गुप्त रोगहरुको निदानमा लागि परेको एन्जल फाउडेसन, आशाको केन्द्र बन्दै

दमक,२४ असोज।पूर्वी नेपालका सर्वसाधारणका लागि एक नयाँ आशाको केन्द्रका रूपमा उदाएको छ, एन्जल फाउण्डेसन। पाइल्स, फिस्टुला, र फिसरजस्ता संवेदनशील तथा गुप्त रोगहरूको बिना अपरेसन सहज, सुरक्षित र प्रभावकारी उपचार प्रदान गर्दै आएको यस संस्थाले छोटो समयमै पूर्वी नेपालमा छुट्टै पहिचान बनाउन सफल भएको छ।

 

गोप्य रोगहरूको पहिचान, स्वास्थ्य उपचार हाम्रो अभियानू भन्ने मूल नारासहित अघि बढेको एन्जल फाउण्डेसनले पछिल्ला केही वर्षमा सयौं बिरामीलाई पीडामुक्त जीवन उपहार दिएको छ। असन्तुलित जीवनशैली, कब्जियत, मदिरा र मांसजन्य भोजनको अत्यधिक सेवनजस्ता कारणले यी रोगहरू दिन प्रतिदिन तीव्र रूपमा बढिरहेका छन्। पहिले यस्ता रोगको उपचारका लागि भारतसम्म जानुपर्ने बाध्यता थियो। तर, अब मोरङदेखि झापा, सुनसरीदेखि उदयपुरसम्मका बिरामीहरू एन्जल फाउण्डेसनमै प्रभावकारी उपचार पाउँदै आएका छन्।

 

झापा शिवसत्ताक्षी–५ का लिला प्रसाद रिजाल पाँच वर्षदेखि पाइल्स रोगले ग्रसित हुनुहुन्थ्यो। घरेलु उपचार र सामान्य औषधोपचारले कुनै राहत नपाएपछि उहाँले एण्जल फाउण्डेसनमा उपचार गराउनुभयो। बिना अपरेसन गरिएको उपचारपछि उहाँ अहिले पूर्णरूपमा स्वस्थ हुनुहुन्छ।

 

त्यस्तै, पथरी शनिश्चरेकी पुनम कार्कीलाई पनि पाइल्सको समस्या थियो। फाउण्डेसनमा उपचार गराएपछि अहिले पूर्ण रूपमा स्वस्थ भएको अनुभव उहाँले सुनाउनुभयो।

 

हालै, फाउण्डेसनले मोरङको साना किसान सहकारी संस्थासँग सहकार्य गर्दै, सहकारी सदस्यहरूको पहिचान गरी निशुल्क स्वास्थ्य परीक्षण तथा उपचार कार्यक्रम सञ्चालन गरेको थियो। कार्यक्रममा सहभागीहरूले गुप्त रोगसम्बन्धी सशक्त जानकारी र उपचार सुविधा प्राप्त गरेपछि स्थानीय समुदायमा ठूलो उत्साह देखिएको छ।संस्थाकी प्रबन्धक लक्ष्मी श्रेष्ठका अनुसार, सहकारीका सेयर सदस्यहरूमध्ये गुप्त रोगको समस्या भएका व्यक्तिहरूलाई ५० प्रतिशत छुटमा उपचार सुविधा प्रदान गरिएको छ।

 

संस्थाका अध्यक्ष राजेन्द्र सापकोटाले फाउण्डेसनसँगको सहकार्यमा सुरु गरिएको यस्तो प्रकारको सामाजिक उत्तरदायित्वमूलक कार्यले संस्थाका शेयर सदस्यहरूबाट अत्यन्त सकारात्मक प्रतिक्रिया प्राप्त भएको बताउनुभयो । अध्यक्ष सापकोटाले आगामी दिनहरूमा यस्ता कार्यक्रमहरूलाई थप व्यवस्थित, प्रभावकारी र दिगो बनाउँदै प्रत्येक वर्ष विशेष बार्षिक योजना निर्माण गरी निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गर्नुभयो।

गुप्त रोगको उपचार अब लुकाउनु पर्ने होइन, बोल्न र समाधान खोज्नुपर्ने विषय हो भन्ने सन्देश फैलाउँदै एन्जल फाउण्डेसनले पूर्वी नेपालमा स्वास्थ्यको नयाँ चेतना जगाएको छ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

भर्ना शुल्कमा अनियमितताबारे स्थानीय सरकार र गृहमन्त्रालयसँग संवाद गर्दै शिक्षा मन्त्रालय

काठमाडौँ, २० वैशाख । सरकारले विद्यालय क्षेत्रको सुधारका लागि सङ्घ र स्थानीय तहबीचको समन्वयलाई प्रभावकारी बनाउने भएको छ । उक्त प्रयोजनका निम्ति शिक्षा, विज्ञान तथा

बालेन युगमा रामराज्य हुन्छ भन्नेहरु नै अहिले सरकारको पारा देखेर राम राम भन्न थालिसके : प्रभु साह

सिराहा, २० बैशाख । आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले वर्तमान सरकार र यसका नेतृत्वले विधि मासेर बल र संविधान छलेर सेनाको बलमा

स्वार्थपूर्तिका लागि होइन, कानुनी अड्चन फुकाउन अध्यादेश

काठमाडौँ,२० वैशाख । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले सरकारले जारी गरेको अध्यादेशबारे प्रष्टीकरण दिनु भएको छ। सरकारले ल्याएको अध्यादेशबारे विभिन्न टीकाटिप्पणी भएपछि

विराटनगर विमानस्थलबाट स्रोत नखुलेको २७ लाखसहित दुई जना पक्राउ

मोरङ,२० वैशाख । स्रोत नखुलेको रु २६ लाख ९८ हजार सहित एक भारतीय नागरिक सहित दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।   शनिबार

लागू औषध र जबरजस्ती करणीका मुद्दाको न्यायिक पद्धतिमा सुधारको पर्खाई

लागू औषध र जबरजस्ती करणी जस्ता मुद्दाहरूमा न्याय सम्पादन गर्दा राज्य केवल ‘सजायमुखी’ मात्र हुनु हुँदैन। फरेन्सिक जाँच जस्ता प्राविधिक पक्षलाई सुदृढ बनाई समयमै प्रतिवेदन आउने वातावरण बनाउनु पर्छ ताकि मुद्दाको चाङ कम होस् र वास्तविक पीडितले छिटो न्याय पाओस्।

हराएको बुद्ध मूर्ति आफ्नै आसनमा फिर्ता

काठमाडौँ,१९ वैशाख । हराएको दशकौँ पछि, अन्ततः भगवान बुद्धको एउटा प्राचीन मूर्ति आफ्नै थातथलोमा फर्किएको छ। काठमाडौँ महानगरपालिका–२३, ओम बहालस्थित न्छुे बहा (बज्रधातु विहार) बाट