पूर्ण खोप लिएको ६ महिना पुगेका सबैलाई बुस्टर

१८ वर्षमाथिका सबैलाई बुस्टर डोज

 

 

 

काठमाडौं — १८ वर्ष र सोभन्दा माथिका सबैलाई कोभिडविरुद्धको बुस्टर डोज खोप लगाउन सुरु गरिएको छ । पूर्ण खोप लिएको ६ महिना पुगेका सबै वयस्कलाई बुस्टर लगाउन थालिएको हो । त्यस्तै, सरकारले कोभ्यासअन्तर्गत अनुदानमा प्राप्त हुने फाइजरको ९२ लाख डोजलाई पनि प्राथमिक (पहिलो र दोस्रो) सँगै बुस्टरका रूपमा लगाउने योजना बनाएको छ ।

‘१२ वर्ष र सोभन्दा माथिकालाई बुस्टर र प्राथमिक डोज लगाउन मिल्ने ९२ लाख डोज फाइजर मार्चदेखि आउनेछ,’ स्वास्थ्य सेवा विभाग, बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख सागर दाहालले भने, ‘बुस्टरले भविष्यमा आउन सक्ने सम्भावित लहरको क्षतिलाई न्यून गर्छ ।’ खोपसँगै डाइलेन्ट र सिरिन्जसमेत निःशुल्क आउने मन्त्रालयले जनाएको छ । विभिन्न अध्ययनअनुसार बुस्टर डोजले शरीरमा भएको एन्टिबडी (प्रतिरोध क्षमता) को स्तरलाई बढाउँछ । बुस्टर लिएपछि बिरामीलाई कोभिड संक्रमण भए पनि गम्भीर रूपले बिरामी हुने सम्भावनामा कमी आउँछ । पूर्ण खोप लगाए पनि केही समयपछि शरीरमा भाइरसविरुद्धको एन्टिबडी कम हुँदै जाने भएकाले बुस्टर डोज अभियानलाई तीव्रता दिन विज्ञहरूले सुझाव दिँदै आएका छन् ।

हाल दैनिक लगाइने कुल खोपमध्ये करिब एक तिहाइ बुस्टर डोज लगाउन थालिएको छ । सरकारी अधिकारीहरू प्राथमिक र बुस्टर डोज दुवै लगाइएका कारण तेस्रो लहरका बेला मृत्युदर र स्वास्थ्य जटिलता न्यून देखिएको दाबी गर्छन् । ‘पूर्ण खोप लगाए पनि केही समयपछि इम्युनिटी कम हुन्छ, यसैले बुस्टरको आवश्यकता देखिएको छ,’ दाहालले भने ।

१८ वर्ष पूरा भएकालाई उपलब्ध भए पहिले लगाइएकै खोप, नभए कोभिसिल्ड, अस्ट्राजेनेका, मोडर्ना, जान्सेन, फाइजरलाई बुस्टरको रूपमा लगाइने भएको छ । खोप लगाउन जाँदा पूर्ण खोप लगाएको कार्ड अनिवार्य बोक्नुपर्नेछ । हालसम्म भेरोसेल, कोभिसिल्ड, अस्ट्राजेनेका, मोडर्ना, फाइजर र जोन्सन खोप नेपालमा लगाइएको छ । सरकारले कोभिसिल्ड, अस्ट्राजेनेका र एमआरएनए खोप लिएकालाई बुस्टरका रूपमा भेरोसेल लगाउन अनुमति दिएको छैन । तर, भेरोसेल लगाएकाले भने बुस्टरका रूपमा कोभिसिल्ड, अस्ट्राजेनेका, मोडर्ना र फाइजर लगाउन सक्छन् ।

खोप अभियान सुरु भएयता ३ करोड ७१ लाख २१ हजार १ सय ९६ डोज खोप लगाइएको छ । बुधबारसम्म ९ लाख ४३ हजार ९ सय ५६ डोज अतिरिक्त खोप लगाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कुल जनसंख्याको ६०.९ प्रतिशत अर्थात् १ करोड ७७ लाख ८६ हजार १ सय ३३ जनाले पूर्ण र ७३.४ प्रतिशत अर्थात् २ करोड १४ लाख १२ हजार ९ सय ८६ जनाले एक डोज खोप लगाएका छन् । हालसम्म अनुदान र खरिद गरी ४ करोड ७८ लाख ८२ हजार ८ सय डोज खोप भित्रिएको छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

सञ्जाल नियमनबारे स्पष्ट बुझाउन नसक्नु सरकारको कमजोरी :केपी शर्मा

काठमान्डौ,५ असोज। नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले गत वर्षको भदौमा भएको ‘जेनजी’ आन्दोलनअघि युवाको मनोविज्ञान बुझ्न नसक्नु र सामाजिक सञ्जाल नियमनबारे स्पष्ट रूपमा बुझाउन

सांसद अवस्थीको व्यंग्य : ‘दिल्ली सस्तो, सुदूरपश्चिम महँगो’

काठमाडौं,५ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आकृति अवस्थीले नेपालका आन्तरिक उडानको हवाई भाडा अत्यधिक महँगो भएको भन्दै सरकार र एयरलाइन्स कम्पनीको ध्यानाकर्षण गराउनु

वन फँडानी र अतिक्रमण रोक्न सकिएला?

वन संरक्षणलाई चुनौतीका रूपमा स्वीकार गर्नुभएका अध्यक्ष दंगालले समस्या समाधानका लागि आफू अहोरात्र खटिने प्रतिबद्धतासमेत व्यक्त गर्नुभएको छ।

गछियाका माउन्ट मकालुका विद्यार्थीले बनाए ‘क्युबस्‍याट’, अन्तरिक्ष प्रविधिप्रति देखाए उत्साह

सुन्दरहरैँचा (मोरङ), ५ असोज । मोरङको सुन्दरहरैँचा–३, गछियास्थित माउन्ट मकालु माध्यमिक विद्यालयका विद्यार्थीले अन्तरिक्ष प्रविधिमा आधारित ‘क्युबस्‍याट’ परियोजना निर्माण गरेका छन्। विद्यालयका विद्यार्थीहरूको टोली ‘टिम

प्राविधिक शिक्षामा सुधारका लागि नीतिगत तथा कानुनी व्यवस्था गरिने : शिक्षामन्त्री पोखरेल

काठमाडौं ,५ असोज। शिक्षामन्त्री तथा खेलकुदमन्त्री सस्मित पोखरेलले प्राविधिक शिक्षामा देखिएका समस्या समाधान गर्दै सुधारका लागि नीतिगत तथा कानुनी व्यवस्था गर्दै लगिने बताउनु भएको छ