द नेक्स्ट एजुकेशन कन्सलटेन्सीद्धारा ऊँ शान्ति डेन्टल हस्पतालमा एकदिने निशुल्क दन्त सिभिर सम्पन्न

दमक, ७ भदौ । दमक ६ मा रहेको द नेक्स्ट एजुकेशनल कन्सलटेन्सीले ऊँ शान्ति डेन्टल अस्पतालसँग समन्वयन गरि आफ्‌ना विद्यार्थी र शुभचिन्तका लागी एकदिने निशुल्क दन्त सिभिर कार्यक्रम सम्पन्न गरेको छ । सिभिर ऊँ शान्ति डेन्टल अस्पतालको प्राङ्गढमा सम्पन्न भएको हो । शुक्रबार भएको दन्त सिभिरमा निशुल्क दन्त परिक्षण गरिनुको साथै अन्य सेवामा २५ प्रतिशत छुट उपलब्ध गराईएको थियो । शिविरमा सहभागीहरुले यसको सेवा लिएका र यसबाट आफुहरुले फाईदा लिएको प्रतिकृया दिएका थीए ।

अध्ययनकालागि विदेश जाने तयारीमा रहेका विद्यार्थीलाई विदेशमा गईसकेपछि दाँतको केही समस्या नहोस भनेर र उता दन्त उपचार महङ्गो हुने भएकोले यहिनै परिक्षण गराई त्यस सम्बन्धीको जोखिम पहिचान गर्न यो शिविर आयोजना गरिएको द नेक्स्ट्स एजुकेशन कनसल्टेन्सीका ब्रान्च म्यानेजर दिपेश रिमालले जानकारी दिनुभयो ।

दाँतको बेलैमा उपचार गराउने हो भने त्यसले पछि केही समस्या नपार्ने ओम शान्ति डेन्टल अस्पतालकी दाँत रोग विषेशत्र डा अन्जली ठाकुरले बताउनु भयो ।

ओम शान्ति डेन्टल अस्पतालले यो भन्दा पहिला पनि विभिन्न संघसंस्थासँग समन्वयन गरि निशुल्क दन्त सिभिर आयोजना गरि समाजमा अमुल्य योगदान पुर्‍याएको अस्पतालका व्यवस्थापक कमल गैरेले जानकारी दिनुभयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

वरुण र छुजुङ जलविद्युतविरुद्ध स्थानीय आन्दोलित

काठमाडौं,९ भदौ । संखुवासभाको भोटखोला गाउँपालिकाभित्र रहेका वरुण, छुजुङ्ग, बकाङ्ग लगायतका नदी तथा खोलानाला माथि जलविद्युत परियोजनाका नाममा भइरहेको हस्तक्षेप रोक्न स्थानीयवासीले सरकारसँग माग गरेका

डोल्पामा एकैसाथ देखिए तीन हिउँ चितुवा

डोल्पा,९ भदौ । हिमाली जिल्ला डोल्पामा एकैपटक तीन वटा हिउँ चितुवाहरु देखिएका छन् । डोल्पो बुद्ध गाउँपालिका–१ धो तारापको मिर्बु खोला क्षेत्रमा एक माउ र

दोषीलाई संविधानसम्मत कठोर सजाय दिन सांसद रम्तेलको माग

काठमाडौं,८ भदौ । श्रम संस्कृति पार्टीकी सांसद राधिका रम्तेलले तीन वर्षीया गरिमा चौधरीको हत्या प्रकरणमा दोषीलाई संविधानसम्मत सबैभन्दा कठोर सजाय दिन सरकारसँग माग गर्नु भएको

संक्रामक पशु रोग नियन्त्रण विधेयक माथि सैद्धान्तिक छलफल

काठमाडौँ,८ भदौ । विधायन व्यवस्थापन समितिको बैठकमा संक्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३ माथि सैद्धान्तिक छलफल भएको छ ।बैठकमा कृषि वन तथा पर्यावरणमन्त्री गीता चौधरीले

कोशी कटान र बालेनको भ्रमणबारे सांसद हर्क राईको आपत्ति

काठमाडौं,८ भदौ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्क राईले प्रधानमन्त्री वालेन शाहको निजी भ्रमणबारे संसद्मा जवाफ दिन माग गर्नु भएको छ। साथै उहाँले

विभत्स घटनाहरू बढ्दा पनि सरकार उदासीन भएको सांसद शर्माको आरोप

काठमाडौँ,८ भदौ । नेपाल कम्युनिष्ट पार्टीकी सांसद बलावती शर्माले पछिल्लो समय देशमा एकपछि अर्को अमानवीय, क्रुर र हृदयविदारक घटना भइरहेकामा सरकारको गम्भीर ध्यानाकर्षण गराउनु भएको