दमकको स्वर्णलक्ष्मी सहकारीको अर्थीक अवस्था कस्तो ?

पत्रकार लामिछानेलाई सम्मान

दमक, २९ असोज । दमकमा रहेको स्वर्ण लक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले पछिल्ला वर्षहरूमा आफ्नो वित्तीय हैसियत मजबुत बनाउन उल्लेखनीय प्रगति गरेको छ । संस्थाले आर्थिक वर्ष २०७८/०७९ देखि २०८१/०८२ सम्ममा पूँजी, निक्षेप, कर्जा लगानी र कारोबारको क्षेत्रमा निरन्तर वृद्धि दर कायम राखेको छ।

संस्थाको १६ औ वार्षिक साधारणसभामा सार्वजनिक गरिएको प्रतिवेदन अनुसार हालसम्मको शेयर पूँजी करिब एघार करोड सात लाख ७५ हजार रुपैँया पुगेको छ र यसलाई बढाएर आगामी आर्थीक वर्षमा १५ करोड ६० लाख पुर्याउने लक्ष राखीएको छ । संस्थाको कुल कारोबार आर्थिक वर्ष २०८१/०८२ मा करिब १२ करोड ९० लाख रुपैयाँभन्दा माथि पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा उच्च वृद्धिदर हो।अर्कोतर्फ, २०८५ सालसम्मका लक्ष्यहरू पनि निकै महत्वाकांक्षी तय गरिएको छ। सो अवधिसम्म सदस्य संख्या २५ हजार, शेयर पूँजी ३० करोड, कोष हिसाब २५ करोड, बचत निक्षेप १ अर्ब ७५ करोड, र कुल कारोबार २ अर्ब ४५ करोड पुर्‍याउने योजना संस्थाले बनाएको छ।

दमकमा सम्पन्न भएको साधारणसभाका प्रमुख अतिथी नेपाल बचत तथा ऋण सहकारी महासंघ नेप्स्कुनका केन्द्रिय महासचिव घनश्याम अधिकारीले सहकारी संस्था देशको आर्थिक अवस्था सुधार गर्नको लागी एकदमै महत्वपूर्ण रहेको बताउँदै सहकारी संस्थाहरुलाई पनि भरोसामय काम गर्न सुझाब दिनुभएको छ ।

कार्यक्रममा विशिष्ट अतिथी रहनुभएको दमक नगरपालिको नगर उपप्रमुख रेगिना भट्राई प्रशाईले सहकारी समाज विकासको लागी एकदमै महत्वपूर्ण भएकाले सधैँ नगरपालिकाले सहकारीसँग समन्वयन गरी काम गर्ने पनि बताउनुभयो ।

साथै साधारणसभामा सञ्चारकर्मी बिमल लामिछानेलाई उत्कृष्ट सहकारी पत्रकारीता पुरस्कारले सम्मान गरिएको थियो भने बिभिन्न बचत कर्ता सदस्यहरुलाई कारोबारको उत्कृष्टाको आधारमा प्रषंशा सहित सम्मान समेत गरिएको थियो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

झापा कर्मचारीद्वारा करिब रु आठ लाख बराबरको आर्थिक सहयोग

झापा शिवसताक्षी ,११ भदौ ।नगरपालिकाका कर्मचारीको बिहीबार बसेको बैठकले अधिकृत तहका कर्मचारीबाट जनही रु पाँच हजार, सहायक चौथो र पाँचौँ तहबाट जनही रु चार हजार

सोलार स्ट्रिट लाइटको भुक्तानीमा एक लाख घुस, सूचना प्रविधि अधिकृतविरुद्ध मुद्दा

काठमाडौं, ११ भदौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नुवाकोटको म्यागङ गाउँपालिकाका सूचना प्रविधि अधिकृत वीरेन्द्र तामाङविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। सोलार स्ट्रिट लाइट खरिद

नेपालका लागि भारतले ३७ .५ टन राहत सामग्रीसहित दोस्रो उडान पठायो

काठमाडौं,११ भदौ । भारतले बाढी तथा पहिरो प्रभावित नेपाली नागरिकका लागि ३७.५ टन मानवीय सहायता, विपद् राहत तथा उद्धार सामग्री औषधि र खाद्यान्नसहितको दोस्रो उडान

भाडादरबारे प्रकाशित समाचारप्रति बुद्ध एयरको ध्यानाकर्षण

काठमाडौं,११ भदौ । सामाजिक सञ्जाल तथा केही अनलाइन सञ्चारमाध्यममा हवाई भाडादरसम्बन्धी प्रकाशित समाचार तथा सामग्रीप्रति बुद्ध एयरले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । भदौ १० गते

रसुवा बाढीः सिन्धुलीका ३६ जना सम्पर्कविहीन (सूचीसहित)

काठमाडौं,११ भदौ । रसुवामा हिजो गएको बाढीका कारण रोजगारी तथा कामका सिलसिलामा पुगेका सिन्धुलीका ३६ जना नागरिक हालसम्म सम्पर्कविहीन भएका छन्। जिल्ला प्रशासन कार्यालय सिन्धुलीका अनुसार

बाढी प्रभावितका लागि गोल्छा ग्रुपले डेढ करोड सहयोग गर्ने

काठमाडौं,११ भदौ ।  रसुवास्थित भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा मानवीय सहायता कार्यका लागि गोल्छा ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप उद्धार