जीवनभर कहिल्यै आराम नगर्ने संसारकै मिहेनती जीव माैरी

मोरङ ,१२ भदौ। मौरी आफनो जीवनकाल भरि कहिलै आराम नगर्ने जीव हो । दिन भर रस, पराग, कुड जस्ता अति आवश्यक बस्तुहरुको खोजीमा रहन्छ भने रातको समयमा घार मिलाउने, बच्चाहरुको रेखदेख तथा घारको ताप नियन्त्रण कायम राख्नु हो । मौरी संसारकै यस्तो मेहनती र सामाजीक जीव हो, उनिहरु दिन रात समूहमा मिलेर काम गरि रहन्छन् ।

 

मौरीको काम विहानको र्मिमिरे सँगै सुरु हुन्छ । घार भित्रको अंध्यारोलाई छिचोल्दै आवश्यक तत्व रश, कुड, पराग खोज्नु उसको दैनिकी हो । सिजन अनुसारका विभिन्न फूल–फूलमा उड्छ, रस खोज्छ, पराग संकलन गर्छ अनि प्राकृतिक मैन बनाउने कच्चा पदार्थ कुड जुटाउ छ ।

 

हजारौं मोरीहरु मिलेर अनुशासन र समर्पणमा दिन र रात नभनी एकै नासका षटकोण आकारका मैनका टोप्रामा बहुगुणकारी मह तयार गर्छन । आकारमा सानो भएता पनि यो किरा प्रकृतिको एक अद्भुत अभियन्ता हो । दिन भर रस, पराग, कुड जस्ता अति आवश्यक बस्तुहरुको खोजीमा रहन्छ भने रातको समयमा घार मिलाई रहन्छ, मह भण्डारण गर्छ, बच्चा हरुको हेरचाह गर्छ अनि तापक्रम समतुलन गर्छ ।

 

मौरी संसारकै यस्तो मेहनती र सामाजीक जीवहो, उ दिन रात समूहमा मिलेर काम गरिरहन्छ । ससारका जीवमध्ये मौरी यस्तो जीव हो, जसको जिवनशैली, श्रम र योगदानले मानव सभ्यतालाईनैं मौन तर गहिरो प्रभाव पारी शोच्न बाध्य पारेको छ । एउटा साधारण कीटले सूढको माध्यमबाट हजारौ फूल चाहारेर पराग संकलन गरि एकै नासका षटकोण आकारका मैनका टोप्रामा बहुगुणकारी मह तयार गरेर, कठोर शिक्षा हाशिल गरेका बैज्ञानिक र ईञ्जिनियरहरुलाई शोच्न बाध्य तुल्याएको छ ।

किनकि, यो काम त आज सम्म मानवले गर्न सकेको छैन, अद्भूत गुणको खानी मह तयार पार्नत मौरी लाई कुनै विश्व विद्यालयमा अध्यायन गर्नु परेन ।
तथ्य अनुसार, प्रत्येक मौरीले एक पटकमा ५० देखि १ सय वटा सम्म फूल चाहार्ने त्यस्तै १० ग्राम मह बनाउन १० लाख फूल चाहार्नु पर्नाले विश्रामनैं नहुने कामहो । १ के.जी. मह संकलन गर्न ४० लाख फूल चाहार्नु पर्ने हुन्छ, जसकालागि मौरीले १ लाख ५० हजार किलोमिटरको यात्रा गर्नु पर्नेहुन्छ । १ के.जी. मह संकलन गर्न लागेको कूल दुरी जोड्ने हो भने पुरै पृथ्वी लाई ७ फन्का लगाए बराबर दुरी हुन्छ ।

यसले पनि प्रमाणित गर्छकी मौरी आफनो जीवनकाल भर आराम नगरी ब्यास्त रहन्छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धर्म र पर्व : विवाद होइन, सदभावको आधार

काठमाडौँ,१ कार्तीक ।धर्म अत्यन्तै सम्बेदनशील, गहन, जटिल र बहुआयामिक विषय वस्तु हो । धर्मको ‘अर्थ धारणा गर्नु’ अर्थात असल आचरण धारण गर्नु हो । कुनैपनि

२४ घण्टामा सवारी दुर्घटनामा ४ जनाको मृत्यु, २५७ जना घाइते

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ भने २५७ जना घाइते भएका छन् । प्रहरीको तथ्यांकअनुसार देशका

झापामा असोजमा सवारी दुर्घटना र मानवीय क्षति बढी

झापा,१ असोज । झापामा चालु आर्थिक वर्ष २०८३र८४ को असोज महिनामा सवारी दुर्घटना र त्यसबाट हुने मानवीय क्षति अघिल्ला दुई महिनाको तुलनामा बढेको छ ।

अर्जुनधारामा बन्चरो प्रहार गरी वृद्धको हत्या , अभियुक्त पक्राउ

अर्जुनधारा, १ कात्तिक । हिजो शनिबार साँझ झापाको अर्जुनधारामा वृद्धको हत्या गर्ने अभियुक्त २८ वर्षीय रविन लिम्बू छिमेकी भएको खुलेको छ । साँझ ७ बजेतिर

बाढीले तहसनहस बेत्रावती अझै खण्डहर

काठमाडौं,१ कार्तीक । गत भदौ १० गते तिब्बततर्फबाट रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले तहसनहस पारेको बेत्रावती बजार हाल खण्डहर र बगरमा परिणत भएको छ

२१ दिनपछि सञ्चालनमा आयो कालीगण्डकी करिडोर प्रसारण लाइन

काठमाडौं,१ असोज । गत असोज ११ गतेको अविरल वर्षासँगै आएको बाढीपहिरो र कालीगण्डकी नदीको कटानका कारण क्षतिग्रस्त कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइनअन्तर्गतको म्याग्दीको दाना–राहुघाट