राहत र सहज नीतिको माग

सुनचाँदीको मूल्य बढेको बढेकै (भिडियो रिपोर्ट

व्यवसाय नै बन्द गरेर वैकल्पिक बाटो रोज्न बाध्य

दमक १७ भदौ । केही हप्ता यता नेपाली बजारमा सुनचाँदीको मूल्यमा आएको उकालो बढोत्तरीले स्थानीय व्यवसायहरूमा गहिरो असर पारेको छ। केही समयअगाडि सामान्य दरले वृद्धि हुँदै आएको सुनको मूल्य अहिले प्रतितोला २ लाख ५ हजार ३ सय रुपैयाँ पुगेको छ। मूल्य वृद्धिसँगै दमकका धेरै सुनचाँदी व्यवसायीहरू संकटमा परेका छन्। कतिपय त व्यवसाय नै बन्द गरेर वैकल्पिक बाटो रोज्न बाध्य भएका छन् ।

 

 

कुनैबेला सुनचादीको पसलमा भीडमभीड लाग्ने गरेको भएपनि अहिलेसुनसान छन् । ग्राहकको चहलपहल शुन्य नै छ । केहि औलामा गन्न सकिने ठूला ब्याबसायीको पसलमा सीमित कारोबार हुने गरेपनि साना ब्याबसायीहरुको भने अबस्था नाजुक नै छ । ब्याबसायी नै धरायसी बन्नुपरेको अबस्था नै छ । दमकमा लामो समयदेखि सुनचादी ब्याबसाय गर्दे आउनुभएका सञ्जिब बिश्वकर्मा निरन्तरको मूलय बृद्धिले कारेबार नै ठप्प रहेको बताउनुभयो । उहाले पुख्यौलीदेखि यहि पेशा गरेको तर अहिले कारोबार नहुदा घरपरिकार नै चलाउन मुस्किल परकोले बिदेशीने अबस्था आएको बताउनुभयो ।

 

 

नेपाली महिलाहरुको महान पर्ब तीज भर्खरै मात्र सकिएको छ । यो समयमा पनि कारोबार सधैको जस्तो नभएको ब्याबसायीहरुको अनुभब छ । पहिले–पहिले अन्य समयमा नभएपनि चाडपर्बका समयमा कारोबार हुने गरेको थियो तर अहिले त्यो समयमा पनि कारोबार ठप्पजस्तै रहेको अर्का ब्याबसायी सरोज लकान्द्री बताउनु हुन्छ ।

 

 

दमक सुनचाँदी व्यवसायी संघका अध्यक्ष काशी खातीका अनुसार मूल्य वृद्धिसँगै सरकारले ल्याएको कर नीतिले पनि व्यवसाय धराशायी बन्ने अवस्था सिर्जना गरेको छ।सरकारले सुनलाई विलासिताको वस्तु भन्दै अतिरिक्त कर लगाएको छ, जसले ग्राहकलाई समेत असर पारेको उहाँ बताउनुहुन्छ।

 

 

सुनचाँदी नेपाली समाजको परम्परा मात्र नभई पहिचानसँग जोडिएको वस्तु हो। तर हालको मूल्यवृद्धि, सरकारी कर नीति र घट्दो ग्राहक चासोका कारण यो क्षेत्र गम्भीर संकटमा परेको छ। स्थानीय व्यवसायीहरू यथाशीघ्र राहत र सहज नीतिको माग गरिरहेका छन्। ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

टिमुरेमा ६ वर्षीया बालिकाको ६० घण्टापछि जीवितै उद्धार

काठमाडौँ , भदौ १३ । रसुवाको टिमुरे क्षेत्रबाट ६ वर्षीया बालिकाको जीवितै उद्धार भएको छ।बुधबार बिहान ९ नबज्दै तिब्बत क्षेत्रबाट आएको बाढीले रसुवागढी हुँदै टिमुरे

रसुवाको बाढीपछि धनगढीकी २४ वर्षीया पुष्पा शाही सम्पर्कविहीन

धनगढी,१३ भदौ । रसुवाको बेत्रावती क्षेत्रमा आएको भीषण बाढीपछि धनगढी उपमहानगरपालिका–५ की २४ वर्षीया पुष्पा शाही सम्पर्कविहीन हुनुन्छ । शाही एनएमबी लघुवित्त वित्तीय संस्था लिमिटेडको

लेदोले विद्यालय पुरियो, कक्षाकोठामै थन्किए विद्यार्थीका झोला

काठमाडौँ , भदौ १३ । भोटेकोशी हुँदै त्रिशुलीमा आएको बाढीका कारण धादिङको गल्छी गाउँपालिका–६ बैरेनी बजारस्थित बागेश्वरी मावि क्षतिग्रस्त छ।विद्यालयको प्रांगण र कक्षाकोठामा लेदोले भरिएको

रसुवाको बाढीपछि बर्दियाका दुई मजदुर चार दिनदेखि बेपत्ता

काठमाडौँ , १३ भदौ। शनिबार दिउँसो १२ बजेर ४१ मिनेट गएको थियो । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल अगाडी शान्तिकुमारी थारुले अस्पतालको शव गृह अगाडीको गेटमा

मुख्यमन्त्री थापा : रसुवाका बाढी प्रभावितको आवागमन सहज बनाउन वैकल्पिक मार्ग खोल्दैछौँ

काठमाडौं, भदौ १३ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले रसुवाका बाढी प्रभावित क्षेत्रका नागरिकको यात्रा सहज बनाउन प्रदेश सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताउनुभएको छ।मुख्यमन्त्री थापाले

पहिचानविहीन शवबीच आफन्त खोज्दै परिवार, आशा मर्दै

काठमाडौँ ,१३ भदौ। त्रिवि शिक्षण अस्पतालमा शवदाह गृह अगाडि आफन्तहरूको घुइँचो छ । अस्पतालको अद्यावधिक विवरण अनुसार अहिलेसम्म २६ जनाको शव आइपुगेको छ । जसमध्ये