जेनबाट बनेको सरकारलाई जेन जीलेनै सोध्न थाले प्रश्न, मुल मुद्धा बिर्सिएर बाटो अलमलीएको भन्दै आलोचना

दमक, २८ असोज । गत भदौ २३ र २४ गते देशका जेन्जी पुस्ताले सरकारले गरेको भ्रष्टचार र अरु विभिन्न मुद्धा उठाई सरकार विरुद्ध आन्दोलन गरेका थिए । देशबाट भ्रष्टचारलाई हटाई देशमा सुशासन कायम गर्नु नै जेन्जीहरुको आन्दोलनको मूल उद्धेश्य थियो । त्यही जेन्जी आन्दोलनका कारण शक्तिशाली केपि शर्मा ओली नेतृत्वको सरकार ढल्यो र अन्तरीम सरकार गठन भयो । त्यो अन्तरीम सरकार गठन भएको पनि अहिले एक महिना पूरा भईसक्यो । तर, के त्यो अन्तरीम सरकारले चाहीँ जेन्जीहरुको माग पुरा हुने गरी काम गरिरहेको छ त ? अन्तरीम सरकारलाई दमकका जेन्जीहरु र नागरिकहरु के सुझाब दिन चाहन्छन् ?
आन्दोलनमा कयौँले आफ्‌नो ज्यान दिई देशको लागी सहिद भएका थिए भने कयौँ घाईते भएका थिए । जेन्जीले देशको लागी दिएको बलिदानको अन्तरीम सरकारले कदर गरी जेन्जी र पुरै देशका नागरीकको हितको लागी काम गरिरहेको छ त ? यो प्रश्न अहिले आम नागरीकको मानबाट उठीरहेको छ । हाम्रो देश नेपालमा अवसरहरु कम भएका कारण हरेक वर्ष देशका लाखौँ युवाहरु विदेशिन बाध्य छन् । त्यही कुराको अन्त्य गर्दै देशमै धेरै रोजगारको अवसर सिर्जना गरी युवाहरुलाई आफ्‌नै देशमा बसेर काम गर्न सक्ने सिर्जना गर्न सरकारले गनुपर्ने बताउनुहुन्छ उर्लाबारी ८ मोरङका प्रविन निरौला ।

अहिले बनेको अन्तरीम सरकारले पनि पहिलाको सरकारले जस्तै काम गर्न निकै समय लगाएको बताउनुहुन्छ दमक ७ का स्थानीय युवा युजन लिम्बु । नयाँ बनेको अन्तरीम सरकारको अवधी छोटो । ६ महिने यो सरकारले परिणाम देखिने गरि ले छिटो छरितो काम गर्नुपर्ने सझाव उहाँको छ ।

अन्तरीम सरकारलाई धेरै अधिकार त नहोला । अर्थात राष्ट्रिय तथा अन्तरािष्टय स्तरमा प्रभाव पार्ने निर्णय गर्ने र दुरगामी निर्णय गर्न नसक्ला तर नागरीकका स–साना आकक्षा मात्रै पुरा गर्ने हो भने पनि ६ महिनाको अवधि अधिकमत नै हो । तर राज्यबाट अनुभुती हुने गरीको काम नभएको देखेर सरकार कहाँ अल्मलीरहेको छ भन्दै दमक ५ बाट केदार कार्कीले प्रश्न गर्नु भएको छ ।

तीहार लागेको छ । यस्तो बेलामा हुने कालाबजारी, चोरी पैठरी रोक्न अनेकन निर्णय र काम गर्न सक्ने अवसर छन् । बाढि र बाहिरो पीडतलाई सम्बोधन गर्दै सरकार रहेको महसुस गराउन केहि महत्वपूर्ण निर्णय गर्न सक्ने अवसर छ । साथै जेन जी आन्दोलनबाट भएको निजी क्षेत्रका व्यवसायीहरुलाई सहुलीत दिएर फेरी उठ र व्यापार गर भनेर भोषणा गर्ने अवसर पनि यही सरकारलाई छ । तर अझै हुन चाहि सकेको छैन ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

झापा कर्मचारीद्वारा करिब रु आठ लाख बराबरको आर्थिक सहयोग

झापा शिवसताक्षी ,११ भदौ ।नगरपालिकाका कर्मचारीको बिहीबार बसेको बैठकले अधिकृत तहका कर्मचारीबाट जनही रु पाँच हजार, सहायक चौथो र पाँचौँ तहबाट जनही रु चार हजार

सोलार स्ट्रिट लाइटको भुक्तानीमा एक लाख घुस, सूचना प्रविधि अधिकृतविरुद्ध मुद्दा

काठमाडौं, ११ भदौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नुवाकोटको म्यागङ गाउँपालिकाका सूचना प्रविधि अधिकृत वीरेन्द्र तामाङविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। सोलार स्ट्रिट लाइट खरिद

नेपालका लागि भारतले ३७ .५ टन राहत सामग्रीसहित दोस्रो उडान पठायो

काठमाडौं,११ भदौ । भारतले बाढी तथा पहिरो प्रभावित नेपाली नागरिकका लागि ३७.५ टन मानवीय सहायता, विपद् राहत तथा उद्धार सामग्री औषधि र खाद्यान्नसहितको दोस्रो उडान

भाडादरबारे प्रकाशित समाचारप्रति बुद्ध एयरको ध्यानाकर्षण

काठमाडौं,११ भदौ । सामाजिक सञ्जाल तथा केही अनलाइन सञ्चारमाध्यममा हवाई भाडादरसम्बन्धी प्रकाशित समाचार तथा सामग्रीप्रति बुद्ध एयरले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । भदौ १० गते

रसुवा बाढीः सिन्धुलीका ३६ जना सम्पर्कविहीन (सूचीसहित)

काठमाडौं,११ भदौ । रसुवामा हिजो गएको बाढीका कारण रोजगारी तथा कामका सिलसिलामा पुगेका सिन्धुलीका ३६ जना नागरिक हालसम्म सम्पर्कविहीन भएका छन्। जिल्ला प्रशासन कार्यालय सिन्धुलीका अनुसार

बाढी प्रभावितका लागि गोल्छा ग्रुपले डेढ करोड सहयोग गर्ने

काठमाडौं,११ भदौ ।  रसुवास्थित भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा मानवीय सहायता कार्यका लागि गोल्छा ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप उद्धार