घर घरमा गएर सामान बेच्ने अधिकारीको संघर्षले दिलाएको यो सफलता

दमक, ३ कार्तिक  । कुनैबेला दमकको भुटानी शरणार्थी शिविरका छाप्रो छाप्रोमा पुगेर सहुलीयतमा दैनिक प्रयोग हुने कपडाको व्यापार गर्ने व्यक्ति आज यही दमकमा ३६ जना भन्दा बढिलाई प्रत्यक्ष रोजगारी दिन सफल हुनु भएको छ ।
साईकलमा गाउँ गाउँमा गएर सहुलीयत मुल्यमा कपडा बेच्ने  र त्यहिबाट आफ्नो जीविको टार्ने व्यक्त आज कसैको शाहरा र भविष्यको आधार बन्नु भएको छ ।
सफलता भनेको कुनै पहाडबाट खसेर आउने हैन । यो निरन्तरको मिहनत र संघर्षबाट मात्रै प्राप्त हुन्छ ।
भोक , प्यास, निन्द्रा, पारिवारमो माया सबैलाई तिलाञ्जली दिदै निरन्तर आफ्नो लक्ष्यमा मात्रै लागीरहनु भयो  र अहिले आफुलाई एउटा स्थापीत व्यापारीको रुपमा पहिचान बनाउनु भएको छ । यस्तो संघर्षशिल व्यक्तिको नाम हो बिष्णु प्रसाद अधिकारी ।
संर्घष गर्ने हो भने एकदिन सफल्ता अवश्य मिल्छ भन्ने कुराको उदाहरण अहिले उहाँ बन्नु भएको छ ।
नरोकी, नथाकी, बिना आराम निरन्तर कर्म , निरन्तर आफ्नो सपना । त्यसलाई मात्रै पछ्याउँदै लागी पर्नु भएका अधिकारीले अहिले दमकको मुख्य बजारमा भव्य रुपमा खोल्नु भएको छ गौरव बुटिक र गौरव ज्वेलरी कलेक्सन ।
त्यो बेलाको आफ्नो संघर्ष सम्झदै अधिकारी भन्नु हुन्छ  दुख त कति पाइयो पाइयो । अव चाहि शुख आउला कि ।
दमक ६ मा रहेको गौरब बुटिक र गौरब ज्वेलरी कलेक्सनले एउटै छाना मुनी रहेर निरन्तर आफ्नो सेवा दिईरहेको छ । गौरब बुटिक र गौरब ज्वेलरी कलेक्सनमा सर्टिङ सुटिक,रेडीमेड कपडा,बुटिकका सेवा देखी लिएर ग्यारेन्टीका ज्वेलरी, कस्मेटेटिक्स सामान र ब्यागहरु एउटै छाना मुनी त्यो पनि होलसेल मुल्यमा उपलब्ध छन् । विवाह ,व्रतबन्ध जस्ता आफ्नो खास दिनको लागी लगाउने कपडाहरुको लागी पनि गौरब बुटिक र गौरब ज्वेलरी कलेक्सनले सेवा उपलब्ध गराउन थालेको छ ।
गौरब बुटिकको सफलता केवल व्यापारको होईन, परिश्रम , इमान्दारी र निरन्तर मेहेनतको हो । साईकलबाट सुरु भएको एउटा सानो व्यापार आज आफ्नै पहिचान बनाएर  हजारौँ ग्राहकको रोजाईमा पर्न थालेको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

झापा कर्मचारीद्वारा करिब रु आठ लाख बराबरको आर्थिक सहयोग

झापा शिवसताक्षी ,११ भदौ ।नगरपालिकाका कर्मचारीको बिहीबार बसेको बैठकले अधिकृत तहका कर्मचारीबाट जनही रु पाँच हजार, सहायक चौथो र पाँचौँ तहबाट जनही रु चार हजार

सोलार स्ट्रिट लाइटको भुक्तानीमा एक लाख घुस, सूचना प्रविधि अधिकृतविरुद्ध मुद्दा

काठमाडौं, ११ भदौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नुवाकोटको म्यागङ गाउँपालिकाका सूचना प्रविधि अधिकृत वीरेन्द्र तामाङविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। सोलार स्ट्रिट लाइट खरिद

नेपालका लागि भारतले ३७ .५ टन राहत सामग्रीसहित दोस्रो उडान पठायो

काठमाडौं,११ भदौ । भारतले बाढी तथा पहिरो प्रभावित नेपाली नागरिकका लागि ३७.५ टन मानवीय सहायता, विपद् राहत तथा उद्धार सामग्री औषधि र खाद्यान्नसहितको दोस्रो उडान

भाडादरबारे प्रकाशित समाचारप्रति बुद्ध एयरको ध्यानाकर्षण

काठमाडौं,११ भदौ । सामाजिक सञ्जाल तथा केही अनलाइन सञ्चारमाध्यममा हवाई भाडादरसम्बन्धी प्रकाशित समाचार तथा सामग्रीप्रति बुद्ध एयरले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । भदौ १० गते

रसुवा बाढीः सिन्धुलीका ३६ जना सम्पर्कविहीन (सूचीसहित)

काठमाडौं,११ भदौ । रसुवामा हिजो गएको बाढीका कारण रोजगारी तथा कामका सिलसिलामा पुगेका सिन्धुलीका ३६ जना नागरिक हालसम्म सम्पर्कविहीन भएका छन्। जिल्ला प्रशासन कार्यालय सिन्धुलीका अनुसार

बाढी प्रभावितका लागि गोल्छा ग्रुपले डेढ करोड सहयोग गर्ने

काठमाडौं,११ भदौ ।  रसुवास्थित भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा मानवीय सहायता कार्यका लागि गोल्छा ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप उद्धार