दमक वडा ८ को विशेष दिन : सम्मान, सम्झना र नयाँ सपनाको मेल

दमक, १३ भदौ । दमक स्थित वार्ड नं ८ मा रहेको अर्गानिक कृषी बजारको हल शुक्रबार साँझ असाध्यै भिडभाड देखिन्थ्यो । हलमा कोही अगाडि झुक्दै नोटबुकमा टिपोट गरिरहेका थिए । कार्यक्रम एकै छ तर भित्र चाररंगी थियो ।

वार्षिक समीक्षा, बजेट सार्वजनिक, पूर्व जनप्रतिनिधीलाई सम्मान र उत्कृष्ट टोललाई पुरस्कार। हलभरि बसेकाहरुको अनुहारमा उत्सुकता थियो, कतै गर्व, कतै अपेक्षा।

 

वडाध्यक्ष धर्मप्रसाद दाहाल दिपेश मञ्चमा उभिँदा सबै शान्त भए। उहाँले गत वर्षका अधुरा योजनाको सम्झना गर्दै भन्नुभयो, “यो वर्ष हामीले १ करोड ४० लाख बजेट ल्याएका छौं। भौतिक पूर्वाधार मात्र होइन, सामाजिक र आर्थिक विकासका काम पनि अघि बढाउनेछौं। अधुरा सपना यसपालि पूरा गर्दै जाने छौ ।

त्यसपछि सुरु भयो सम्मानको क्षण। फूलको गुच्छा, डाकाको टोपी र दोसल्ला ओढाउँदै पूर्व जनप्रतिनिधीहरुलाई मायाको चिनो थमाइँदा हलमा तालीको गडगडाहट सुनिन्थ्यो। पूर्व वडाध्यक्ष टिकाराम खरेल त भावुकै भएर भन्नुभयो, “आज अग्रजलाई सम्झिएको छ। यो परम्परा निरन्तरता पाए भने नयाँ पुस्ता पनि समाजमा योगदान गर्न अझ प्रेरित हुनेछन्।”

त्यसपछि आयो पुरस्कार घोषणा। उत्कृष्ट टोलमा बालुवाटार टोल विकास संस्था चुनिदा हल उत्साहले भरियो। प्रतिनिधीले ५० हजार बराबरको सामग्री हातमा लिएर दर्शकलाई देखाउँदा बच्चाहरु हर्षित भएर कराउँदै थिए।
कार्यक्रमको बिशेश अतिथिका रुपमा सहभागी दमक नगरपालिकाकी उप प्रमुख रेगिना भट्राई प्रसाईँ पनि उठेर बोल्नुभयो, “राजनीति भनेको समाजको सेवा हो। यहाँका पूर्व जनप्रतिनिधीले आफ्नो जीवन समाजलाई अर्पण गर्नुभएको छ। यसरी बोलाएर सम्मान गर्नु समाजमै सकारात्मक सन्देश हो।”

प्रमुख अतिथी कोशी प्रदेशसभा सदस्य होमबहादुर थापा हलतिर फर्केर मुस्कुराउँदै बोल्नु भयोे, “वडा ८ का अग्रज नेताहरु आज भेट्न पाउँदा गर्व लाग्यो। तपाईंहरुले समाजलाई दिनुभएको योगदान सधैं सम्झनायोग्य छ।” उहाँको बोलीसँगै हलभरि टाउको हल्लाउँदै सहमति जनाइयो।

 

कार्यक्रम सकिँदै गर्दा हल बाहिर निस्कँदै गरेका एक वृद्ध सहभागीले साथीलाई भने, “आज त वडाले राम्रो काम ग¥यो है, हाम्रा दिन सम्झियो। अब यो निरन्तर हुनु पर्छ।”

त्यो वाक्यले सायद कार्यक्रमको सम्पूर्ण सार बोकेको थियो। सम्मानले विगतलाई उज्यालो बनायो, बजेटले भविष्यको बाटो देखायो र टोल पुरस्कारले समुदायलाई नयाँ जोश भ¥यो। वडा ८ को त्यो विशेष दिन सबैको सम्झनामा बस्ने गरी सकियो।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

भोटेकोसीको बाढिले कति जलविद्युत आयोजना बगे? यस्तो छ विवरण

काठमाडौ , १० भदौ । रसुवामा भोटेकोसी नदीमा आएको अप्रत्याशित बाढीका कारण विभिन्न जलविद्युत् आयोजना प्रभावित भएका छन्। ऊर्जा मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार बाढीका कारण

भोटेकोसी बाढीले बैंक तथा वित्तीय संस्थामा क्षति,विवरण सङ्कलन गर्न समस्या

काठमान्डौ,१० भदौ । भोटेकोसी नदीमा आएको बाढीले रसुवाका विभिन्न बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयमा क्षति पुगेको छ। टेलिफोन सम्पर्क अवरुद्ध हुँदा क्षतिको यकिन विवरण

चिनसँग समन्वय खोज्दै सुरक्षा निकाय, बाढीको कारण अझै पत्तो लागेन

काठमाडौ , १० भदौ । रसुवामा बुधबार बिहान एक्कासि आएको भीषण बाढीको कारण अझै खुल्न सकेको छैन। मंगलबार राति वा बुधबार बिहान रसुवा लगायतका क्षेत्रमा

तिब्बततर्फ हिमताल फुट्दा भोटेकोसीमा बाढी आएको आशंका

काठमान्डौ,१० भदौ ।तिब्बततर्फको माथिल्लो क्षेत्रमा हिमताल फुटेपछि आएको बाढीका कारण बुधबार बिहान भोटेकोसी नदीमा एक्कासि जलसतह बढेको आशंका गरिएको छ। बाढीले रसुवाका विभिन्न क्षेत्रमा ठूलो

रसुवामा बाढी, ९ सशस्त्र प्रहरीमध्ये ५ जना सम्पर्कमा

काठमाडौं,१० भदौ ।  रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीमा ड्युटीमा खटिएका ९ सशस्त्र प्रहरीमध्ये ५ जना सम्पर्कमा आएका छन् भने ४ जना अझै बेपत्ता छन्।

बस्ने भयो मन्त्रीपरिषदको बैठक

काठमाडौ , १० भदौ | रसुवामा अप्रत्याशित बाढी आएपछि प्रधानमन्त्री वालेन्द्र शाहले केही बेरमा मन्त्रिपरिषद्को बैठक बोलाउनुभएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद्को बैठक