सेवा भाव

ग्लोरी सञ्चालिकाको जन्मदिन वृद्धाश्रममै, भोजन र सहयोगसहित मनाइयो

“मैले कहिल्यै होटल वा रिसोर्टमा जन्मदिन मनाएको छैन । बरु यहाँ आउने हो, एकदिन भएपनि वृद्धाश्रममा रहेका बुबाआमालाई मिठो खुवाउने र थोरै भए पनि सहयोग गर्ने गर्छु,”

दमक| १२ भदौ | दमकस्थित ग्लोरी ब्यूटी पार्लर एण्ड द ब्युटी वर्ल्ड की सञ्चालिका गीता लिम्बुले आफ्नो जन्मदिन यस वर्ष पनि विशेष तरिकाले वृद्धाश्रममै मनाउनुभएको छ ।

 

बिहीबार उहाँले दमक चियादोकानमा रहेको रत्न जेष्ठ नागरिक वृद्धाश्रम सेवा केन्द्रमा पुगेर त्यहाँ बसोबास गर्ने बुबाआमाहरूसँग जन्मदिन मनाउनुभएको हो ।

जन्मदिनको अवसरमा उहाँले वृद्धवृद्धालाई भोजन खुवाउनुका साथै सिरानी, तन्ना र सिरानीका खोलजस्ता दैनिक जीवनमा आवश्यक पर्ने सामग्री हस्तान्तरण गर्नुभयो ।

यसअघि पनि ग्लोरी ब्यूटी पार्लर एण्ड द ब्युटी वर्ल्डले विभिन्न सामाजिक कार्यमा सक्रिय भूमिका खेलेको छ । तर जन्मदिनलाई वृद्धाश्रममै मनाउने परम्परा लिम्बुको खास विशेषता हो । वृद्धाश्रमका सञ्चालकहरूका अनुसार उहाँले हरेक वर्ष जन्मदिन यस्तै रूपमा यहाँका बुबाआमासँगै बिताउँदै आउनुभएको छ ।

“मैले कहिल्यै होटल वा रिसोर्टमा जन्मदिन मनाएको छैन । बरु यहाँ आउने हो, एकदिन भएपनि वृद्धाश्रममा रहेका बुबाआमालाई मिठो खुवाउने र थोरै भए पनि सहयोग गर्ने गर्छु,”

वृद्धाश्रमका सञ्चालकहरूले लिम्बुको यो कदमलाई सबैका लागि प्रेरणादायी भएको बताएका छन् । उनका अनुसार, यदि हरेक मानिसले यस्तै सोच राख्ने हो भने वृद्धाश्रममा रहेका बुबाआमाले हरेक दिन माया, सम्मान र मिठो खान पाउने थिए ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

बाढी प्रभावितका लागि गोल्छा ग्रुपले डेढ करोड सहयोग गर्ने

काठमाडौं,११ भदौ ।  रसुवास्थित भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा मानवीय सहायता कार्यका लागि गोल्छा ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप उद्धार

कुमारी बैंकद्वारा प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ३ करोड सहयोग

काठमाडौं,११ भदौ ।रसुवा बाढी प्रभावित क्षेत्रमा राहत, उद्धार, खोज तथा पुनस्र्थापनाका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा सहयोग जुट्न थालेको छ । एकद्वार प्रणालीमार्फत प्राप्त सहयोग

यी हुन् सर्वदलीय बैठकका १० बुँदे संकल्प

काठमाडौं,११ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) को आयोजनामा सम्पन्न सर्वदलीय बैठकले बाढीपहिरो तथा विपद् व्यवस्थापनसँग सम्बन्धित १० बुँदे साझा निर्णय गरेको छ । भोटेकोशी बाढीपछि

विपद्को सामना गर्न सबै एकताबद्ध हुनुपर्छ : प्रचण्ड

काठमान्डौ,११ भदौ । नेपाली कम्युनिष्ट पार्टी९नेकपा०का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भोटेकोशीमा आएको बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति संवेदनशील हुँदै विपद्को सामना गर्न सबै राजनीतिक

बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

काठमान्डौ,११ भदौ ।काठमाडौं (भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले पुर्याएको क्षतिको स्थलगत निरीक्षणका लागि नेकपा (एमाले)का महासचिव शंकर पोखरेलको नेतृत्वमा टोली नुवाकोटतर्फ प्रस्थान गरेको छ।

निजी हेलिकप्टरलाई सरकारी समन्वयमा मात्रै उद्धारमा खटाइने

काठमान्डौ,११ भदौ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रभावित क्षेत्रमा जारी खोज तथा उद्धार कार्यमा निजी हेलिकप्टरलाई सरकारी समन्वयमा मात्रै सञ्चालन गर्न सरकारले निर्देशन दिएको