दमकमा प्लाष्टिकको फूलले ढाकीयो बजार

प्लाष्टिक मुक्त नगरमा अनुगमन नहुदा व्यापारीको मनपरी

दमक, ३ कार्तिक । दमक नगरपालिका प्लाष्टिक मुक्त नगर हो । यहाँ प्लाष्टिकको प्रयोग कसरी गर्ने भन्ने सम्बन्धीको कार्यविधिनै बनाइएको छ । ४० माईक्रोन भन्दा कम मोटाईका प्लाष्टिकका झोला प्रयोग गर्न निशेषध गरिएको छ । तर यहाँ अहिले घरमा सझाउने, गलामा लगाउने देखी लिएर हरेक क्षेत्रमा प्रयोग गराउन भारतबाट आयात गरिएका प्लाष्टिकाका फूलहरुको व्यापार भइरहेको छ ।

नेपालीहरुको महान चाड तिहार सयपत्री र मखमली फूलहरुको चाड हो । तर अहिले यी फूल बजारमा पाइदैनन । यी फूलको ठाउँमा भारतबाट ल्याइएका प्लाष्टिकका फूलहरुले बजार छाएको छ । उपभोक्ता पनि अज्ञानताका कारण हेर्दा आकर्षक देखिएका प्लाष्टिकका फूलनै खरिद गरिरहेका छन ।

 

अहिले दमक बजारमा तिहारको माहोल कस्तो हुदै छ , व्यापार र बजारको अवस्था कस्तो भइरहेको छ भनेर यसो हेर्न निस्कनु भयो भने बजारै भरी प्लाष्टिकका फूलले ढाकीएको छ । रङ्गी चङ्गी फूलले सजाइएको छ । हेर्दा आहा देखिएपनि यसले मानवीय स्वास्थ्य र वातारणमा प्रत्यक्ष असर पुर्याउने गरेको छ । यो बारेमा व्यापारीलाई थाह छ तर पनि उनीहरु बेचिरहेका छन । भन्सारबाट समेत निर्यातमा रोक लगाइएका यी प्लाष्टिकका फूल र माला खुल्ला सिमानबाट लुकी चोरी ल्याएर बेचिरहेका छन । दमकको नमुना मार्गमा फुटपाथमा फूल बेच्न राख्नुभएका कमल शाहले बेच्न राखेका फूलहरु सबै भारतबाट निर्यातित हुन् । उहाँ आफैलाई पनि त्यो फूलहरु बनेका प्लास्टिक कुन ग्रेडको हो र बेच्न योग्य छ कि छैन अत्तोपत्तो छैन ।

 

नेपाल सरकारले नै प्लाष्टिकका फूल तथा माला आयतमा प्रसिबन्ध लगाएको छ ।, यद्यपी भारतबाट लुकी छिपी सामान ल्याएर बेच्न पल्केका व्यापारीले सामान ल्याइ हाल्छन । बेच्छन । अघील्ला वर्ष त्यसरी ल्याएका प्रतिबन्धीत प्लाष्टिकका माला तथा फूलहरुश्र जवत भएका पनि थीए । त्यहिबाट दमकका केहि व्यापारीले पाठ सिके र यो वर्षबाट बेच्न बन्द गरे । दमकको सिग्देल डिपार्टमेण्टका सञ्चालक लोकराज सिग्देल पहिला ज्ञान नभएर र अहिले ज्ञान भएर प्लाष्टिकका फूल र माला बेच्न छोडेको प्रतिकृया दिनुहुन्छ ।

नेपलमा ४० माइक्रोन भएको भन्दाा कम मईक्रोन भएको प्लास्टीकको प्रयोग गर्न सर्वोच्च अदालतले रोक लगाएको छ। ४० माइक्रोन भन्दा कम माइक्रोन भएका प्लास्टिकहरुलाई फेरी पुन प्रयोग गर्न सकिदैँन र त्यस किसिमका प्लास्टिकहरु डिकम्पोज अर्थात कुहिन पनि हजारौँ वर्ष लाग्ने भएकाले वातावरणमा प्रदुसण भई मानव स्वास्थ्यलाई प्रत्यक्ष असर पुर्याउने दमक नगरपालिकाका वातावरण अधिकृत भुवन बराल बताउनुहुन्छ ।

नगरले बनाएको नियमको पालना गर्नु नागरिकको पनि दायित्व हो । त्यसैले एउटा असल नागरिकको नाताले नगरको नियमको पालना गर्न सम्पूर्ण नगरवासीलाई आग्रह गर्नु भएको छ दमक नगरपालिका दमक नगरपालिका वातावरण समिती अध्यक्ष टेक बहादुर थापा । उहाँका अनुसार नगरपालिका निस्कृय भएको बेला फाईदा उठाई नियमको उल्लंघन गर्नेहरुलाई कडा कारवाई हुने र सामान समेत जफत गरिने चेतावनी उहाँको छ ।

पैसा, फाईदा र स्वार्थका लागी दमकका व्यापारीको केहि समुह मानव स्वास्थ्य र वातावरणमा समेत पार्ने असरको पर्वाह नगरी व्यापार गरिरहेका छन । यसमा उपभोक्ताहरुमा सचेतना जगाउँदै राज्यको संयन्त्रले कडा निरिक्षण गरि किन्ने र बेच्नेलाईनै कार्वाहिको दायरामा नल्याए यसखालका गैरकानुनी कामको नियन्त्रण हुन चुनौतीपूर्ण देखिन्छ । दमकलाई २०६८ साल फागुन १ गते प्लाष्टिक मुक्त नगर घोषणा गरिएको थियो । त्यसैबेला बनेको कार्यबिधिलाई मात्रै पनि कडाई गरिने हो भने व्यापारीका यी हर्कत नियन्त्रण हुन सक्ने थियो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

सभापति पद अहंकारको श्रीपेच होइन, नागरिकप्रतिको दायित्व हो : गगन थापा

काठमाडौं,३१ असोज । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले सभापतिको जिम्मेवारीलाई अहंकारको प्रतीक नभई नागरिकप्रतिको दायित्व पूरा गर्ने अवसरका रूपमा लिएको बताउनु भएको छ।आज शपथग्रहणपछि

कांग्रेस सभापति गगन थापाले लिए शपथ

काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशनबाट निर्वाचित सभापति गगन थापाले शपथग्रहण गरेका छन् । काठमाडौंमा अशोज १८ देखि २२ गतेसम्म आयोजना गरिएको महाधिवेशनबाट निर्वाचित

भारतमा बन्धक बनाइएका तीन नेपालीको उद्धार

काठमाडौं । भारतको हरियाणा राज्य, कमलस्थित बजरंग बली राइस मिलमा बन्धक बनाइएका तीन जना नेपाली मजदूरको उद्धार गरिएको छ । भारतस्थित नेपाली दूताबासको समन्वय, ‘किन

पत्रकार किशोर श्रेष्ठलाई साइबर ब्यूरो बोलाइयो

काठमाडौं,३१ असोज । पत्रकार किशोर श्रेष्ठलाई नेपाल प्रहरीको साइबर ब्यूरोले बोलाएको छ । कलाकार हिमेश पन्तले श्रेष्ठविरुद्ध जाहेरी दिएपछि साइबर ब्यूरोबोलाइएको हो । रास्वपा नेता

चाडपर्वभन्दा काम र पर्यटकको सेवा प्राथमिकतामा

काठमाडौं ,३१ असोज। हिन्दुहरुको महान पर्व दशैँलाई परिवारसँग समय बिताउने, मिठो खाने, नयाँ लुगा लगाउने आफन्त भेट्ने र रमाइलो गर्ने अवसरका रुपमा पनि लिइन्छ ।

फूलपातीमा दक्षिणकाली मन्दिरमा भक्तजनको घुइँचो

काठमाडौँ,३१ असोज । नेपालीहरूको महान् चाड बडादशैंको फूलपातीका अवसरमा आज दक्षिणकाली मन्दिरमा दर्शन तथा पूजाआजा गर्न आउने भक्तजनहरूको भीड लागेको छ। बिहानैदेखि मन्दिरमा भक्तजनहरूको उल्लेख्य