दमकको जेन जी समुहको दोस्रो दिनको आन्दोलन : यस्तो छ क्रमागत विवरण

दमक, २४ भदौ ।दमक नगरपालकाको मुख्य चोक क्षेत्र । आकाशे पुलको मुनी शान्त्तीपूर्ण प्रर्दशन भइरहेको थियो । त्यसपछि इलाका प्रहरी कार्यालय हुदै नगरपालिकाको कार्यालय तर्फ प्रदर्शनकारीको भीड अघी बढेको थियो । प्रहरी कार्यालयमा त्यहि बेला आक्रमण गर्ने हो कि भन्ने गरि प्रहरीहरु प्रदर्शनकारी देख्ने वित्तीकै तयारी अवस्थामा बसेका थीए । तर त्यहाँ एक मिनेट पनि होल्ड नभइ प्रदशर्नकारीहरु नगरपालिका तर्फ अघी बढे । त्यसपछि बाटोमै पर्ने नगर प्रमुख राम थापाको घर घेरे । घरमै बसी रहनु भएका मेयर राम थापालाई बाहिर निकालीयो । आन्दोलनका बारेमा आफ्नो धारणा लगाउन लगाइयो । उहाँले आफ्नो समर्थन रहेको बताउनु भयो । अनी घर भीत्र पस्नु भयो । तर घर भीत्र जान खोज्दा उहाँलाई फेरी बाहिर निकालीयो र सगै हिडाइयो । त्यसपछि नगरपालिका अगाडी पुर्याएर भाषण गर्न लगाइयो ।

उहाँले भाषण गरेपछि उहाँलाई उहाँका कार्यकर्ताहरुले सुरक्षीत स्थानमा लगीहाले । मेयरको प्रस्थानपछि नगरपालिका तोफोड नगरौ भन्दै एउटा समुह चोक तर्र्फै फर्कियो । तर अर्को समुह त्यहि बस्यो । अनी नगरपालिका तोफोड सुरु भयो ।

यो काम तोफोडमा मात्रै सिमित भएन । नगरपालिका भीत्र प्रदर्शनकारी पसे । भीत्र रहेका प्रहरी भागे । अनी नगरपालिका भीत्रका भवनमा हुर हुरी आगो लगाइयो । सबै कागजपत्र जलाउने काम भयो । आगो निभाउलान कि भनेर भीत्रको बारुणयन्त्रलाई पनि बाहिर निकाल्यो ।

यसपछि प्रदर्शनकारीहरु सोझै केपि शर्मा ओलीको अस्थाई निवास दमक ९ तर्फ लागे । सुरुमा प्रहरीले सुरक्षा दिने प्रयास गरेपनि हजारौ संख्यामा आएका प्रदर्शनकारीहरुका अगाडी प्रहरी निरिह बन्यो । प्रहरी घरबाट निस्क्यो । प्रदर्शनकारीले घर भीत्रै पसेर तोडफोड गर्दै तल र माथी आगो लगाइदिए ।

यसछि नजिकैै रहेको नेकपा एमालेको पार्टि कार्यालयमा पनि उनीहरुले आगो लगाइदिए । पार्टि कार्यालयका फर्निचर तथा अन्य सामान बाहिर निकाले र आगलागाएर निस्के । अनी कार्यालययको भीत्रको भागमा पनि आगलागाएर प्रदर्शनकारी त्यहाँबाट निस्के ।
यसपछि प्रदर्शनकारी माओवादी पार्टिको कार्यालय तर्फ लागे । आलीसान भवन रहेको माओवादी पार्टि कार्यालय क्षणभरमै तहस नहस भयो । हुर हुरी बल्यो र जल्यो ।

पार्टि कार्यालयमा आगो लगाएदिएपछि यही ठाउँमा रहेका माओवादीका विवादीत नेता र विषेश अदालतले सरकारी जमिन किर्ते गरेको भन्दै दोषी समेत ठहर्याएका रेवतराज पुरी गगनको घरमा पनि आगो लगाइदिए । निकै शानदार पुरीको भवनमा प्रदर्शनकारीहरुले आगजानी गरिदिए ।

यसपछि दमक ५ स्थित केपि शर्मा ओलीका घर र भौतीक पूर्वाधार मन्त्री देवेन्द्र दाहालको घरमा पनि आगलागी गरियो । यसलगत्तै टोली दमक ३ स्थित भ्यू टावरमा पुगेर आगलागी गर्यो । भव्य बनेको व्यापारीक कम्लेक्सको भीत्र र बाहिर पट्टिनै आगजानी गरिदिए ।

यसपछि इलाका प्रहरी कार्यालय दमकमा हजारौ प्रदर्शनकारी पुगे । बाक्लो संख्यामा रहेका प्रदर्शनकारीहरुको उपस्थिती रहेका थीए । त्यो देखेर प्रहरी कार्यालयमै रहेका सबै प्रहरीहरु हतोत्साहि भए । हात उठाउदै आत्मसमर्पाण गरेर बाहिर निक्सदै गरेका प्रहरीहरुलाई प्रदर्शनकारीहरुले एक्कासी झम्टीए । क्षणभरमै रक्तपात बन्यो । प्रहरीहरुमाथी प्रदर्शनकारीले भाला रोपे । भकर्नु भकुरे ।

यसपछि दमक स्थित ट्राफिक प्रहरी कार्यालयको भवनमा पनि तोडफोड गरे र आगजानी गरे । कार्यालयमा रहेका सबै कागजात नष्ट भए ।

जेन जी समुहले गरेको यो प्रदर्शन र आन्दोलनले ल्याउन खोजेको परिर्वतन भ्रष्टचारको अन्त्य हो । समानताको विकास हो । तर यी काम वार्ता र संवादबाट पनि संभव थीए । अझै पनि सम्भव छ । अव संयम हुनै पर्छ । धेरै संरचना भत्की सके । सरकार ढलिसक्यो । सेनाले वार्ताकालागी आह्वान गरिसक्यो । त्यसैले अव नभत्काउ । अव निर्माणमा लागौ । जसरी भत्काउन जुटेका थीयौ । अव यसको पूःन निर्माणमा कसरी जुट्ने त्यो सोचौ र गर्न थालौ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

भोटेकोसीको बाढिले कति जलविद्युत आयोजना बगे? यस्तो छ विवरण

काठमाडौ , १० भदौ । रसुवामा भोटेकोसी नदीमा आएको अप्रत्याशित बाढीका कारण विभिन्न जलविद्युत् आयोजना प्रभावित भएका छन्। ऊर्जा मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार बाढीका कारण

भोटेकोसी बाढीले बैंक तथा वित्तीय संस्थामा क्षति,विवरण सङ्कलन गर्न समस्या

काठमान्डौ,१० भदौ । भोटेकोसी नदीमा आएको बाढीले रसुवाका विभिन्न बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयमा क्षति पुगेको छ। टेलिफोन सम्पर्क अवरुद्ध हुँदा क्षतिको यकिन विवरण

चिनसँग समन्वय खोज्दै सुरक्षा निकाय, बाढीको कारण अझै पत्तो लागेन

काठमाडौ , १० भदौ । रसुवामा बुधबार बिहान एक्कासि आएको भीषण बाढीको कारण अझै खुल्न सकेको छैन। मंगलबार राति वा बुधबार बिहान रसुवा लगायतका क्षेत्रमा

तिब्बततर्फ हिमताल फुट्दा भोटेकोसीमा बाढी आएको आशंका

काठमान्डौ,१० भदौ ।तिब्बततर्फको माथिल्लो क्षेत्रमा हिमताल फुटेपछि आएको बाढीका कारण बुधबार बिहान भोटेकोसी नदीमा एक्कासि जलसतह बढेको आशंका गरिएको छ। बाढीले रसुवाका विभिन्न क्षेत्रमा ठूलो

रसुवामा बाढी, ९ सशस्त्र प्रहरीमध्ये ५ जना सम्पर्कमा

काठमाडौं,१० भदौ ।  रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीमा ड्युटीमा खटिएका ९ सशस्त्र प्रहरीमध्ये ५ जना सम्पर्कमा आएका छन् भने ४ जना अझै बेपत्ता छन्।

बस्ने भयो मन्त्रीपरिषदको बैठक

काठमाडौ , १० भदौ | रसुवामा अप्रत्याशित बाढी आएपछि प्रधानमन्त्री वालेन्द्र शाहले केही बेरमा मन्त्रिपरिषद्को बैठक बोलाउनुभएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद्को बैठक