नौमती बाजा संरक्षणमा जोड

पाथीभरा महिला नौमती बाजा समूहको प्रथम साधारणसभा

पथरी, २५ असोज / मोरङको पथरी शनिश्चरे ३ को आदर्श टोलमा रहेको पाथीभरा महिला नौमती बाजा समूहको सक्रियताप्रति स्थानीयले ऐक्यवद्धता जाहेर गरेका छन् ।

 

समूहको प्रथम वार्षिक साधारणसभाका अवसरमा समुदायका विभिन्न क्षेत्रका अगुवाहरुले मौलिक संस्कृति संरक्षणमा नौमती बाजा समूहको कामप्रति प्रशंसा गर्दै सबैको सहकार्यमा मौलिक संस्कृति संरक्षण हुनसक्ने भन्दै संरक्षणमा ऐक्यवद्धता जनाएका हुन् ।
कार्यक्रमका प्रमुख अतिथि ३ नम्बर वडाध्यक्ष विजयकुमार लिम्बुले परापूर्व कालको पुर्ख्यौली बाजा लोप हुँदै गएकाले पुनर्जागरण तथा संरक्षण गर्नका लागि सबैले सहयोग गर्नुपर्ने धारणा राख्नुभयो । उहाँले वडाको तर्फबाट आफूले गर्न सक्ने सहयोग गर्ने पनि प्रतिबद्धता समेत जाहेर गर्नुभयो ।

 

सभामा बौद्धिक व्यक्तित्व एवम् पञ्चायत माध्यमिक विद्यालयका व्यवस्थापन समिति अध्यक्ष युवराज बास्कोटाले सामाजिक एकता र सद्भाव कायम राख्न महिला नौमती बाजा समूहले पछिल्लो पुस्तालाई पनि सांस्कृतिक समतामूलक समाजको स्थापनाको लागि महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिनुभएको छ । यो समूहको गतिविधिहरू समाजका सबै नागरिकको जागरण र परिवर्तनका लागि संवाहक बन्ने बताउनुभयो ।

 

स्थानीय जलेश्वर महादेव मन्दिरको प्राङ्गणमा समूहकी अध्यक्ष तेजमाया कार्कीको अध्यक्षतामा सम्पन्न सो सभामा अर्का स्थानीयबासी कुमारबहादुर पौडेलले पनि बाजा समूहको सक्रियताको निरन्तरताको कामना गर्नुभयो ।

 

सभामा कोषाध्यक्ष मञ्जु दहालको तर्फबाट आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने अध्यक्ष तेजमाया कार्कीले भावी योजनाका बारेमा पनि प्रतिवेदन पेश गर्नुभएको थियो । समूहका विभिन्न गतिविधि सञ्चालनबाट २ लाख ६२ हजार रूपैयाँ बढी कुल वार्षिक आम्दानी भएको र १ लाख ९३ हजार खर्च भएको सचिव यज्ञनिधि ढुंगाना ’दिपक’ले बताउनुभयो ।

 

सभामा शान्ति टोल विकास समितिका अध्यक्ष राजकुमार गेलाल, समुहकी उपाध्यक्ष जानुका भण्डारी, पूर्व वडाध्यक्ष डम्बर चेम्जोङ, वाजा गुरु नरबहादुर महतो, जलेश्वर शिवालय मन्दिरका अध्यक्ष चुडाकर्म तुम्वापोले शुभकामना व्यक्त गर्नुभयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

बाढी–पहिरोका कारण देशभरका मुख्य सडक खण्ड ठप्प

काठमाडौं , १५ भदौ। अविरल वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न प्रदेशका मुख्य राजमार्ग तथा सडक खण्डहरू पूर्ण रूपमा अवरुद्ध भएका छन् । नेपाल

९०३ जनाको मृत्यु, ४ हजार २४७ अझै बेपत्ता, १० हजारभन्दा बढीको उद्धार

काठमाडौं ,१५ भदौ। रसुवाको भोटेकोशीमा आएको बाढीपछि जारी खोज, उद्धार तथा राहतसम्बन्धी पछिल्लो विवरणअनुसार हालसम्म ९०३ जनाको शव फेला परेको छ भने ४ हजार २४७

बाढी प्रभावित रसुवा र नुवाकोटमा २० थान स्याटेलाइट फोन उपलब्ध

काठमाडौं , १४ भदौ। रसुवाको भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सूचना प्रवाहलाई सहज बनाउन नेपाल दूरसञ्चार प्राधिकरणले २० थान स्याटेलाइट फोन उपलब्ध गराएको छ । प्राधिकरणले

११ जलविद्युत् आयोजनाका ९७७ जना सम्पर्कविहीन, सुरुङमा फसेकाहरूको उद्धार तीव्र

काठमाडौं,१४ भदौ । जलविद्युत् आयोजनाका सुरुङमा फसेकाहरूको अझै उद्धार हुन नसकेपछि सकुशलको सम्भावना क्षीण हुँदै गएको छ । रसुवाको भोटेकोसी नदीमा भदौ १० गते आएको

बाढीबाट परिवार जोगाए, घर र २३ लाखको ऋणको बोझ बोकेर बसे सन्तमान

बेत्रावती , १४ भदौ।  भदौ १० गते बिहान ८ बजे बेत्रावतीका सन्तमान लामा आफ्ना छोरा र छोरीलाई विद्यालय पुर्‍याउन गए।दुई सन्तानलाई विद्यालय पुर्‍याउनु उनको दैनिकी

१९ हजार सुरक्षाकर्मी फिल्डमा खटिँदा पनि उद्धारमा ४ मुख्य चुनौती

काठमाडौं ,१४ भदौ। भोटेकोसी नदीमा आएको भीषण बाढीमा परेकाको उद्धार कार्य तीनवटै सुरक्षा निकायले तीव्रताका साथ जारी नै राखेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण