दमक रवि चिसापानी सडक बनाउने ठेकेदारले गाउँमा उधारो नतिरि फरार

 

दमक, ५ भदौ । नेपाल, भारत र चीन सम्म जोडीने अती महत्वपूर्ण परियोजना दमक रवि चिसापानी सडक खण्ड निर्माणको काम गर्ने ठेकेदार फरार गणपती जे . बि. कन्सट्रक्सनका प्रोपाइटर तुलसीराम भण्डारी फरार हुनु भएको हो । २०७५ /७६ मा दमक–चिसापानी सडक निर्माण सिलसिलामा पेटी ठेकेदार, मिस्त्री , मजदुर र करार कर्मचारी र खुद्रा व्यापार व्यावसायीहरूलाई समेत ठगी फरार हुनु भएका भण्डारी अहिले सम्म सम्पर्कमा नआएपछि बाध्य भएर पत्रकार सम्मेलन गर्नु परेको दमकमा बिहिबार पत्रकार सम्मेलन गर्दै त्यस क्षेत्रका पीडितहरुले बताएका छन् । इलाम माडसेबुङ गा.पा. वडा नं . २ बस्ने कमल बहादुर कार्की सहितले पत्रकार मञ्च दमकमा पत्रकार सम्मेलन गर्दै भन्नु भयो नीज भण्डारीले माङ्गसेबुङ क्षेत्रमा सडक निर्माण गर्ने क्रममा स्थानीय निर्माण व्यवसायीसग समेत सहकार्य गरेको, बिभिन्न मेसिन तथा उपकरणको प्रयोग गरेको, बिभिन्न प्रकारका श्रमीकहरुलाई काममा लगाएको तर ती सबै कामको भुक्तानी नगरी फरार भएको जसबाट करिव ४ करोड रुपैँया भुक्तानी गर्न बाँकी रहेको बताएका छनु । करिव ४० जनाको भुक्तानी लिन बाँकी रहेको त्यस अनुसारको बिल तथा भर्पाइ, सम्झौता समेत देखाउँदै पत्रकार पीडितहरुले पत्रकार सम्मेलन गरेका हुन ।

 

निर्माणको कामनै अलपत्र पारे पछि सो कम्पनीसगको काम सम्झौता नेपाल सरकारले रद्ध गरिदियो । यसरी ठेक्काको काम नै तोडिएपछि आफ्‌ना उपकरण तथा मेसिनहरु समेत त्यहि अलपत्र पारेर निर्माण कम्पनी गणपती जे . बि. कन्सट्रक्सनका प्रोपाइटर तुलसीराम भण्डारी सम्पर्क बिहिन हुनु भएको हो । उहाँका मेसिननै मात्रै बिक्रि गर्ने हो भने त्यहाँबाट आफुहरुको रकम उठ्ने तर त्यसको वातावरण बनाइदिन पनि ती पीडितहरुले माग गरेका छन् । अहिले सडक अलपत्र परेपछि त्यहाँको अवस्था झन चिन्ताजनक बनेको र सडकमा दुर्घटनाको जोखिम बढेको अर्का पीडित रमेश राईले बताउनु भयो ।

यो समुहले दमक स्थित सडक बिभागको कार्यालय र माङसेवुङ गाउँपालिकाको न्यायीक समितीमा आफुहरुको न्यायका लागी मुद्धा दायर गरेको छ । यदी यहाँबाट समाधान ननिस्के अदातल गएर भएपनि आफुहरुको फसेको रकम उठाउने प्रण उहाँहरुले गर्नु भएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

पत्रकार किशोर श्रेष्ठविरुद्ध रास्वपा नेता हिमेश पन्तद्वारा साइबर ब्युरोमा उजुरी

काठमाडौं , असोज ३०। कलाकार तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य हिमेश पन्तले पत्रकार किशोर श्रेष्ठविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दर्ता गराउनुभएको

७१औँ प्रहरी दिवसमा उत्कृष्ट प्रहरी र अमर प्रहरीका सन्तति सम्मानित

काठमाडौं , असोज ३०। ७१औँ प्रहरी दिवस २०८३ को अवसरमा आयोजित विशेष समारोहमा विभिन्न विधामा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारी,अवकाशप्राप्त अधिकारी तथा अमर प्रहरीका सन्ततिहरूलाई

सरकारद्वारा खुला प्रतिस्पर्धाबाट विभिन्न सार्वजनिक निकायमा ६११ पदाधिकारी नियुक्त

काठमाडौं , असोज ३०। सरकारले पछिल्लो अवधिमा विभिन्न मन्त्रालय तथा सार्वजनिक निकायहरूमा खुला प्रतिस्पर्धा र पारदर्शी प्रक्रियामार्फत ६११ जना पदाधिकारी नियुक्ति गरेको छ । प्रधानमन्त्री

मन्त्रिपरिषद् बैठक : गहुँको समर्थन मूल्य निर्धारण, जापान र जर्मनीको अनुदान स्वीकार गर्ने निर्णय

काठमाडौं , असोज ३०। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गरिएको छ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले मन्त्रिपरिषद्का १३ मुख्य निर्णय सार्वजनिक गरेका

दशैंमा पिङ खेल्ने हो ? दमकका यी यूवाको सकृयतामा ठडीयो यी ठाउँमा पीङ

दमक, ३० असोज। गाउँघरमा दशैं आएको छनक नयाँ लुगा, मीठो परिकार र रातो टीकासँगै आकाश छुने लिङ्गे पिङले पनि दिन्थ्यो। पिङ मच्चाउँदै रमाउने बालबालिका, पालो

चिकित्सा शिक्षा आयोगद्वारा स्नातक र उच्च तहका सिट निर्धारण, सरकारी संस्थामा सिट वृद्धि

३० असोज, काठमाडौं । चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०८३/०८४ का लागि चिकित्सा शिक्षाका विभिन्न तहमा सिट निर्धारण गरेको छ । आयोगको २८औँ बैठकले स्नातक,