भूमि आयोग खारेज गर्ने सरकारी निर्णयले सुकुम्बासीहरुमा निराशा

निस्सा पाएपनि धनिपूर्जा पाउने अन्यौल सिर्जना,भन्छन् — आफ्नो अस्तित्व नै मेटिन्छ भन्ने खतरा बढ्यो

दमक,२५ असोज । तत्कालीन केपी शर्मा ओली नेतृत्वमा बनेको सरकारले सुकुम्बासि दलित र भुमिहिन ब्यक्तिहरुलाई पहिचान गरि धनिपूर्जा बितरण गर्ने भनि आयोग नै बनायो । उक्त आयोगले जिल्लाका सम्पूर्ण सुकुम्बासिहरुको पहिचान गरि धनिपूर्जा बितरण गर्ने भनिएको थियो । उक्त आयोगप्रति सुकुम्बासिहरु आशाबादी थिए ।

 

बर्षदेखि भूमिहिन बनेर पाएको दुख अब हट्ने उनीहको आशा थियो । झापा जिल्लामा बनेको आयोगले त स्थापना भएदेख नै भूमिहिन नागरिकका पक्षमा काम गर्दै आएको थियो । हालसम्म जिल्लाका ६०० बढी सुकुम्बासिहरुले जग्गा धनिपूर्जा पनि पाएका छन् । तर गत भदौ २३ र २४ गतेको आन्दोलनले तत्कालिन सरकार ढल्यो । तत्पश्चात बनेको प्रधानमन्त्ती शुसिला कार्की नेतृत्वको सरकारले भूमि आयोग र त्यससंग जिल्ला समन्वय आयोग खारेज गर्ने निर्णय ग¥यो ।

 

उक्त निर्णयले देशैभरका सुकुम्बासीहरु फेरी पनि उस्तै समस्यामा परेको छन् । दमक ९ की पे्रममति मुखिया बर्षाेदेखि सुकुम्बासी बस्तिमा बस्दै आउनुभएको छ । धनिपुर्जा नपाउदा उहाँले धेरै भोग्नुपरेका थुप्रै समस्या भोग्दै आउनुभएको थियो । आफूले भोगचलन गर्दे आएको जग्गा राजनीतिक आडमा अर्के ब्यक्तिका नाममा पास भएको कारण दुख भोग्नुपरेकाले भूमि आयोगसंग उहाँको आशा थियो , तर त्यो आशा निराशामा परिणत भएको छ ।

त्यस्तै २०५७ साल देखी दमक ५मा रहेको सुकुम्बासी टोलमा बसोबास गर्दै आउनुभएको थियो कृष्ण बहादुर कुमाल । २०२१ सालको नक्सामा बगरको आईलिनी देखिएको जग्गा अहिले व्यक्तिको नाममा दर्ता गरिएको पाईएपछि आफ्नो अधिकारको लागी अदालत, वडा र नगरपालिका धाउनुभयो । तर आयोग बनेपछि भने न्याय पाउने र सरकारले आफूहरुको पक्षमा निर्णय गर्ने आशमा हुनुहुन्थ्यो । तर अन्तरिम सरकारको यो कदमले आफ्नो अस्तित्व नै मेटिएको जस्तो अनुभुती भएको उहाँको भनाई छ ।

 

झापा जिल्लमा बनेको सुकुम्बासि आयोगका अध्यक्ष मदन अधिकारीका अनुसार झापामा करिब १००० सुकुम्बासी परिवारले लालपुर्जा पाएका छन् । तर जिल्लाभरि हजारौ परिवार अझै प्रकृयामा नै रहेको छन् । तर आयोग बिघटनका कारण सुकुम्बासी परिवारले पूर्जा पाउनेआशा धकेलिएको उहाँको भनाई छ ।

धनिपुर्जा पाउने आशामा बसेका भुमीहिन सुकुम्बासी फेरी एकपटक निरासा बनेका छन् । सरकार प्रतीको विश्वास ढलेको छ । यसरी बषैदेखि बस्दै आएका भूमिहिन सुकुम्बासीका पीडा र समस्यालाई ध्यानमा राख्दै सरकारले उनीहरुको पक्षमा निर्णय गर्न जरुरी देखिन्छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

चीनको चेतावनी: नेपालका दुई नदीबीच ठूलो ताल बन्यो, चीनमा बनेको ‘ब्यारियर लेक’ फुट्ने उच्च जोखिम

काठमाडौं, ११ भदौ । नेपाल–चीन सीमा क्षेत्रमा पहिरोपछि बनेको प्राकृतिक तालमा करिब २० लाख घनमिटर पानी जम्मा भएको छ। चिनियाँ जलस्रोत मन्त्रालयले आगामी तीन दिनमा

रसुवा बाढीका पीडितलाई उद्धार र सहयोग गर्न साउदीसँग मन्त्री यादवको अपिल

काठमाडौँ,११ भदौ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादव र साउदी अरबका परराष्ट्रमन्त्री फैसल बिन फरहानबीच शिष्टाचार भेटवार्ता भएको छ। भेटका क्रममा मन्त्री यादवले हिजो

भोटेकोशी बाढी,पाँच जलविद्युत आयोजनाका करिब २०० भन्दा बढी सम्पर्कविहीन

काठमाडौं,११ भदौ ।भोटेकोशीमा आएको बाढीका कारण रसुवाका विभिन्न जलविद्युत आयोजनामा कार्यरत २०० भन्दा बढी व्यक्ति सम्पर्कविहीन भएका छन् । बाढीपछि आयोजना स्थलमा रहेका कर्मचारी तथा

रसुवा बाढी प्रतिकार्यका लागि १२ वटा परिचालन टोली गठन

काठमाडौं,११ भदौ । रसुवामा आएको बाढीपछि उद्धार, राहत तथा पुनःस्थापनाका लागि सरकारले विभिन्न जिम्मेवारीसहित १२ वटा परिचालन टोली गठन गरेको छ । बाढी प्रभावित क्षेत्रमा

प्रभावित बस्तीहरूको भौतिक अवस्था र क्षतिको अवलोकन पश्चात् शाह काठमाडौँ फिर्ता

काठमान्डौ,११ ,भदौ । प्रधानमन्त्री वालेन्द्र शाहले आज बाढीबाट अत्यधिक प्रभावित नुवाकोटको विदुर तथा आसपासका क्षेत्रको स्थलगत निरीक्षण सम्पन्न गर्नुभएको छ। आज बिहान ९: ३० बजे

झापा कर्मचारीद्वारा करिब रु आठ लाख बराबरको आर्थिक सहयोग

झापा शिवसताक्षी ,११ भदौ ।नगरपालिकाका कर्मचारीको बिहीबार बसेको बैठकले अधिकृत तहका कर्मचारीबाट जनही रु पाँच हजार, सहायक चौथो र पाँचौँ तहबाट जनही रु चार हजार