पत्रदेखि बारकोडसम्मः हुलाक सेवा फेरिँदो नेपालको सञ्चारको मेरुदण्ड

दमक,२४ असोज। नेपालको सञ्चार इतिहासमा एक महत्वपूर्ण स्तम्भको रूपमा रहेको हुलाक सेवा आज डिजिटल युगसँग प्रतिस्पर्धा गर्दैछ। हुलाक दिवसको अवसरमा जब हामी पछाडि फर्केर हेर्छौं, एक समय यस्तो पनि थियो, जब हुलाक नै देश तथा विदेशमा सन्देश पु¥याउने एकमात्र साधन थियो।

 

डिजिटल प्रविधिको आगमनअघि नेपालमा सञ्चारको सबैभन्दा विश्वसनीय माध्यम नै हुलाक सेवा थियो। हातले लेखिएका पत्रहरू महिनौं लागेर गन्तव्यसम्म पुग्थे। तर समयक्रमसँगै डिजिटल टेलिफोन, मोबाइल फोन र पछिल्ला सामाजिक सञ्जालहरूको विकाससँगै मानिसहरू सूचना आदान–प्रदानका लागि ईमेल र मेसेन्जर जस्ता सहज माध्यमतर्फ आकर्षित भए। फलस्वरूप, हातले लेखिएका पत्रहरूको चलन दिनप्रतिदिन घट्दो अवस्थामा पुगेको छ। तर, यस्तो बदलिँदो समयमै पनि हुलाक सेवा पूर्णतः हराएको छैन। बरु, नयाँ चुनौतीहरूलाई आत्मसात् गर्दै आधुनिकीकरण तर्फ अगाडि बढिरहेको छ।अहिलेको डिजिटल युगमा हुलाक अलिकति ओझेलमा परेपनि कुनै बेला सञ्चारको एकमात्र साहारा नै हुलाक सेवा भएकाले हुलाकको एक ऐहिासिक विरासध नै भएको बताउनुहुन्छ दमक ९ का धनन्जय बास्कोटा ।

 

अहिलेको डिजिटल युगमा पनि हुलाकमा पत्र लगभग उत्तिकै दर्ता हुने गरेको छ । कुनै बेला व्यक्तिले एकअर्कालाई लेखेको पत्रहरु दर्ता हुनको लागी थुप्रो लाग्थे भने अहिले ठूलाठूला सरकारी तथा निजि कार्यलय र संघसंस्थाहरुले मात्र हुलाकको प्रयोग गर्ने गरेको बताउनुहुन्छ हुलाक कार्यलय दमककी कार्यलय प्रमुख कान्ति माया चौलागाईँ ।

पहिला पहिला एउटा पत्र पुग्न कहिले काहीँ त एक महिना नै लाग्ने गथ्र्यो । पत्रहरु पनि हराउने गर्थे । अहिले भने हुलाक सेवा त्यस्तो रहेन । आफ्नो पत्र वा सामान कहाँ पुग्यो भनी बारकोड स्क्यान गरी सजिलै लोकेसन हेर्न सकिन्छ । अझ काठमाडौँको हुलाक कार्यलयबाट त पत्र दर्ता भएकै दिन बितरण हुने सुविधा पनि रहेको उहाँको भनाई छ ।

डिजिटल युगले सञ्चारको स्वरूपलाई पूर्ण रूपमा परिवर्तन गरे पनि हुलाक सेवा अझै पनि सरकारी, संस्थागत तथा सामाजिक सेवाका लागि महत्वपूर्ण रहँदै आएको छ। सूचना प्रवाहको यो ऐतिहासिक माध्यमले अब आधुनिक प्रविधिसँगै सहयात्रा गर्दै अगाडी बढ्न आबश्यक छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धर्म र पर्व : विवाद होइन, सदभावको आधार

काठमाडौँ,१ कार्तीक ।धर्म अत्यन्तै सम्बेदनशील, गहन, जटिल र बहुआयामिक विषय वस्तु हो । धर्मको ‘अर्थ धारणा गर्नु’ अर्थात असल आचरण धारण गर्नु हो । कुनैपनि

२४ घण्टामा सवारी दुर्घटनामा ४ जनाको मृत्यु, २५७ जना घाइते

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ भने २५७ जना घाइते भएका छन् । प्रहरीको तथ्यांकअनुसार देशका

झापामा असोजमा सवारी दुर्घटना र मानवीय क्षति बढी

झापा,१ असोज । झापामा चालु आर्थिक वर्ष २०८३र८४ को असोज महिनामा सवारी दुर्घटना र त्यसबाट हुने मानवीय क्षति अघिल्ला दुई महिनाको तुलनामा बढेको छ ।

अर्जुनधारामा बन्चरो प्रहार गरी वृद्धको हत्या , अभियुक्त पक्राउ

अर्जुनधारा, १ कात्तिक । हिजो शनिबार साँझ झापाको अर्जुनधारामा वृद्धको हत्या गर्ने अभियुक्त २८ वर्षीय रविन लिम्बू छिमेकी भएको खुलेको छ । साँझ ७ बजेतिर

बाढीले तहसनहस बेत्रावती अझै खण्डहर

काठमाडौं,१ कार्तीक । गत भदौ १० गते तिब्बततर्फबाट रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले तहसनहस पारेको बेत्रावती बजार हाल खण्डहर र बगरमा परिणत भएको छ

२१ दिनपछि सञ्चालनमा आयो कालीगण्डकी करिडोर प्रसारण लाइन

काठमाडौं,१ असोज । गत असोज ११ गतेको अविरल वर्षासँगै आएको बाढीपहिरो र कालीगण्डकी नदीको कटानका कारण क्षतिग्रस्त कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइनअन्तर्गतको म्याग्दीको दाना–राहुघाट