरी वातावरणमा रमाउन सकोस् भन्ने उद्देश्यले यो चौतारी बनाइएको वार्ड अध्यक्ष टेक बहादुर थापाको भनाई छ । केही दिनभित्र धार्मिक ग्रन्थ, पत्रपत्रिका र खाजाको व्यवस्था पनि गरिने उहाले बताउनु भयो ।

स्थानीय तहमा जेष्ठ नागरिक लक्षित यस किसिमका संरचनात्मक पहलहरू न्यून नै छन्। तर दमक–६ वडाले सुरु गरेको यो कदमले समुदायमा सम्मान र माया सहितको सामाजिक वातावरण निर्माण गरिरहेको छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

नर्सहरुमा नैरास्यता, देशभीत्र अवसर र सम्मान छैन अनी नविदेशीएर के गर्ने ?

दमक, १४ कार्तिक । नर्स स्वास्थ्य सेवा क्षेत्रको मेरुदण्ड हुन्। अस्पतालमा बिरामीको हेरचाह, उपचारमा सहयोग, औषधि व्यवस्थापन लागायेत हरेक कार्यमा नर्सको भूमिका अत्यन्त महत्वपूर्ण हुन्छ।

डुबान दमकको बसपार्क, यसले निकास पाउँदैन ?

दमक, १४ कार्तिक । दमक बसपार्क झापा जिल्लाको दमक नगरपालिकामा अवस्थित एक प्रमुख यातायात केन्द्र हो। यो बसपार्क पूर्वी नेपालका विभिन्न जिल्ला तथा प्रदेशहरूलाई जोड्ने

बिर्तामोडमा नौ जनालाई जुवा खेलिरहेको अवस्थामा पक्राउ

झापा,१४ कार्तिक । गोप्य सूचनाको आधारमा प्रहरीले बिर्तामोड नगरपालिका–४ पश्चिम बस स्ट्यान्ड छेउको एउटा डेरामा छापा मार्दै नौ जनालाई जुवा खेलिरहेको अवस्थामा पक्राउ गरेको छ।

नेपाललाई पायल्स फ्रि देश बनाउने अभियान चलाँउदै एन्जल फाउन्डेशन

दमक,१४ कार्तिक । नेपालमा रहेका अधिकांश मानिसहरु अहिले पायल्स,फिसर,फ्रिस्टुला जस्ता रोगहरुबाट ग्रषित छन् । यस खाले रोगहरु ढिला पत्ता लाग्ने र गोप्य ठाउँहरुमा हुने भएकाले

विद्युत आपूर्तिबन्दले उद्योग संकटमा, कोशीका मुख्यमन्त्री कार्कीको ध्यानकर्षण

  दमक, १३ कार्तिक । नेपाल विद्युत प्राधिकरणद्वारा विद्युत आपूर्ति बन्द गरिँदा कोशी प्रदेशका विभिन्न उद्योगहरू प्रभावित बनेका छन्। यसले स्थानीय रोजगारीदेखि समग्र अर्थतन्त्रमा असर

चक्रवात ‘मोन्था’ को प्रभाव : २ दिन सर्‍यो झापा महिला गोल्डकप

बिर्तामोड,  १४ कात्तिक । भोलि कात्तिक १५ गतेदेखि सुरु हुने भनिएको एलभिडी प्रथम झापा महिला गोल्डकप २०८२ अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिता सरेको छ ।