एउटा सिङ्गो परिवार जो वर्षौ देखी व्यापारमा

 अव आफ्नै उत्पादन गरेर विदेश निर्यातमा पनि लाग्दै

दमक, ३ कार्तिक। गणेश प्रसाद सुवेदी । उहाँ जन्मदै व्यापारीको छोरा भएर जन्मनु भयो । आफुपनि व्यापारमै लाग्नु भयो । र आफ्ना सन्तानलाई पनि व्यापारी नै बनाउनु भयो ।
सफलता र सन्तुष्टी व्यापारमै पाइन्छ । त्यसकारण व्यापारमै लागेको उहाँले प्रतिकृया दिनुभयो ।

खास गरी पूर्वि पहाडी जिल्लाहरुमा तराईको उत्पादन पुर्याउने र पहाडको उत्पादनलाई तराई सम्म ल्याउने सेतुको रुपमा पनि यो सुवेदी परिवारले काम गरिरहेको छ ।
दमक १ हवल्दार चोकमा गणेश किराना र छेवैमा सुवेदी लिकर्स नामको व्यवसायीक फर्म खोलेर यहाँबाट कारोबार अघी बढिरहेको छ । सुरुमा पाँचथरको रविबाट व्यापार थाल्नु भएका गणेश सुवेदीले त्यो बेला लगानी जुटाउन र बढाउन चाहे अनुसार सक्नु भएको थिएन । साथी भाईको सहयोग र ग्राहकको माया र बिश्वासका कारण व्यवसायमा हामीनु भएको थियो । उतीबेला सामान ल्याउन, पुर्याउन निकै चुनौती भएको र अहिले ती सबै समस्याको अन्त्य हुदै गएको अनुभव उहाँले सुनाउनु भयो ।

उमेरको १०–१२ वर्ष देखी नै व्यापारमा होमीनु भएका गणेश सुवेदीको निष्कर्ष छ अव व्यापार नै जानियो । अन्त मन गएन । यसैलाई निरन्र्ता दिदा सफल भइन्छ भन्ने लाग्यो र गरिरहियो ।

उहाँ आफु मात्रै लाग्नु भएन । आफुसँगसगै आफ्ना छोराहरुलाई समेत व्यापारमै प्रोत्सहन गर्नु भयो । उहाँका छोराहरु बिरोध सुवेदी, बिपुल सुवेदी जन्मेदेखीनै व्यापारीका छोराको पहिचान बनाए । र व्यापारमै उहाँहरुको लगाम बस्यो र उहाँहरुले पनि अहिले समयको माग अनुसारको व्यापार गरिरहनु भएको छ । समय अनुसार परिमार्जन गर्ने प्रयासमा छोराहरु लाग्नु भएको छ । अहिले गणेश किराना पसलकै छेउमा सुवेदी लिकर्सको व्यवसाय छोराहरुको नेतृत्वमा छ ।

बिजनेशमै मास्टर डिग्री गरिसक्नु भएका बिरोधले अव यस सम्बन्धीको जागीर गर्ने वा नयाँ ढंगको व्यापार गर्ने भन्ने कुरामा केहि समय सोचनीय बन्नु भएको थियो । तर पुर्खा देखीनै व्यापारीको छोरा बनेर स्थापीत पहिचानलाई अझ उचाईमा पुर्याउन उहाँपनि व्यवासयमै लाग्ने निचोडमा पुग्नु भयो । अहिले गणेश किराना र सुवेदी लिकर्स भव्य रुपमा सञ्चालन भइरहेको छ । होलसेल मुल्यमा अहिले तराईका उत्पादन यी व्यवसायीक फर्म मार्फत पहाड पुगीरहेका छन । बिरोधलाई व्यवसायमा स्थापीत हुन वा अघी बढ्न बुबाको जस्तो चुनौती सामना गर्नु परेन । किनकी उहाँका बुबाले व्यवसायमा नयाँ छलाङ मारीसक्नु भएको थियो । उहाँलाई त्यहि छलाङमा सुरक्षीत तरिकाले तैरीए मात्रै पनि पुगेको थियो ।

तर अहिले सम्मको व्यवसायमा उहाँहरुले आफ्नो उत्पादन बेच्नु भएको छैन । अन्य उत्पादकको उत्पादन उपभोक्ता सम्म पुर्याउने काम मात्रै गर्नु भएको छ । तर बिरोधले आफ्नै उत्पादन गर्ने र त्यसलाई नयाँ पहिचान बनाएर नयाँ उचाईमा पुर्याउने योजना बनाउनु भएको छ । उहाँले भन्नु भयो अव हामी आफ्नै केहि नयाँ बस्तुको उत्पादन गर्ने छौ । त्यसलाई देशभित्र मात्रै नभएर विदेश सम्म पनि निर्यात गर्ने छौ ।

यसरी हिजो पाँथरको रविमा सानो खाद्यन्न पसलबाट सुरु भएको व्यवसाय आज छोराको पुस्ता सम्म आइपुग्दा आफ्नै ब्राण्ड खोज्ने भइसकेको छ । पक्कै पनि यो सुवेदीको परिवारले गर्ने उत्पादनको व्यापार फस्टाएर देश विदेशमा आफ्नै पहिचान बनाउन सकोस हाम्रो तर्फबाट पनि हार्दिक सुभकामना व्यक्त गर्दछौ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

चितवनमा सतर्कता बढाईयो, यस्तो छ बाढिको पुर्वानुमान

चितवन , १० भदौ | चितवनको देवघाटस्थित बाढी मापन केन्द्रमा नदीको पानीको सतह बढ्दो क्रममा रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार हाल देवघाटमा

विपद् व्यवस्थापनमा सरकार र प्रतिपक्ष एकजुट

काठमाडौँ ,१० भदौ। भोटेकोसी नदीमा आएको बाढीले निम्त्याएको विपद्को समयमा विपक्षी दलका नेताले सरकारलाई सघाउने प्रतिबद्धता व्यक्त गर्नु भएको छ। प्रधानमन्त्री वालेन्द्र शाहले बोलाएको विपद्

बाढिपिडितको उद्दार धमाधम

रसुवा |१० भदौ | भोटेकोशी नदीमा आएको बाढीपछि रसुवाका विभिन्न क्षेत्रमा फसेका बाढीपीडितको उद्धार धमाधम भइरहेको नेपाली सेनाले जनाएको छ। सेनाका अनुसार हालसम्म हेलिकोप्टरमार्फत १२ जनाको

रसुवा भन्सारका १४ कर्मचारी अझै सम्पर्कविहीन, खोजी र उद्धार जारी

रसुवा, १० भदौ । रसुवामा आएको बाढीपछि रसुवागढी भन्सार कार्यालयका कर्मचारीको अवस्थाबारे खोजी तथा उद्धार कार्य जारी रहेको छ । रसुवा भन्सार कार्यालयमा कुल ३६

गाडी बगाएपछि गोसाइँकुण्ड हिँडेका ११ यात्रु अलपत्र

काठमाडौँ ,१० भदौ । गोसाईंकुण्ड हिँडेको ११ जनाको टोली नुवाकोटको विदुर नगरपालिका–१ सिम्मुटारमा बाढीका कारण फसेको छ।उनीहरूका आफन्त पूर्ण खड्काका अनुसार टोली चढेको गाडी बाढीले

टिमुरे र त्रिशूलीका घर बगे : १६ प्रहरी सम्पर्कविहीन

काठमाडौँ,१० भदौ । चीनको तिब्बततर्फबाट आएको ल्हेन्दे खोलाको बाढी भोटेकोसीमा मिसिँदा रसुवामा ठुलो भौतिक क्षति भएको छ । रसुवाको टिमुरे बजार र नुवाकोटको त्रिशूली बजारमा