बेसारको ब्राण्डीङ

माया धराने पछि दमकमा पनि आयो ‘दमकको बेसार’

साहस नामक संस्थाले ब्रान्डिङमा प्राविधिक सहयोग गरेको र सेतुमारी कृषि सहकारीले बेसार संकलनको जिम्मेबारी लिएर काम गरिरहेको

दमक ७ भदौ। धरानले माया धराने नामक बेसारका ब्राण्डीङ गरेर सार्वजनिक गरेपछि दमक नगरपालिकाले पनि बेसार उत्पादन गरेर दमकको बेसार नाम ब्राण्डीङ सुरु गरेको छ । दमकमा रहेका किसानहरुले उत्पादन गरेको बेसारलाई प्रशोधन गरेर आफ्‌नै नाम दिएर बजारमा ल्याउन थालीएको यो बेसार कत्तीको गुणस्तरीय र अर्गानीक छ त ?

 

न धेरै क्षेत्रमा उत्पादन, न नगरपालिकाको करोडौ लगानी । तर पनि दमकमा सुरु भयो दमकको बेसार । सेतो प्याकेटको आधा भाग पहेलो र माथील्लो ठाउँमा रातो इलिमेण्टमा सेतो रङ्गमा लेखिएको दमकको र हरियो पातमा सेतो रङ्गले लेखेको बेसार । दमकको बेसारको पहिचान यहीनै हो ।

 

तरमेरिक पाउडर लेखेर सुद्धता हाम्रो प्रतिवद्धता समेत उल्लेख गरिएको यो बेसार साँच्चै सुद्ध छ त ? यसको उत्पादन र बजारीकरणको जिम्मा लिएको दमक ९ स्थित सेतुमारी कृषि सहकारी सस्थाका व्यवस्थापक दिपक खनाल भन्नु हुन्छ ‘विषादी रहित उत्पादन हो । त्यसको प्रशोधनमा कुनै मिसावट छैन । त्यसकारण यो सुद्ध र मासावट रहित अर्गानीक बेसार हो । र अर्को महत्वपूर्ण कुरा बजारमा पाइने बेसार भन्दा यो सस्तो पनि छ ।

 

गत वर्षबाट दमक नगरपालिकाले यसखाले कार्यक्रम ल्याएपछि बाँझो बसेका तथा सुख्खा क्षेत्रका रुपमा रहेका जमिन बेसारमय हुन थालेका छन् । सो कार्यक्रम अन्तर्गत ४५ किसानले व्यवसायिक बेसार खेती दमकमा गरेका छन् । हाल करिब १६ बिगाहा जग्गामा दमकले आफैँ उत्पादन गर्न थालेको र यसलाई अझ बढवा दिएर जाने दमक नगरपालिकाका प्रमुख राम कुमार थापाले जानकारी दिनुभयो । उहाँले दमकको बेसारलाई दमकको पहिचान र समृद्धिसग जोडेर कार्यक्रम बनाइने पनि उल्लेख गर्नुभयो । दमकको चिनो र उपहारको रुपमा समेत प्रयोग गर्दै दमक र बेसारलाई पर्यायवाची बनाइने योजना रहेको नगर प्रमुख थापाले बताउनु भयो ।

 

बेसारको प्रवद्र्धनका लागि गत वर्ष नगरपालिकाले ५ लाख बजेट छुट्याएर कार्यक्रम थाल्यो । यो वर्ष पनि ५ लाख नै बजेट विनियोजन गरेर किसानको संख्या र खेतीको क्षेत्रफल बढाउँदै बीउ, मल तथा त्यसको प्रशोधन र ब्रान्डिङमा लगानी गर्ने कार्यक्रम छ । साहस नामक संस्थाले ब्रान्डिङमा प्राविधिक सहयोग गरेको र सेतुमारी कृषि सहकारीले बेसार संकलनको जिम्मेबारी लिएर काम गरिरहेको दमक नगरपापिलकाको कृषि शाखा प्रमुखद चन्दा भट्टराईले जानकारी दिनुभयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

सभापति पद अहंकारको श्रीपेच होइन, नागरिकप्रतिको दायित्व हो : गगन थापा

काठमाडौं,३१ असोज । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले सभापतिको जिम्मेवारीलाई अहंकारको प्रतीक नभई नागरिकप्रतिको दायित्व पूरा गर्ने अवसरका रूपमा लिएको बताउनु भएको छ।आज शपथग्रहणपछि

कांग्रेस सभापति गगन थापाले लिए शपथ

काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशनबाट निर्वाचित सभापति गगन थापाले शपथग्रहण गरेका छन् । काठमाडौंमा अशोज १८ देखि २२ गतेसम्म आयोजना गरिएको महाधिवेशनबाट निर्वाचित

भारतमा बन्धक बनाइएका तीन नेपालीको उद्धार

काठमाडौं । भारतको हरियाणा राज्य, कमलस्थित बजरंग बली राइस मिलमा बन्धक बनाइएका तीन जना नेपाली मजदूरको उद्धार गरिएको छ । भारतस्थित नेपाली दूताबासको समन्वय, ‘किन

पत्रकार किशोर श्रेष्ठलाई साइबर ब्यूरो बोलाइयो

काठमाडौं,३१ असोज । पत्रकार किशोर श्रेष्ठलाई नेपाल प्रहरीको साइबर ब्यूरोले बोलाएको छ । कलाकार हिमेश पन्तले श्रेष्ठविरुद्ध जाहेरी दिएपछि साइबर ब्यूरोबोलाइएको हो । रास्वपा नेता

चाडपर्वभन्दा काम र पर्यटकको सेवा प्राथमिकतामा

काठमाडौं ,३१ असोज। हिन्दुहरुको महान पर्व दशैँलाई परिवारसँग समय बिताउने, मिठो खाने, नयाँ लुगा लगाउने आफन्त भेट्ने र रमाइलो गर्ने अवसरका रुपमा पनि लिइन्छ ।

फूलपातीमा दक्षिणकाली मन्दिरमा भक्तजनको घुइँचो

काठमाडौँ,३१ असोज । नेपालीहरूको महान् चाड बडादशैंको फूलपातीका अवसरमा आज दक्षिणकाली मन्दिरमा दर्शन तथा पूजाआजा गर्न आउने भक्तजनहरूको भीड लागेको छ। बिहानैदेखि मन्दिरमा भक्तजनहरूको उल्लेख्य