पुस्तानुभव

हरितालिका तीज :परम्परा र परिवर्तनको समिश्रण बन्दै

तीज पर्व नेपाली समाजमा महिलाको जीवन, संस्कृति र सामाजिक परिवर्तनसँग गासिएको गहिरो अध्याय हो । यो पर्वको ऐतिहासिक, पौराणिक र सांस्कृतिक महत्वलाई हेर्ने हो भने यसले केवल धार्मिक आस्था मात्र बोकेको छैन । समाजको रूपान्तरण, महिलाको अधिकार, शिक्षा र आत्मनिर्भरतालाई पनि प्रतिविम्बित गरेको छ।

दमक, भदौ १० । भाद्र शुक्ल तृतीयाका दिन मनाईने हरितालिका तीज पर्व धुमधामसँग मनाईएको छ । भगवान् शिवको आराधना, व्रत, नाचगान र भेटघाटसहित मनाइने तीज अब परम्परा र परिवर्तनको समिश्रण बनेको छ ।

 

 

पुराना पुस्ताका महिलाहरूका लागि तीज भनेको ‘आफ्नो मनको पीडा पोख्ने अवसर’ थियो। समाजमा असमानता, दमन र चर्काे कामको दबाबबीच माइती फर्किएर आफ्ना दिदीबहिनी र साथीसँग दुःख साटासाट गर्ने चाड थियो तीज ।दमक ५, धनेश्वर चोककी ७२ वर्षीया सरस्वती खड्का यस्तै अनुभूतिहरू सुनाउनुहुन्छ ।

 

 

तीज पर्व नेपाली समाजमा महिलाको जीवन, संस्कृति र सामाजिक परिवर्तनसँग गासिएको गहिरो अध्याय हो । यो पर्वको ऐतिहासिक, पौराणिक र सांस्कृतिक महत्वलाई हेर्ने हो भने यसले केवल धार्मिक आस्था मात्र बोकेको छैन । समाजको रूपान्तरण, महिलाको अधिकार, शिक्षा र आत्मनिर्भरतालाई पनि प्रतिविम्बित गरेको छ।

 

 

 

परम्परागत तीजमा दर खाने प्रथा घर–घरमा सीमित हुन्थ्यो । दिदी–बहिनी, छोरीलाई माइतीले बोलाएर दर खुवाउने गर्थे । आज यो संस्कार नयाँ रूपमा विस्तार भएको छ । महिलाहरू साथीभाइ भेला भएर होटल र रेष्टुरेन्टमा दर खान जान्छन् ।

 

फरक–फरक पेशामा संलग्न महिलाहरू व्यावसायिक पोशाकमै भेटिन्छन् । दर खान्छन् र रमाइलो गर्छन् । यसरी तीज अब घरको चारदिवारभित्र मात्र नभई सामाजिक जमघट र सहकार्यको पर्व बनेको छ ।

 

यसले समाजमा महिलाको आत्मविश्वास र सामाजिक उपस्थितिलाई झनै प्रकट गराएको छ।अहिले तीज मनाउने तरिकामा पनि आ–आफ्नै छ ।दमक ५ कि अर्चना न्यौपाने समाजमा महिलाहरु आत्मनिर्भर बन्दै गएपछि यसको मनाउने शैलि पनि फरिएको धराणा राख्नुहुन्छ ।

 

 

समयसँगै समाज अघि बढ्दै गयो । शिक्षा र चेतनाको विस्तारसँगै महिलाको स्थिति पनि क्रमशः परिवर्तन भयो । विद्यालय, विश्वविद्यालय र रोजगारीमा महिलाको सहभागिता बढ्दै गयो । महिलाले आत्मनिर्भर बन्ने अवसर पाए । अहिले महिलालाई तीज पर्वमा माइती घरमा गएर मात्र दर खानुपर्छ भन्ने छैन ।

 

 

साथीसङ्गी, विभिन्न सङ्घ÷संस्थाभित्र पनि आ–आफ्नौ मनका कुराहरु आदानप्रदान गर्ने गर्दछ । नाच्ने, गाउँने र रमाइलो गर्ने गर्छन् । यस परिवर्तनले तीज मनाउने शैलीमा ठुलो प्रभाव र्पायो। यसले समाजमा बिकृति भने बढाएको धारणा राख्नुहुन्छ दमकको धनेश्वर मन्दिरमा भेटिनुभएकी खिना गौतम ।

 

 

तीज पर्वलाई परापूर्व कालमा माइती मिलनका रूपमा लिइने भए पनि अहिले तीज मनाउने शैली मनाउने फेरिएको छ । आसपी भेटघाट खुशी हुने रमाउने गरिन्छ । तीज पर्वको संस्कृतिलाई बचाई राख्न यसका राम्रा पक्षलाई अगाल्दै विकृतिलाई हटाउँदै मनाउन जरुरी छ।

 

 

 

 

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

टिमुरेमा ६ वर्षीया बालिकाको ६० घण्टापछि जीवितै उद्धार

काठमाडौँ , भदौ १३ । रसुवाको टिमुरे क्षेत्रबाट ६ वर्षीया बालिकाको जीवितै उद्धार भएको छ।बुधबार बिहान ९ नबज्दै तिब्बत क्षेत्रबाट आएको बाढीले रसुवागढी हुँदै टिमुरे

रसुवाको बाढीपछि धनगढीकी २४ वर्षीया पुष्पा शाही सम्पर्कविहीन

धनगढी,१३ भदौ । रसुवाको बेत्रावती क्षेत्रमा आएको भीषण बाढीपछि धनगढी उपमहानगरपालिका–५ की २४ वर्षीया पुष्पा शाही सम्पर्कविहीन हुनुन्छ । शाही एनएमबी लघुवित्त वित्तीय संस्था लिमिटेडको

लेदोले विद्यालय पुरियो, कक्षाकोठामै थन्किए विद्यार्थीका झोला

काठमाडौँ , भदौ १३ । भोटेकोशी हुँदै त्रिशुलीमा आएको बाढीका कारण धादिङको गल्छी गाउँपालिका–६ बैरेनी बजारस्थित बागेश्वरी मावि क्षतिग्रस्त छ।विद्यालयको प्रांगण र कक्षाकोठामा लेदोले भरिएको

रसुवाको बाढीपछि बर्दियाका दुई मजदुर चार दिनदेखि बेपत्ता

काठमाडौँ , १३ भदौ। शनिबार दिउँसो १२ बजेर ४१ मिनेट गएको थियो । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल अगाडी शान्तिकुमारी थारुले अस्पतालको शव गृह अगाडीको गेटमा

मुख्यमन्त्री थापा : रसुवाका बाढी प्रभावितको आवागमन सहज बनाउन वैकल्पिक मार्ग खोल्दैछौँ

काठमाडौं, भदौ १३ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले रसुवाका बाढी प्रभावित क्षेत्रका नागरिकको यात्रा सहज बनाउन प्रदेश सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताउनुभएको छ।मुख्यमन्त्री थापाले

पहिचानविहीन शवबीच आफन्त खोज्दै परिवार, आशा मर्दै

काठमाडौँ ,१३ भदौ। त्रिवि शिक्षण अस्पतालमा शवदाह गृह अगाडि आफन्तहरूको घुइँचो छ । अस्पतालको अद्यावधिक विवरण अनुसार अहिलेसम्म २६ जनाको शव आइपुगेको छ । जसमध्ये