यी गीत जसले दशैलाई सँधै जीवन्त बनाइराख्छ

चर्चा गरिएका गीतहरु साढे दुई दशकको अवधिमा दर्शक–श्रोताका मुख झुण्डिन सफल भएका हुन् । अहिले पनि यी गीतहरु उत्तिकै चर्चित छन् ।

दमक , १६ असोज । नेपालीहरूको महान् चाड वडा दशैँ नजिकिँदै गर्दा यसको रौनक गाउँदेखि शहरसम्म फैलिन थालेको छ। दशैँको सुरुवातसँगै बजारमा यस पर्वसँग सम्बन्धित गीत–संगीतको बहार पनि सुरु हुन्छ। रेडियो, टेलिभिजन, युट्युबदेखि सामाजिक सञ्जालसम्म दशैँका गीतहरू बज्न थालेपछि साँच्चै दशैँ आएको अनुभूति हुन्छ।परिवारको भेटघाट, रमाइलो जमघट, खानपिनसँगै दशैँ गीत बज्दा चाडको माहोल झन् उत्सवमय बन्छ। पछिल्ला वर्षहरूमा थुप्रै नयाँ दशैँ गीत सार्वजनिक भइरहे पनि आम नेपालीको रोजाइमा अझैपनि पुराना गीतहरू नै अगाडि देखिन्छन्। ती गीतहरू जसले सांस्कृतिक मौलिकता, भावना, र परदेशीको पीडालाई छोएको छ।े दशैँताका बढी बज्ने गीत हो ‘होओ‘ दशैँ आयो’ । अर्थात, ‘चरि ररी री रै’, चलचित्र मुगलानमा समाबेश भएको यो गीत बढी मात्रमा सुनिने गर्छ ।

 

त्यस्तै, दशैँमा गीतको चर्चा गर्दा गायक सुगम पोखरेललाई छुटाउनै मिलेन । दशैँमा सर्वाधिक बज्ने गीत उनको स्वर रहेको ‘दशैँ तिहार’ हो । साढे २ दशकअघि सार्वजनिक भएको यो गीतमा अहिले टिकटक बनाउने क्रम बढ्दो छ ।

 

त्यसैगरि सशस्त्र प्रहरीको ‘धानकै बाला झुलौंला’ गीतले पनि उत्तिकै स्थान पाउने गरेको छ । देशको सुरक्षर्थ खटिएका सुरक्षाकर्मीहरुको ब्याथालाई समेटेर बनाईएको यस गीतमा घरबाट टाढा रहेर दशैमा परिवारलाई सम्झना गरेको देख्न सकिन्छ । अर्थात, बिदा नपाएर ब्यारेकमै दशैँ मनाएका प्रहरीहरुको ‘बेदना’मा यो गीत तयार पारिएको छ ।यो गीत २०६२ सालमा तयार गरिएको हो ।

 

गायक कृष्णभक्त राई र लक्ष्मी न्यौपानेको स्वरमा रहेको ‘नमुछे आमा दहीमा टीका’ गीतले दशैँमा घर जान नपाएका परदेशीकोे पीडा बालेको छ । यो गीत पनि दशैँको बेला घरदैलोमा बज्ने गीतमध्ये एक हो ।

 

दसैंमा बज्ने गीतमध्ये ‘रातो टीका निधारमा’ उत्तिकै लोकप्रिय छ। चलचित्र अल्लारेमा समाबेश गरिएको यो दशै सम्बन्धीको गीतलाई पछिल्लो पटक चलचित्र रातो टिका निधारमा चलचित्रमा रिमेक गरिएको छ ।

माथि चर्चा गरिएका गीतहरु साढे दुई दशकको अवधिमा दर्शक–श्रोताका मुख झुण्डिन सफल भएका हुन् । अहिले पनि यी गीतहरु उत्तिकै चर्चित छन् । त्यसो त पछिल्ला बर्षहरुमा गीत दशैको गीत सार्बजनिक नभएका भने हैनन् । तर समयकाल अनुरुप आउन नसक्दा श्रोता र दर्शकको मनमा भने पुरानै गीतले स्थान पाईरहेको छन् । तिनै गीतलाई खोजी खोजी सुन्ने गरिएको पाईन्छ ।

https://www.facebook.com/share/v/19sDBtixJQ/

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

पत्रकार किशोर श्रेष्ठविरुद्ध रास्वपा नेता हिमेश पन्तद्वारा साइबर ब्युरोमा उजुरी

काठमाडौं , असोज ३०। कलाकार तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य हिमेश पन्तले पत्रकार किशोर श्रेष्ठविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दर्ता गराउनुभएको

७१औँ प्रहरी दिवसमा उत्कृष्ट प्रहरी र अमर प्रहरीका सन्तति सम्मानित

काठमाडौं , असोज ३०। ७१औँ प्रहरी दिवस २०८३ को अवसरमा आयोजित विशेष समारोहमा विभिन्न विधामा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारी,अवकाशप्राप्त अधिकारी तथा अमर प्रहरीका सन्ततिहरूलाई

सरकारद्वारा खुला प्रतिस्पर्धाबाट विभिन्न सार्वजनिक निकायमा ६११ पदाधिकारी नियुक्त

काठमाडौं , असोज ३०। सरकारले पछिल्लो अवधिमा विभिन्न मन्त्रालय तथा सार्वजनिक निकायहरूमा खुला प्रतिस्पर्धा र पारदर्शी प्रक्रियामार्फत ६११ जना पदाधिकारी नियुक्ति गरेको छ । प्रधानमन्त्री

मन्त्रिपरिषद् बैठक : गहुँको समर्थन मूल्य निर्धारण, जापान र जर्मनीको अनुदान स्वीकार गर्ने निर्णय

काठमाडौं , असोज ३०। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गरिएको छ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले मन्त्रिपरिषद्का १३ मुख्य निर्णय सार्वजनिक गरेका

दशैंमा पिङ खेल्ने हो ? दमकका यी यूवाको सकृयतामा ठडीयो यी ठाउँमा पीङ

दमक, ३० असोज। गाउँघरमा दशैं आएको छनक नयाँ लुगा, मीठो परिकार र रातो टीकासँगै आकाश छुने लिङ्गे पिङले पनि दिन्थ्यो। पिङ मच्चाउँदै रमाउने बालबालिका, पालो

चिकित्सा शिक्षा आयोगद्वारा स्नातक र उच्च तहका सिट निर्धारण, सरकारी संस्थामा सिट वृद्धि

३० असोज, काठमाडौं । चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०८३/०८४ का लागि चिकित्सा शिक्षाका विभिन्न तहमा सिट निर्धारण गरेको छ । आयोगको २८औँ बैठकले स्नातक,