हिंस्रक बन्यो आन्दोलन

शान्त्तीपूर्ण चलीरहेको दमकको जेन जी आन्दोलन कसरी मोडीयो आगजानी र तोडफोडमा ?

यसरी नियन्त्रण भन्दा बाहिर गएको यो आन्दोलन अझै अनियन्त्रीत बन्ने निश्चित
दमक, २३ भदौ । दमकको मुख्य चोक । आकाशे पुलमुनीको सडकको किनार । दुई किनारमा उभीएर आफ्ना माग र आन्दोलनको अर्थ लेखिएका प्ले कार्ड बोकेर यूवाहरु आन्दोलन गरिरहेका थीए ।
शान्त्तीपूर्ण ढंगले  आन्दोलन गर्ने र यसबाट कसैलाई हानी र क्षती नपुर्याइ आफ्ना मागहरु निरन्तर राखी रहने उनीहरुले आफ्ना कार्यक्रमहरु घोषणा गरेका थीए । प्रहरी र प्रशाषनले पनि शान्त्तीपूर्ण आन्लोदन गर्न अनुमिती समेत दिएको थियो । सुरक्षाको व्यवस्था र प्रवन्ध मिलाउने प्रतिवद्धता पनि जनाएको थियो । जस अनुसार आन्दोलन गर्ने स्थल दमक चोकमा जनपथ प्रहरी , शशस्त्र प्रहरीको वाक्लो उपस्थिती रहेको थियो ।
सबैमा एक प्रकारको निराशा छाएको थियो । आक्रोस प्रष्टै देखिन्थ्यो । उनीहरुको आक्रोस एउटै थियो राज्य संयन्त्र सहि ढंगले चलेन । भ्रष्टचार अत्याधीक भयो । कर्मचारी र नेताका छोराछोरीले आलीसान जीवन बिताए । हामी सर्र्वसाधारणका छोराछोरीले बेरोजगार भएर विदेशीन बाध्य भइयो । उनीहरुले लेखेको प्ले कार्डमा पनि यही नै सन्देश देखिन्थ्यो । अत्यन्तै जायज र परिवर्तन चाहिने शशक्त माग हुन यी । तर यी मागलाई उनीहरुले जसरी शान्त्तीपूर्ण बनाउने भनीरहेका थीए । तर त्यस्तो भएन । सुरुमै पनि ट्राफिक र प्रहरी प्रशाषनकै अगाडी मोटरसाईक स्टण्डका दृष्यहरु देखिनै रहिएको थियो ।
यस बिचबाट कोहि यूवाको आवाज आयो । र्याली निकालौ । दमक नगरपालिका तर्फ जाउँ । जोशीला यी यूवा शक्ति नगरपालिका तर्फ अघी बढे । नगरपालिकाको गेट अगाडी पुगेपछि त्यहि भीडबाट नगरपालिकाको गेट तर्फ ढुङ्गामुडा हुन थाल्यो । सबैले एकै छिनमा त्यहाँको अवस्था असामान्य बन्यो । भीडलाई नियन्त्रण लिन प्रहरीले अश्रुग्यास र हवाई फायर नै गर्नु पर्ने अवस्था आयो ।
त्यसपछि अवस्था झन झन आक्रोसित बन्दै गयो । दमक नगरपालिका भीत्रनै प्रदर्शनकारीहरु प्रवेश गरे । नगरपालिकाको पार्कीङ स्थलमा सेवाग्राहि कर्मचारी तथा जनप्रतिनिधीको पार्कीङ गरेर राखेको मोटरसाईकलमा आगजानी भयो । गेट अगाडी पनि सर्वसाधरणको मोटरसाईकलमै आगो लगाइएको थियो । नगरपालिका तर्फ ढुङ्गा प्रहार निरन्तर भइ रह्यो । नगरपालिकाको बाहिर पट्टि क्षती भयो । नगर प्रहरी बस्ने सुरक्षा पोष्टको सबै सामान तोडफोड गरियो । त्यहाँ रहेका केहि रेकर्ड फायल जलाइयो । नगरभरी नीगरानी गर्नका लागी राखीएको कन्ट्रोलर पनि तोडीयो । भीत्रको एम्बुलेन्समा समेत ढुङ्गा प्रहार पछि फुटाइयो । यसपछि नगरपालिका भीत्रैबाट प्रहरीले ६ राउण्ड हवाई फायर गर्यो । मुडभेड भयो । यसैका कारण एक दर्जन बढि प्रदर्शनकारी घाईते भए भने कयौ प्रहरी पनि घाईते भए ।
यसरी प्रहरीसगको झडपमा परेर घाईते भएकाहरुको उपचार र यो सम्पूर्ण घटनाको जिम्मेवारी सरकारले लिनुपर्ने उनीहरुले माग गरेका छन् ।
यसपछि केहि बेर चर्का नारा लगाउँदै उनीहरु नगरपालिकाको गेट अगाडी प्रदर्र्शन गरे । कसैले ढुङ्गा प्रहार नगर्ने, अराजक नबन्ने, र सम्यम भएर नाराजुलुस मात्रै गरेर आन्दोलन गरेर उनीहरु बसे । फेरी यही भीडबाट दमकमा रहेको केपि ओलीको घर फोर्न जाँउ भन्ने आवाज गुन्जीयो । प्रधानमन्त्रीकै विरुद्धमा आन्दोलन र नारा लगाइरहेका उनीहरु नगरपालिकाबाट फनक्कै फर्के र दमक ९ मा रहेको प्रधानमन्त्री केपि शर्मा ओलीको अस्थाई घर तर्फ लागे । त्यहाँ प्रहरीको बाक्लो उपस्थिती थियो । प्रहरीको यस्तो तैनाथ पछि पनि घर तोडफोडको प्रयास भयो । प्रहार गरिएको ढुङ्गाले घरमा क्षती नगरेपछि मजदुरी गरेर सिटि रिक्सामा क्षती भयो ।
यसरी नियन्त्रण भन्दा बाहिर गएको यो आन्दोलन अझै अनियन्त्रीत बन्ने निश्चित छ । यसले यूवाहरु परिवर्तन त चाहेका छन् । तर यसरी सार्वजनिक सम्पत्तीमा तोडफोडबाट भएको क्षती पनि हाम्रै करबाट संकलीत रकमबाट बनेको हो र यी सम्पत्ती पनि हाम्रो पनि हो भन्ने बुझ्न चाहि आवश्यक छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

भोटेकोसीको बाढिले कति जलविद्युत आयोजना बगे? यस्तो छ विवरण

काठमाडौ , १० भदौ । रसुवामा भोटेकोसी नदीमा आएको अप्रत्याशित बाढीका कारण विभिन्न जलविद्युत् आयोजना प्रभावित भएका छन्। ऊर्जा मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार बाढीका कारण

भोटेकोसी बाढीले बैंक तथा वित्तीय संस्थामा क्षति,विवरण सङ्कलन गर्न समस्या

काठमान्डौ,१० भदौ । भोटेकोसी नदीमा आएको बाढीले रसुवाका विभिन्न बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयमा क्षति पुगेको छ। टेलिफोन सम्पर्क अवरुद्ध हुँदा क्षतिको यकिन विवरण

चिनसँग समन्वय खोज्दै सुरक्षा निकाय, बाढीको कारण अझै पत्तो लागेन

काठमाडौ , १० भदौ । रसुवामा बुधबार बिहान एक्कासि आएको भीषण बाढीको कारण अझै खुल्न सकेको छैन। मंगलबार राति वा बुधबार बिहान रसुवा लगायतका क्षेत्रमा

तिब्बततर्फ हिमताल फुट्दा भोटेकोसीमा बाढी आएको आशंका

काठमान्डौ,१० भदौ ।तिब्बततर्फको माथिल्लो क्षेत्रमा हिमताल फुटेपछि आएको बाढीका कारण बुधबार बिहान भोटेकोसी नदीमा एक्कासि जलसतह बढेको आशंका गरिएको छ। बाढीले रसुवाका विभिन्न क्षेत्रमा ठूलो

रसुवामा बाढी, ९ सशस्त्र प्रहरीमध्ये ५ जना सम्पर्कमा

काठमाडौं,१० भदौ ।  रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीमा ड्युटीमा खटिएका ९ सशस्त्र प्रहरीमध्ये ५ जना सम्पर्कमा आएका छन् भने ४ जना अझै बेपत्ता छन्।

बस्ने भयो मन्त्रीपरिषदको बैठक

काठमाडौ , १० भदौ | रसुवामा अप्रत्याशित बाढी आएपछि प्रधानमन्त्री वालेन्द्र शाहले केही बेरमा मन्त्रिपरिषद्को बैठक बोलाउनुभएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद्को बैठक