तिहार नजिकिदै गर्दा दमक बजारमा रौनकता छायो

दमक,२५ असोज।नेपालीहरुको दोस्रो महान चाड शुभ दिपावली अर्थात तिहार नजिकिँदै गर्दा दमक बजारमा तिहारको तयारी तिव्र बन्दै गएको छ । अहिले बजार पूरै झिलिमिली र रङ्गीचङ्गी त भएको छैन, तर बजारका हरेक ईलेक्ट्रोनिक्स पसलहरुमा झिलिमिली बत्ती , सजावटको सामान पाउने ठाउँमा विभिन्न कृतिम फूलहरु र नर्सरीहरुमा सयपत्री फूलहरु राखिएको बाहिरबाट नै प्रस्ट देख्न सकिन्छ ।

 

दमकको मुख्य चौक वरपरका सबै ईलेक्ट्रोनिक्स पसलहरु यतिबेला झिलीमिली देखिन थालिसकेका छन् । पसलको अगाडी नै झिलीमिली बत्ती र फुलमाला राखेर पसल सजाईएको छ । अन्य समयमा नदेखिने यी झिलीमिली आउदै गरेको तिहारका लागि हो । तिहार यसै पनि झिलीमिलिको पर्ब प्रत्येक नेपालीका घरघरमा उज्यालो बनाउन झिलीमिली बत्ती तिहारलाई झिलीमिली बनाउने प्रचलन रहेको छ ।

 

ब्याबसायीहरु पनि तिहारका समयमा यी र यस्ताखाले सामानहरु बढी मात्रामा बिक्री बितरण हुने गरेकाले अगाडी दखि नै सामानको आयाता गर्ने र पसलहरुमा बित्रिकिा लागि राख्ने गर्दछन् । दमकको सब्जी बजारमा ईलेक्ट्रोनिक्स ब्याबसाय गर्दै आउनुभएको पवन कुमार साह यो वर्ष अघिल्लो वर्षको तुलनामा चाडै झिलिमिली बत्तीहरु आएको बताउनुहुन्छ । तिहारका लागि आवश्यक सम्पूर्ण ईलेक्ट्रोनिक्स सजावटका सामान र बत्तीहरु तयारी अवस्थामा राखेको उहाको भनाइ छ ।

तिहारमा प्राकृतिक फूलहरुका साथ साथै कृतिम फूलहरुको पनि अत्याधिक बिक्री हुने गर्छ । घर सजावट होस या त माला बनाउन फूलको बढी नै बिक्रि हुने गरेको छन् । अझ घर सजावटका लागी प्राकृतिक भन्दा पनि कृतिम फूलहरु नै बढी माग हुने गरेको बताउनुहुन्छ दमक ६ थाना रोडमा श्रेष्ठ भेराईटी गिफ्ट एण्ड सप्लार्यस सञ्चालन गर्दै आउनुभएका सञ्चालक दिलिप कुमार श्रेष्ठ ।

 

दमक १ मा लामो समयदेखि फूल खेति गर्दै आउनुभएकी ललिता यादब हरेक बर्षको तिहारमा फूल बेच्दै आाउुभएको छ । यसबर्षको तिहारका लागि पनि बजारमा फूल बिक्रिका लागि तयारी भईसकेको यादबले बताउनुभयो ।

बजारमा देखिएको चहलपहल र ब्यापारीहरुको तयारीले नजिकिदै गरेको तिहार पर्बले रौनकता छाएको देखिएको छ । तर तिहारका बिभिन्न सामाग्री आयत हुने गरेका छन् । प्रत्येक बर्ष मनाईने पर्बमा आयतित सामान भन्दा पनि स्वदेशी सामान नै प्रयोग गर्न सके पर्बसंगसंगै नेपालीहरुको आर्थिक अवस्था पनि सुदृढ हुनेमा कुनै दुईमत देखिदैन ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धर्म र पर्व : विवाद होइन, सदभावको आधार

काठमाडौँ,१ कार्तीक ।धर्म अत्यन्तै सम्बेदनशील, गहन, जटिल र बहुआयामिक विषय वस्तु हो । धर्मको ‘अर्थ धारणा गर्नु’ अर्थात असल आचरण धारण गर्नु हो । कुनैपनि

२४ घण्टामा सवारी दुर्घटनामा ४ जनाको मृत्यु, २५७ जना घाइते

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ भने २५७ जना घाइते भएका छन् । प्रहरीको तथ्यांकअनुसार देशका

झापामा असोजमा सवारी दुर्घटना र मानवीय क्षति बढी

झापा,१ असोज । झापामा चालु आर्थिक वर्ष २०८३र८४ को असोज महिनामा सवारी दुर्घटना र त्यसबाट हुने मानवीय क्षति अघिल्ला दुई महिनाको तुलनामा बढेको छ ।

अर्जुनधारामा बन्चरो प्रहार गरी वृद्धको हत्या , अभियुक्त पक्राउ

अर्जुनधारा, १ कात्तिक । हिजो शनिबार साँझ झापाको अर्जुनधारामा वृद्धको हत्या गर्ने अभियुक्त २८ वर्षीय रविन लिम्बू छिमेकी भएको खुलेको छ । साँझ ७ बजेतिर

बाढीले तहसनहस बेत्रावती अझै खण्डहर

काठमाडौं,१ कार्तीक । गत भदौ १० गते तिब्बततर्फबाट रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले तहसनहस पारेको बेत्रावती बजार हाल खण्डहर र बगरमा परिणत भएको छ

२१ दिनपछि सञ्चालनमा आयो कालीगण्डकी करिडोर प्रसारण लाइन

काठमाडौं,१ असोज । गत असोज ११ गतेको अविरल वर्षासँगै आएको बाढीपहिरो र कालीगण्डकी नदीको कटानका कारण क्षतिग्रस्त कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइनअन्तर्गतको म्याग्दीको दाना–राहुघाट