आर्थिक

दमकमा घरजग्गा कारोबार : तुलनात्मक रुपमा बढेपनि अपेक्षाकृत देखिएन

कारोबारमा अलि सुधार भए पनि स्थानीय तहहरूले घरजग्गाको वर्गीकरण नगरेकाले कारोबारमा ठूलो मात्रामा गिरावट आएको मालपोत कार्यालय दमकका सूचना अधिकारी कमल पनेरु बताउनुहुन्छ ।

 

 

दमक, भदौ ११ । दमकको मालपोत कार्यालयमा यस आर्थिक वर्षको सुरुवाती महिनामा घरजग्गा कारोबार केही चहलपहल देखिए पनि अपेक्षित स्तरमा भने पुग्न सकेको छैन।

 

कार्यालयका तथ्यांकअनुसार साउन महिनामा ७३२ वटा कारोबार दर्ता भएका छन्। गत वर्षको यही अवधिमा भने ६०३ कारोबार दर्ता भएका थिए। कारोबारमा अलि सुधार भए पनि स्थानीय तहहरूले घरजग्गाको वर्गीकरण नगरेकाले कारोबारमा ठूलो मात्रामा गिरावट आएको मालपोत कार्यालय दमकका सूचना अधिकारी कमल पनेरु बताउनुहुन्छ ।

 

सबैभन्दा बढी आर्थिक गतिविधि हुने दमक नगरपालिकामै समेत घरजग्गा कारोबार सुस्त बनेको छ। सरकारले घरजग्गाको वर्गीकरण र कित्ताकाटमा रोक लगाएपछि बजार नै सुस्त भएको स्थानीय व्यवसायीहरूको गुनासो छ।

 

 

दमकका रियल स्टेट व्यवसायी लक्ष्मी बरालका अनुसार कोरोनाकालपछि नै देखिएको आर्थिक मन्दी अझै कायम छ। त्यसमा स्थानीय तहले समयमै वर्गीकरण नगर्दा सामान्य कारोबार समेत अड्किएको छ।

 

 

 

यसैबीच नापी विभागका सिनियर सर्वेक्षक सञ्जय कुमार शाहले पनि स्थानीय तहको ढिलासुस्तीले सेवाग्राही प्रत्यक्ष मारमा परेको बताउनुभयो। उहाँका अनुसार वर्गीकरण र कित्ताकाट कार्य रोकिँदा खरिद–बिक्रीसँगै नामसारी जस्ता काम पनि प्रभावित भएका छन्।

 

 

यसरी हेर्दा, मालपोत कार्यालयको राजस्व संकलनमा मात्र नभई सर्वसाधारणको हकहितमै असर परेको प्रष्ट देखिन्छ। कारोबार सुस्त हुँदा बजारमा लगानी घट्ने, रोजगारीमा असर पर्ने र सम्पूर्ण नगरको आर्थिक गतिविधि नै कमजोर हुने चिन्ता स्थानीय स्तरमा बढ्दै गएको छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

पत्रकार किशोर श्रेष्ठविरुद्ध रास्वपा नेता हिमेश पन्तद्वारा साइबर ब्युरोमा उजुरी

काठमाडौं , असोज ३०। कलाकार तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य हिमेश पन्तले पत्रकार किशोर श्रेष्ठविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दर्ता गराउनुभएको

७१औँ प्रहरी दिवसमा उत्कृष्ट प्रहरी र अमर प्रहरीका सन्तति सम्मानित

काठमाडौं , असोज ३०। ७१औँ प्रहरी दिवस २०८३ को अवसरमा आयोजित विशेष समारोहमा विभिन्न विधामा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारी,अवकाशप्राप्त अधिकारी तथा अमर प्रहरीका सन्ततिहरूलाई

सरकारद्वारा खुला प्रतिस्पर्धाबाट विभिन्न सार्वजनिक निकायमा ६११ पदाधिकारी नियुक्त

काठमाडौं , असोज ३०। सरकारले पछिल्लो अवधिमा विभिन्न मन्त्रालय तथा सार्वजनिक निकायहरूमा खुला प्रतिस्पर्धा र पारदर्शी प्रक्रियामार्फत ६११ जना पदाधिकारी नियुक्ति गरेको छ । प्रधानमन्त्री

मन्त्रिपरिषद् बैठक : गहुँको समर्थन मूल्य निर्धारण, जापान र जर्मनीको अनुदान स्वीकार गर्ने निर्णय

काठमाडौं , असोज ३०। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गरिएको छ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले मन्त्रिपरिषद्का १३ मुख्य निर्णय सार्वजनिक गरेका

दशैंमा पिङ खेल्ने हो ? दमकका यी यूवाको सकृयतामा ठडीयो यी ठाउँमा पीङ

दमक, ३० असोज। गाउँघरमा दशैं आएको छनक नयाँ लुगा, मीठो परिकार र रातो टीकासँगै आकाश छुने लिङ्गे पिङले पनि दिन्थ्यो। पिङ मच्चाउँदै रमाउने बालबालिका, पालो

चिकित्सा शिक्षा आयोगद्वारा स्नातक र उच्च तहका सिट निर्धारण, सरकारी संस्थामा सिट वृद्धि

३० असोज, काठमाडौं । चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०८३/०८४ का लागि चिकित्सा शिक्षाका विभिन्न तहमा सिट निर्धारण गरेको छ । आयोगको २८औँ बैठकले स्नातक,