उर्लाबारीमा श्रमदान

सार्वजनिक स्थलको सरसफाई र सुन्दरता थप्ने अभियानमा जुटेको यो समुह

अटेर गरी फोहोर गरेमा आगामी आस्विन १ गतेदेखि जरिवाना गरिने

उर्लाबारी, २१ भदौ । मोरङ्गको उर्लाबारी–३, मंगलबारे बजार । शनिबार अर्थात श्रमबारको बिहानको समय । हातमा कुचो, झाडु र सरसफाई गर्न स्थानीयबासीहरु जुर्मराएको निस्केको भीड । देखाउनकालागी भन्दा पनि यहाँ सुन्दर र आकर्षक गराउनकालागी सबैजना काममा तल्लीन देखिन्थे ।

यो सरसफाई आजमात्रै चाहि भएको हैन । एक दिन झाडु समातेर बडार्दै गरेको फोटो र भिडियो बनाएर हाल्नकालागी मात्रै पन गरिएको हैन । मंगलबारे चौक तथा ईलाका प्रशासन कार्यलय जाने मार्ग आसपास सरसफाई गर्ने कार्य निरन्तरर्ता दिइदै दिइएको हो ।

 

अनी यसको आयोजक चाहि को हो त ? राष्ट्रिय स्वतन्त्र पार्टि र्‍यापिड एक्सन टिमको आयोजनामा चौक, सडक, आ–आफ्‌नो घर, पसल अगाडी आफैले सफा–सुग्घर राखां भन्ने सन्देश दिन सरसफाई कार्यक्रमलाई निरन्तरता दिईएको र्‍यापिड एक्सन टिमका मोरङ्ग जिल्ला संयोजक संजय कुमालले जानकारी दिनुभयो ।

 

आ–आफ्‌नो अगाडी आफैले सफा–सुग्घर राखौं भन्ने सन्देशलाई आत्म सात गर्दै मंगलबारे युवा क्लब, मंगलबारे भेट्रान क्लब, स्थानिय वडाबासी, समाजसेवी, नगर प्रहरी लगायतको उपस्थितीमा सरसफाई कार्यक्रमलाई निरन्तरता दिईएको उर्लाबारी–३,का वडाध्यक्ष तथा नगर प्रवक्ता भिष्मराज वुढाथोकीले जानकरी दिनुभयो ।

 

क्रमश वडाका बिभिन्न सार्बजनिक चौक, बजार लगायत विभिन्न सार्बजनिक स्थलहरुहुदै नगर भरिनै सरसफाई कार्यक्रमलाई निरन्तरता बढाईएको नगर प्रवक्ता वुढाथोकीले जानकारी दिनुभयो । सामाजिक कार्यलाई सघाउने र आ–आफ्‌नो ठाउ बनाउन स्थानिय सवैको उत्तिकै दायित्व रहने मंगलबारे युवा क्लब तथा मंगलबारे भेट्रान क्लबका सल्लाहकार सोमप्रसाद तिम्सिनाको भनाई छ ।

 

अहिले नगरका सार्बजनिक सडक,चौक, बजार लगायत क्षेत्रहरुमा सरसफाई गरिने, सम्झाउने कार्य गर्दा समेत घरधनी, ब्यापारी, डेरावाला सवैले अटेर गरी फोहोर गरेमा आगामी आस्विन १ गतेदेखि जरिवाना गरिने नगर प्रमुखगंगा प्रसााद खरेलले चेतावनी दिनुभएको छ ।

 

विगतका बर्षहरुमा समेत नगरका बिभिन्न सार्बजनिक स्थल, चौक, बजार लगायत क्षेत्रहरुमा सरसफाई तथाखोलाआसपास तटबन्धन, दैेविकप्रकोप स्थलहरुमा उद्दार र स“कटमा परेकाअसहायहरुलाई सहयोग गरेर चर्चामाआएकानगर प्रमुखगंगा प्रसााद खरेलले सडकविस्तार, मिचिएका संरचनाहरु भत्काउने, बर्षायाम सकिदै नेपालीहरुको चाडबाढ लागे स“गै नगरकाविभिन्न स्थलहरुलाई सरसफाई गरि गमला र फूलकाविरुवाउपलब्ध गराई उर्लाबारी नगरीलाई सजिसजावट गर्ने लक्ष्ँ रहेको जानकारी दिनुभयो ।

भिडियो रिपोर्ट हेर्न तलको टिक टिक लिंक क्लिक गर्नुहोला ।

https://www.tiktok.com/@ujyaalokhabar4/video/7546900158903012616?is_from_webapp=1&sender_device=pc

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमक गोल्डकप गराउन वाणिज्य संघ तयार

दमक, ३ भदौ। दमकमा तीन वर्षदेखि दमक गोल्डकप फुटबल प्रतियोगिता हुन सकेको छैन। नेपालमै सर्वाधिक पुरस्कार राशि भएको प्रतियोगिताका रूपमा चिनिएको दमक गोल्डकप सञ्चालन हुन

सांसद र मन्त्रीहरूलाई रवि लामिछानेको चेतावनी : सच्चिनुहोस्, गतिविधि पारदर्शी बनाउनुहोस्

काठमाडौं,३ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बुधबार मन्त्री र सांसदहरूसहित संसदीय दलको बैठक राखेर कडा निर्देशन दिनु भएको छ।दलका नेता वालेन्द्र

बर्दियामा समस्याग्रस्त पाटे बाघ नियन्त्रणमा

बर्दिया,३ भदौ । बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने गेरुवा गाउँपालिका–४ स्थित पाटालचुली सामुदायिक वनबाट समस्याग्रस्त पाटे बाघलाई नियन्त्रणमा लिइएको छ। बर्दिया राष्ट्रिय निकुञ्जका प्राविधिक,

४ महिनामा सर्पदंशबाट ६६ जनाको मृत्यु

काठमाडौँ,३ भदौ । देशभर सर्पदंश (सर्पको टोकाइ) का कारण पछिल्लो चार महिनामा ६६ जनाले ज्यान गुमाएका छन्। स्वास्थ्य सेवा विभाग अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण

काँडेतारले वन्यजन्तु रोक्दै पाल्पाको ख्याहामा खेती जोगाउने अभियान

पाल्पा ,३ भदौ । रिब्दीकोट गाउँपालिका–१, ख्याहामा बाँदरलगायत वन्यजन्तुबाट खेतीबाली जोगाउन वडा कार्यालयले खेतमै हेरालु परिचालन गरेको छ। बाँदर, बँदेल, दुम्सी, मृगलगायतका वन्यजन्तुले मकैबालीमा क्षति

आकाशे पुल एकातिर, ज्यान जोखिममा पारेर चक्रपथ पार गर्दै यात्रु

काठमाडौँ,३ भदौ । सुरक्षित आवागमनका लागि करोडौँ खर्चेर बनाइएका आकाशे पुललाई बेवास्ता गर्दै चक्रपथमा पैदलयात्रुहरू दैनिक ज्यानकै बाजी लगाएर सडक पार गरिरहेका छन्। बालकुमारीदेखि सातदोबाटो,