जेन जी आन्दोलन प्रभाव :विदेशमै रोकीए आफन्त , आउन पाएनन घर , दशै बन्यो खल्लो

जेन जी आन्दोलनका नाममा भएको उदण्ड हर्कत र प्रर्दशनका कारण यसको प्रभाव देश तथा विदेशमा समेत पर्यो

दमक, १५ असोज । जेन जी आन्दोलको प्रभाव कहाँ देखी कहाँ सम्म परिहेको छ भन्ने कुरा क्रमश त्यसका असरहरु बाहिर आएपछि थाह हुँदै छ । वर्षौ सम्म विदेशमा काम गरिरहेकाहरु यो वर्षको दशैमा आउन ठिक्क परेका भएपनि अहिले दशैको मुखैमा जेन जीको आन्दोलन भएपछि आफ्नो घर र्फकन रोकीए । यता आफन्त पर्खीरहेका छन् । उता परदेशी घर सम्झीरहेको छ । घर देश र परदेशको सम्बन्धलाई समेत जेन जी आन्दोलनले टुटाई दिएको भन्दै घरदेशमा भएकाहरुले दुखेसो पोखेका छन् ।

 

दमक ९ का खड्ग बहादुर विस्वकर्माका अधिकांश आफन्त र साथीभाई विदेशमा हुनुहुन्छ । काम गर्र्न भन्दै विदेशीएका आफन्तहरु वर्षौै भयो । तर यो पटक चाहि दशैमा फर्कने योजना बनेको थियो । तर जेन जी आन्दोलनका कारण फर्कनेहरु फर्कन चाहेनन । यहाँ भएको जेन जी आन्दोलनको प्रभावले गर्दा आउन त आइएला फेरी नेपालीहरु घरमै बस्नु भन्ने सन्देश पो आउने हो कि भन्ने डर र चीन्ताले पनि विदेशमा रहेका आफन्तहरु घर फर्कन चाहेनन । जसले गर्दा वर्षौ देखीको पारीवारीक मिलनको अवसर जेन जी आन्दोलनकै कारण टुटेको छ ।

 

यस्तै झापा शिवसताक्षीका बेनु प्रसाद प्रसाईलाई पनि यो पटकको दशै खल्लो लागेको छ । किनकी यो पटकको देशको स्थिती र परिस्थितीले तरकारीमा नुन नहाल्दाको स्वाद जस्तो हुन्छ यो पटकको दशै त्यस्तै भएको उहाँको प्रतिकृया छ । किनकी उहाँका पनि आफन्त विदेशबाट आउनेवाला हुनुहुन्थ्यो । तर स्वदेश आएपछि फेरी आन्दोलन होला, प्रदर्शनका कारण फर्कने समयमा यतै अड्कीनु पर्ने पो हो कि भन्ने डरका कारण घर आउन चाहेका आफन्तहरुपनि आउन नचाहेको उहाँले बताउनु भयो ।

यसैगरी दमककी राधीका सापकोटा बजगाईलाई पनि यो पटक खल्लो लागेको छ । उहाँको श्रीमान त स्वदेशमै हुनुहुन्छ । तर अन्य आफन्त , चेली माईती तथा भान्जा भान्जीहरु परदेशमा छन् । दशैको बेलामा भेला हुने र रमाईलो गर्ने सम्बन्ध र आफन्त तीनै हुन । तर उनीहरुनै स्वदेशमा नभएका पछि र विदेशमै भएपनि नआएपछि के रामाईलो होला र ? प्रश्न गर्दै उहाँले भन्नु भयो खासै रमाईलो लागेको छैन यो पटकको दशै । निकै दुख लागेको छ । दशैमा चाहि आउने भनेका आफन्तहरु पनि आउन पाउनु भएन । उहाँले प्रतिकृया दिनुभयो ।

 

हो जेन जी आन्दोलनका नाममा भएको उदण्ड हर्कत र प्रर्दशन कारण यसको प्रभाव देश तथा विदेशमा समेत परेको छ । देशमा पारेको असर देशैमा बसेर जुध्न सकिएला तर विदेशमा नेपाल र नेपालीकालागी हेरिने दृष्टिकोण भने फरक बन्ने र अझ सवेदनशील बन्ने हो कि भन्ने चीन्ता चाहि बढाएको छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

नेपाली फुटबलको इतिहासमै पहिलो पटक गम्भीर संकट

काठमाडौँ,११ असार । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)लाई निलम्बन गरेको घट्नाले नेपाली खेलकुदको क्षेत्रमा गम्भीर हलचल ल्याइदिएको छ । फिफा

राष्ट्रपतिद्धारा वैकल्पिक विधेयक प्रमाणीकरण

काठमाडौं,१२ असार । राष्ट्रपति रामचन्द्र पौडेलले वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८३ प्रमाणीकरण गर्नु भएको छ ।   बिहीबार राष्ट्रपति कार्यालयले जारी गरेको सूचना अनुसार

परीक्षाको नतिजा पारदर्शी र समयमै छ : शिक्षामन्त्री

काठमाडौं,११ असार । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले राष्ट्रिय परीक्षा बोर्डको नतिजा प्रकाशन प्रक्रिया पारदर्शी र निर्धारित समयमै सम्पन्न गरिएको बताउनु भएको छ। सामाजिक

दमक क्याम्पसमा बन्दै छ “स्मोकिङ जोन, आफ्नै “स्विमिङ पुल समेत

दमक | ११ असार | तपाईलाई सुन्दा अपत्यारिलो लाग्ला । विद्यार्थी अध्ययन गर्ने थलोमा “स्मोकिङ जोन” पनि बन्नेछ । यदि तपाईं नेपाल बाहिरका अन्तरास्ट्रिय क्याम्पसमा

रास्वपाको दस्तावेजमाथि सुदन किराँतीको टिप्पणी

काठमाडौं,११ असर । श्रम संस्कृति पार्टीका वरिष्ठ नेता तथा पूर्वमन्त्री सुदन किराँतीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो राष्ट्रिय महाधिवेशनमा प्रस्तुत दस्तावेजमाथि गम्भीर बहस नगरी ताली

बाल विकासलाई प्राथमिकतामा राख्न मुख्यमन्त्री कार्कीको जोड

विराटनगर,११ असार । कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रारम्भिक बाल विकासमा गरिएको लगानीले समग्र समाजको भविष्य निर्माणमा महत्त्वपूर्ण योगदान पुग्ने बताउनु भएको छ । कोसी