मोरङ कारागारका एक कैदी बन्दीको उपचारका क्रममा मृत्यु

मोरङ,८ कार्तिक । जिल्ला कारागार मोरङका एक जना बन्दीको उपचारका क्रममा विराटनगरको नोबेल शिक्षण अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । जेलर गौरव ढुंगेलका अनुसार मोरङको सुन्दरहरैँचा नगरपालिका–७ घर भएका ३२ वर्षीय गोपाल भनिने जितप्रसाद सापकोटाको मृत्यु भएको छ।

 

सापकोटा लागुऔषध मुद्दाका बन्दी थिए। ढुंगेलका अनुसार अचानक शरीर सुन्निने, सास फेर्न गाह्रो हुने समस्या देखिएपछि उनलाई उपचारका लागि असोज २७ गते राति विराटनगरकै कोशी अस्पतालमा भर्ना गरिएको थियो । स्वास्थ्य अवस्था थप जटिल बनेपछि कात्तिक ६ गते बिहीबार राति कोशी अस्पतालले रेफर गरेको थियो। त्यसपछि थप उपचारका लागि सापकोटालाई नोबेल अस्पताल लगिएको थियो । उनको उपचारकै क्रममा नोबेलमा शुक्रबार राति ९ बजेतिर मृत्यु भएको जेलर ढुंगेलले बताए । सापकोटाको फोक्सोमा पानी जमेको र कलेजो पूर्णरूपमा खराब भएकाले बचाउन नसकिएको जानकारी उपचारमा संलग्न चिकित्सकले दिएको उनले बताए ।

लागुऔषध मुद्दा चलाइएका सापकोटालाई जिल्ला अदालत मोरङले गत साउन १२ गते पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो । अदालतको आदेशपछि जिल्ला कारागार मोरङ चलान गरिएका सापकोटाको मुद्दा विचाराधीन रहेको छ । आफूविरुद्ध चलेको मुद्दाको फैसला नहुँदै उनको भने मृत्यु भएको छ। शव अन्त्येष्टिका लागि परिवारले जिम्मा लिएर लगिसकेको ढुंगेलले बताएका छन् ।

 

मोरङ कारागारमा हाल १ हजार १ सय ८७ जना कैदीबन्दी रहेका छन् । तीमध्ये १ हजार ७५ पुरुष र १ सय १२ जना महिला रहेको ढुंगेलले बताएका छन् ।

 

एआइ तस्बीर

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

’नेपालका लागि संवैधानिक राजसंस्था अपरिहार्य छ’: मनिषा कोइराला

काठमाडौं,१६ साउन । अभिनेत्री मनिषा कोइरालाले नेपालको राष्ट्रियता, सार्वभौमिकता र स्थायित्वका लागि संवैधानिक राजसंस्था आवश्यक रहेको बताउनु भएको छ।शनिबार शाही युवा शक्ति, नेपालको आयोजनामा भएको

गृहमन्त्रीद्वारा जायज माग पूरा गर्ने आश्वासन, दोस्रो चरणको छलफल आजै

जनकपुर,१६ साउन । गृहमन्त्री सुदन गुरुङ र धनुषाका विभिन्न हिन्दूवादी संघ संस्थाहरुका प्रतिनिधिबीच पहिलो चरणको वार्ता सम्पन्न भएको छ ।शनिबार जनकपुरधाममा करीब ३ घण्टा वार्ता

दमकमा हजारभन्दा बढी ट्रामाडोल क्याप्सुल सहित तीन जना पक्राउ

दमक, १६ साउन । झापाको दमक नगरपालिका–५ स्थित आकाशे पुल नजिक सार्वजनिक सडक क्षेत्रमा लागुऔषध खरिद–बिक्री भइरहेको विशेष सूचनाका आधारमा प्रहरीले छापा मार्दा तीन जनालाई

विश्वलाई चकित पार्ने साहसी नेपाली आरोही निर्मल पुर्जा ‘निम्सदाइ’ को निधन

काठमाडौँ,१६ साउन । विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जा ‘निम्सदाइ’को पाकिस्तानको ब्रड पिक हिमालमा गएको भीषण हिमपहिरोमा परी निधन भएको छ। उहाँ संस्थापक रहेको आरोहण कम्पनी

जन्मदिनको अवसरमा निःशुल्क स्वास्थ्य परीक्षण, ८२ जनाले लिए सेवा

दमक,१६ साउन । जन्मदिनलाई सामाजिक सेवासँग जोड्दै झापाको दमकमा निःशुल्क स्वास्थ्य परीक्षण शिविर सञ्चालन गरिएको छ। दमक–६ नगरपालिका रोडस्थित भट्टराई ओखती घर तथा क्लिनिककी सञ्चालिका

सम्भु राईको झापामा दुई दिन सांगीतिक प्रस्तुति रहने

दमक,१६ साउन । दृष्टिविहीन समुदायको आत्मनिर्भर भविष्य निर्माण र उनीहरूको शिक्षामा टेवा पु¥याउने उद्देश्यले आदिवासी जनजाति नेत्रहीन संघ झापाले राष्ट्रिय गायक शम्भु राईको विशेष प्रस्तुतिसहित