तीहार भन्ने बित्तिकै केको याद आउँछ ? दमकका भेटिएका यी महिलाहरुको तीहार योजना

भाईटिका पर्व केवल पर्व मात्र नभई एउटा अवसर पनि हो । टाढा टाढा भएका दाजुभाई र दिदीबहिनीहरुलााई टिका लाउने बाहानाले भएपनि एक साथ समय बिताउन पाउने अवसर ।

दमक, ५ कार्तिक। तिहारको अन्तिम दिन अर्थात् कार्तिक शुक्ल द्वितीय तिथिका दिन भाईटिका विशेष उत्साहका साथ मनाइन्छ । यो पर्व दिदीले भाइलाई र बहिनीले दाजुलाई अनि त्यसैगरी भाइले दिदीलाई र दाजुले बहिनीलाई विशेष मानसम्मानका साथ विधिपूर्वक पूजाआजा गर्ने, मीठा–मिष्ठान आदि मनपर्ने कुरा खुवाउने, दिदी बहिनीहरूलाई दान–दक्षिणा एवं वस्त्र आदि दिने परम्परा रहेको छ ।

भाईटिकाको अघिल्लो दिन दमक बजारमा असाध्यै चहलपहल देखियो । विशेष गरी मिठाईका पसलहरुमा,भाई मसला र टिका बेच्न राखिएको ठाउँमा र फूलको माला बेच्ने ठाँउमा त भिड हेर्न लायक नै थियो ।

 

भाईटिकाको दिन एक दिन भएपनि दाजुभाईलाई दिदिबहिनीको घरमा बोलाई विधिवत रुपमा पूजा गर्न लागेको दमक ४ कि प्रमिला पौडेलले बताउनु भयो ।
टिका लगाएर आफूले जस्तो सकिन्छ त्यस्तो खान दिने र एक सरो लुगा फेरीदिए दाजुभाईको जिवनमा सुख शान्ति छाउने विश्वास निरौलामा छ ।

 

भाईटिकाको दिन दाजुभाईलाई टिका लगाईदिए दाजुभाईको आयु लामो हुने विश्वास दमक बजारमा भेटिनुभएकी दमक २ कि दुर्गा घिमिरेमा छ । तर, दाजुभाईको दुर्घायुको साथै वर्षमा एकदिन आउने चाडमा रमाईलो हुने गरेकोले भाईटिका एकदमै मनपर्ने गरेको घिमिरेको भनाई छ ।

भाईटिकाको बेला टाढा रहेका दिदीबहिनीहरु एक साथ भेला हुने चलन छ । आफू सानै हुदा देखी नै हाफ्ना बुबा आमाले भाईटिकाको दिन दाजुभाईलाई टिका लगाईदिनु पर्छ भन्ने सुन्दै र मनाउदै आएको र आफूले पनि दाजुभाईको लामो आयुको लागी नै दाजुभाईलाई टिका लगाईदिने गरेको बताउनुहुन्छ दमक बजारमा भेटिनुभएकी तेज कुमारी गिरी ।

भाईटिका पर्व केवल पर्व मात्र नभई एउटा अवसर पनि हो । टाढा टाढा भएका दाजुभाई र दिदीबहिनीहरुलााई टिका लाउने बाहानाले भएपनि एक साथ समय बिताउन पाउने अवसर ।

 

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

टिमुरे र त्रिशूलीका घर बगे : १६ प्रहरी सम्पर्कविहीन

काठमाडौँ,१० भदौ । चीनको तिब्बततर्फबाट आएको ल्हेन्दे खोलाको बाढी भोटेकोसीमा मिसिँदा रसुवामा ठुलो भौतिक क्षति भएको छ । रसुवाको टिमुरे बजार र नुवाकोटको त्रिशूली बजारमा

बाढीले वेत्रावती र सोले बजारमा ठूलो क्षति, स्कुल बस सम्पर्क विहीन

काठमान्डौ,१० भदौ ।भोटेकोसीमा आएको भीषण बाढीले नुवाकोटको विदुर नगरपालिका क्षेत्रका वेत्रावती र सोले बजारमा ठूलो क्षति पुर्‍याएको स्थानीयले बताएका छन्। उत्तरगया पब्लिक स्कुलका शिक्षक सोमलाल

अप्रत्याशित बाढीमा सरकारको सकृयता कस्तो?

काठमाडौ , १० भदौ | रसुवाको भोटेकोसी नदीमा आएको आकस्मिक बाढीपछि सरकारले खोज, उद्धार तथा राहतका लागि सरकारी संयन्त्रलाई परिचालन गरेको छ।बाढी प्रभावित क्षेत्रमा उद्धार

भोटेकोसीको बाढिले कति जलविद्युत आयोजना बगे? यस्तो छ विवरण

काठमाडौ , १० भदौ । रसुवामा भोटेकोसी नदीमा आएको अप्रत्याशित बाढीका कारण विभिन्न जलविद्युत् आयोजना प्रभावित भएका छन्। ऊर्जा मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार बाढीका कारण

भोटेकोसी बाढीले बैंक तथा वित्तीय संस्थामा क्षति,विवरण सङ्कलन गर्न समस्या

काठमान्डौ,१० भदौ । भोटेकोसी नदीमा आएको बाढीले रसुवाका विभिन्न बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयमा क्षति पुगेको छ। टेलिफोन सम्पर्क अवरुद्ध हुँदा क्षतिको यकिन विवरण

चिनसँग समन्वय खोज्दै सुरक्षा निकाय, बाढीको कारण अझै पत्तो लागेन

काठमाडौ , १० भदौ । रसुवामा बुधबार बिहान एक्कासि आएको भीषण बाढीको कारण अझै खुल्न सकेको छैन। मंगलबार राति वा बुधबार बिहान रसुवा लगायतका क्षेत्रमा