चिसो मौसमसँगै नेपालमा बसाइँ सर्ने चराहरूको आगमन सुरु

काठमाडौँ,८ कार्तिक । मनसुनी वर्षाले देश छोडेसँगै चिसो हावाको सिरेटो सुरु भएको छ। यो चिसो मौसमसँगै नेपालमा बसाइँ सर्ने चराहरूको आगमन हुन थालेको छ।

हरेक वर्ष १०० भन्दा बढी प्रजातिका चराहरू बसाइँ सरेर नेपाल आउने गर्दछन्। तीमध्ये धेरैजसो पानी चरा र हाँसहरू रहेका छन्। यसबाहेक चिल, बाज, फिस्टे, गिद्धजस्ता अन्य चराहरू पनि उपयुक्त मौसमको खोजीमा नेपाल आइपुग्ने गर्द छन्।

हालसम्म ९०० भन्दा बढी प्रजातिका चराहरू नेपालमा अभिलेख भइसकेका छन्। कयौँ प्रजातिका चराहरू नेपालमा विश्राम मात्र गरेर अन्य देशहरूमा जान्छन् भने कर्याङकुरुङजस्ता केही प्रजातिका चराहरू नेपालमा विश्राम नगरी आकाशबाटै भारततर्फ जाने गर्द छन्।

जाडो याममा नेपाल आउने चराहरू कोशी, कर्णाली, नारायणी, राप्ती, फेवा ताल, जगदिशपुर ताल, घोडाघोडी ताल, बर्जु तालजस्ता ठुला नदी र पोखरीहरूमा बस्न धेरै रुचाउँछन्। हरेक वर्ष जनवरी महिनामा देश वरपरका प्रमुख वासस्थानहरूमा बसाइँ सरेर आएका पानी चराहरूको गणना हुन्छ र लाखौँको सङ्ख्यामा अभिलेख गर्ने गरिन्छ।

चखेवा, खोया हाँस, आसिढुँडे, ध्वाँसे फिस्टो, खड्खडे हाँस, सुइरोपुच्छ्रे आदि चराहरू ठूलो सङ्ख्यामा नेपाल आउँछन् भने श्वेतमाथा कलहाँस, देवदुत मनितुन्दक, देवहाँस जस्ता चरा निकै कम सङ्ख्यामा आउने गर्द छन्।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

’नेपालका लागि संवैधानिक राजसंस्था अपरिहार्य छ’: मनिषा कोइराला

काठमाडौं,१६ साउन । अभिनेत्री मनिषा कोइरालाले नेपालको राष्ट्रियता, सार्वभौमिकता र स्थायित्वका लागि संवैधानिक राजसंस्था आवश्यक रहेको बताउनु भएको छ।शनिबार शाही युवा शक्ति, नेपालको आयोजनामा भएको

गृहमन्त्रीद्वारा जायज माग पूरा गर्ने आश्वासन, दोस्रो चरणको छलफल आजै

जनकपुर,१६ साउन । गृहमन्त्री सुदन गुरुङ र धनुषाका विभिन्न हिन्दूवादी संघ संस्थाहरुका प्रतिनिधिबीच पहिलो चरणको वार्ता सम्पन्न भएको छ ।शनिबार जनकपुरधाममा करीब ३ घण्टा वार्ता

दमकमा हजारभन्दा बढी ट्रामाडोल क्याप्सुल सहित तीन जना पक्राउ

दमक, १६ साउन । झापाको दमक नगरपालिका–५ स्थित आकाशे पुल नजिक सार्वजनिक सडक क्षेत्रमा लागुऔषध खरिद–बिक्री भइरहेको विशेष सूचनाका आधारमा प्रहरीले छापा मार्दा तीन जनालाई

विश्वलाई चकित पार्ने साहसी नेपाली आरोही निर्मल पुर्जा ‘निम्सदाइ’ को निधन

काठमाडौँ,१६ साउन । विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जा ‘निम्सदाइ’को पाकिस्तानको ब्रड पिक हिमालमा गएको भीषण हिमपहिरोमा परी निधन भएको छ। उहाँ संस्थापक रहेको आरोहण कम्पनी

जन्मदिनको अवसरमा निःशुल्क स्वास्थ्य परीक्षण, ८२ जनाले लिए सेवा

दमक,१६ साउन । जन्मदिनलाई सामाजिक सेवासँग जोड्दै झापाको दमकमा निःशुल्क स्वास्थ्य परीक्षण शिविर सञ्चालन गरिएको छ। दमक–६ नगरपालिका रोडस्थित भट्टराई ओखती घर तथा क्लिनिककी सञ्चालिका

सम्भु राईको झापामा दुई दिन सांगीतिक प्रस्तुति रहने

दमक,१६ साउन । दृष्टिविहीन समुदायको आत्मनिर्भर भविष्य निर्माण र उनीहरूको शिक्षामा टेवा पु¥याउने उद्देश्यले आदिवासी जनजाति नेत्रहीन संघ झापाले राष्ट्रिय गायक शम्भु राईको विशेष प्रस्तुतिसहित