नियमनकारीको अभाव

दमकको तरकारी बजारमा फेरि कस्ले र केको नियम पालना गरेका छैनन ?

अभ्यास नभए सम्म दमक नगरपालिकाले नगर प्रहरी परिचालन गराएर त्यसको नियमन गराउने हो भने दमकको तरकारी बजार साच्चै राम्रो र व्यवस्थित बजार बन्ने

दमक, १८ असोज । दमक नगरपालिकाले केही दिन अघि मात्रै दमकको सब्जी बजारमा बजार व्यवास्थापन गर्ने भन्दै ठूला ठूला संकेतिक र्बोडहरु बजारको चारै भागमा राखिदिएको थियो । जुन र्बोडमा सवारी साधन प्रवेश गर्ने ठाउँ , निस्कने ठाउँ कहाँ कहाँ बाट हो भन्ने प्रस्टै लेखिएको छ । यति मात्रै नभएर मालवाहक सवारी साधनहरु पनि बिहान ८ बजे देखि यता छिराईएको पाईएमा कडाईको साथ कारवाही गरिने बताईएको थियो । तर ति नियमको पालना पटक्कै भएको पाइएन ।

 

तरकारी बजार प्रवेश गर्न पूर्व द्धार र निस्कन पश्चिमको द्धार खुल्ला गरिएको छ । चार दिशामा प्रष्टसग लेखिएका होर्डीङ बोर्ड छन् । तर यहाँ तरकारी किन्न आउने र तरकारी पुर्याउन आउने मालवाहक गाडीहरुलाई पनि यी बोर्ड र नियमको कुनै मतलवनै छ । जहाँबाट मन लाग्यो त्यहिबाट हिडिरहिएको छ । नगरपालिकाको नियमको प्रवाह कसैलाई छैन ।

 

 

अझ यहाँ त दिउँसोको समयमा पनि मालवाहक गाडी बजारको बिचमा रोकेर, बाटो नै अबरुद्ध हुने गरि समानहरु धमाधम अनलोड गरिदैछ । सब्जीहरु लिएर आउने मालवाहक गाडीहरु बिहान ८ बजे भित्र आएर र तरकारीहरु दिएर गइसक्नु पर्ने हुन्छ । त्यसरी दिइएको तरकारी तरकारी व्यापारीले आफ्‌नो स्टल भित्रनै व्यवस्थापन गरिसक्नु पर्ने नियम छ । तर त्यसो हुन सकेको छैन । दिनदहाडै किन फुटपाठनै आवागमननै छेकेर गाडी तरकारी मण्डी भित्र प्रवेश गराएको भन्ने प्रश्नमा को १ च ६१७७ नम्बरको पिक अपका चालक योगेन्द्र खड्का भन्नु हुन्छ । सरी गल्ती भयो । थाह पाइन । अव देखि गर्दिन ।

 

 

त्यस्तै दमक सब्जी बजारमा सब्जी व्यापार गर्दै आउनुभएका व्यापारी लिलानन्द साह नगरपालिकाले बजार क्लिन गर्ने अभियान चलाएको राम्रो रहेको प्रतिकृया दिनुहुन्छ । तर नियम सबैलार्य र सबैमा लागु हुनुपर्नेमा उहाँको माग रहेको छ । घोषीत नियमको नियमन गाराउन यहाँ नियमीत नगर प्रहरीको व्यवस्थापन गरिदिने हो भने यसको सहज कार्यान्वायन हुने उहाँको बिस्वास छ ।

 

वर्षौदेखीको अस्त व्यस्त भएको यो बजार अहिले फूटपाथ क्लिन गरेर फराकिलो भएको छ । व्यापारीले फूटपाथ मिच्न पाएका छैनन । बजारको बाहिरपट्टि अनाधीकृत रुपमा दोकान गर्नेहरुको व्यवस्थापन भएको छ । तर केहि नियम अझै लागु भएको छैन । जुन कुराको अभ्यास नभए सम्म दमक नगरपालिकाले नगर प्रहरी परिचालन गराएर त्यसको नियमन गराउने हो भने दमकको तरकारी बजार साच्चै राम्रो र व्यवस्थित बजार बन्ने कुरामा कुनै दुईमत छैन ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धर्म र पर्व : विवाद होइन, सदभावको आधार

काठमाडौँ,१ कार्तीक ।धर्म अत्यन्तै सम्बेदनशील, गहन, जटिल र बहुआयामिक विषय वस्तु हो । धर्मको ‘अर्थ धारणा गर्नु’ अर्थात असल आचरण धारण गर्नु हो । कुनैपनि

२४ घण्टामा सवारी दुर्घटनामा ४ जनाको मृत्यु, २५७ जना घाइते

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ भने २५७ जना घाइते भएका छन् । प्रहरीको तथ्यांकअनुसार देशका

झापामा असोजमा सवारी दुर्घटना र मानवीय क्षति बढी

झापा,१ असोज । झापामा चालु आर्थिक वर्ष २०८३र८४ को असोज महिनामा सवारी दुर्घटना र त्यसबाट हुने मानवीय क्षति अघिल्ला दुई महिनाको तुलनामा बढेको छ ।

अर्जुनधारामा बन्चरो प्रहार गरी वृद्धको हत्या , अभियुक्त पक्राउ

अर्जुनधारा, १ कात्तिक । हिजो शनिबार साँझ झापाको अर्जुनधारामा वृद्धको हत्या गर्ने अभियुक्त २८ वर्षीय रविन लिम्बू छिमेकी भएको खुलेको छ । साँझ ७ बजेतिर

बाढीले तहसनहस बेत्रावती अझै खण्डहर

काठमाडौं,१ कार्तीक । गत भदौ १० गते तिब्बततर्फबाट रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले तहसनहस पारेको बेत्रावती बजार हाल खण्डहर र बगरमा परिणत भएको छ

२१ दिनपछि सञ्चालनमा आयो कालीगण्डकी करिडोर प्रसारण लाइन

काठमाडौं,१ असोज । गत असोज ११ गतेको अविरल वर्षासँगै आएको बाढीपहिरो र कालीगण्डकी नदीको कटानका कारण क्षतिग्रस्त कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइनअन्तर्गतको म्याग्दीको दाना–राहुघाट