राजनीतिमा वाकाे चासाे

दमकका यी युवा भन्छन्–‘राजनीतिमा सिर्जजशिलता चाहिए युवा नेतृत्व आवश्यक’

यूवाहरू राजनीतिलाई केवल शक्ति प्राप्तिको माध्यम होइन, सामाजिक सेवा र परिवर्तनको सशक्त माध्यमका रूपमा बुझ्‌न थालेका छन्।

दमक, ६ भदौ ।  राजनीति राष्ट्रको समग्र विकास, नीति निर्माण र शासन सञ्चालनको मेरुदण्ड हो। समृद्धि, सामाजिक न्याय र दिगो विकासका लागि सशक्त राजनीतिक चेतना आवश्यक हुनेमा विज्ञहरू जोड दिँदै आएका छन्। पछिल्लो समय नेपाली युवाहरूमा राजनीतिक चेतना बढ्दो देखिएको छ।

 

हालको पुस्ताका युवाहरू सामाजिक सञ्जाल, शैक्षिक माध्यम राजनीतिक विषयमा सचेत छन्। उनीहरू पुराना राजनीतिक अभ्यासहरूप्रति आलोचनात्मक दृष्टिकोण राख्छन् र नयाँ, उत्तरदायी तथा पारदर्शी राजनीतिक अभ्यासको माग गर्छन्। युवाहरू राजनीतिलाई केवल शक्ति प्राप्तिको माध्यम होइन, सामाजिक सेवा र परिवर्तनको सशक्त माध्यमका रूपमा बुझ्‌न थालेका छन्। दमक बहुमुखी क्याम्पस स्नातक तह चौथो बर्षमा अध्ययनरत युवा राकेश खड्काले युवाहरूले ईतिहासबाट पाठ सिकेर, समय अनुसारको योजना बनाएर अगाडि बढ्नुपर्ने आवश्यकता औँल्याउनु भएको छ ।

 

 

युबा बिद्यार्थी पर्वत बस्नेतले वर्तमान राजनीतिक परिप्रेक्ष्यमा युवाहरूको सक्रिय सहभागिता अनिवार्य रहेको धारणा व्यक्त गर्नुभएको छ। उहाँका अनुसार, अहिलेका प्रमुख राजनीतिक दलहरूले युवाहरूलाइ केवल साधनका रूपमा प्रयोग गरिरहेका छन्, जसले युवाको सशक्त भूमिका र सिर्जनशील योगदानलाई ओझेलमा पारेको छ।

 

युवाहरू प्रविधिमा दक्ष भएकाले देशको प्रशासनिक सुधार र डिजिटल गभर्नेन्समा समेत उनीहरूको भूमिका महत्वपूर्ण हुने दमक बहुमुखी क्याम्पसकी कोषाध्यक्ष प्रिती रानाको भनाइ छ।
यद्यपि युवाहरूमा राजनीतिक चेतना बढ्दो छ, प्रत्यक्ष सहभागिता भने अपेक्षा अनुसार देखिँदैन। राजनीतिक दलहरूले पुराना पुस्तालाई मात्र प्राथमिकता दिने चलनले युवाहरूलाई पछाडि पार्ने गरेको स्नातक तहका विद्यार्थी प्रबिन कार्कीको भनाइ छ।

 

 

तर राजनीतिलाई लिएर सबै युवाहरुको एकमत भने छैन । युवाहरूलाई राजनीतिमा देवताकरण गर्नु गलत हुने धारणा राख्नु हुन्छ स्नातक चौथो वर्षमा अध्ययनरत सबिन गौतमको। राजनीतिमा आउने युवाहरूमा योग्यता, क्षमता र स्वच्छ छवि अनिवार्य हुनुपर्ने धारणा उहाँको छ।

 

नयाँ पुस्ताले राजनीतिलाई सामाजिक परिवर्तन र विकासको माध्यमका रूपमा बुझ्न थालेका छन्। उनीहरू पारदर्शिता, जवाफदेहिता र सकारात्मक नेतृत्वको अपेक्षा गर्छन्। यस्तो अवस्थामा, राज्य, राजनीतिक दल, शैक्षिक संस्था र समाजले युवाहरूलाई नेतृत्वमा अघि ल्याउने वातावरण बनाउन आवश्यक छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दशैंमा पिङ खेल्ने हो ? दमकका यी यूवाको सकृयतामा ठडीयो यी ठाउँमा पीङ

दमक, ३० असोज। गाउँघरमा दशैं आएको छनक नयाँ लुगा, मीठो परिकार र रातो टीकासँगै आकाश छुने लिङ्गे पिङले पनि दिन्थ्यो। पिङ मच्चाउँदै रमाउने बालबालिका, पालो

चिकित्सा शिक्षा आयोगद्वारा स्नातक र उच्च तहका सिट निर्धारण, सरकारी संस्थामा सिट वृद्धि

३० असोज, काठमाडौं । चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०८३/०८४ का लागि चिकित्सा शिक्षाका विभिन्न तहमा सिट निर्धारण गरेको छ । आयोगको २८औँ बैठकले स्नातक,

गोरखा, बागलुङ र धादिङका प्रभावित स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

३०  असोज, काठमाडौं। सरकारले बाढी तथा पहिरोबाट प्रभावित गोरखा, बाग्लुङ र धादिङका विभिन्न स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको

‘सिद्धान्तहीन सरकारले कसरी जनताको पक्षमा काम गर्छ ?’ : कमला पन्त

काठमाडौं , असोज ३०। नेपाली कांग्रेसकी राष्ट्रिय सभा संसदीय दलकी नेता कमला पन्तले वर्तमान सरकारमा सैद्धान्तिक विचलन देखिएको आरोप लगाउनुभएको छ । उहाले सरकारसँग स्पष्ट

भूमि तथा वन सम्बन्धी अध्यादेश संसदमै छलफल हुनुपर्छ : कांग्रेस

काठमाडौं,३० असोज। नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापाले भूमि तथा वन सम्बन्धी अध्यादेश संसदमा छलफल गरेर मात्रै अघि बढाउनुपर्ने पार्टीको धारणा रहेको बताउनु भएको छ

धार्मिक विधिसहित खोकना जात्रा मनाइयो

ललितपुरको खोकनामा परम्परागत तथा ऐतिहासिक खोकना जात्रा विभिन्न धार्मिक तथा सांस्कृतिक विधि पूरा गर्दै मनाइएको छ । जात्रामा परम्परागत पूजा, धार्मिक अनुष्ठान तथा सांस्कृतिक गतिविधि